Sunday, January 31, 2010

काली गण्डकी वचत समुहकुवैत द्वारा मङगाफ मा भलिवल खेल सम्पन्न

कुबेत मङगाफ जनवरी २९ मङगाफ खेल मैदानमा काली गण्डकी वचत समुहको आयोजनामा भलिवल खेल सम्पन्न भयो । सो खेलमा आयोजक काली गण्डकी समुह का २ टिम, एस डि एफ सि का २ टिम , नयाँ नेपालका २ टिम ,अल्घानिम बाट १ टिम ,नेस्नल खराफी बाट १ टिम गरी जम्मा ८ टिमको सहभागीता थियो । शुक्रवार सबेरै सुरु गरियको उक्त्त टुर्नामेन्ट नकआउट प्रतिस्पर्दामा खेलाइयको थियो । बिहानै देखिको मरुभूमिको चिसो हावा र धुलोको सामाना गर्दै पहिलो खेल अल्घानिम र एस डि एफ सि विच भएको थियो जस्मा बेस्ट अफ थ्री को सो गेम अल्घानिम ले लगातार २ म्याच जित्दै एस् डि एफ सि लाई नक आउट गरेको थियो , त्यसै गरी नयाँ नेपाल बि लाई आयोजक कालिगण्डकी ले ,के पि टि सि लाई नयाँ नेपाल ए ले र एस् डि एफ सि बि लाई नेस्नल खराफी ले नक आउट गरेका थिए । आ आफ्नो खेल जित्दै सेमिफाइनल मा प्रवेश गरेका ४ टिम अल्घानिम ,नेस्नल खराफी ,कालिगण्डकी र नयाँ नेपाल ए थिए । जस्मा अल्घानिम र आयोजक कालिगण्डकी विच भएको सेमी फाइनलको पहिलो म्याचमा अल्घानिमले आयोजक टिम लाई हराउदै फाइनल मा पुग्न सफल भयो भने सेमी फाइनल कै अर्को खेलमा नयाँ नेपाल ए ले नेस्नल खराफी लाई पछाडि पार्दै फाइनलको बाटो खोल्यो ।
सो टुर्नामेन्ट को फाइनल खेल कुबेत का खेलप्रेमी नेपाली हरुका माझ चर्चित टिम डिफेन्डिइङ च्यापिएन अल्घानिम र नयाँ नेपाल क्लब विच मनु भुजेलको निर्णायक रही खेलाइएको उक्त खेल धरै मनोरन्जनात्मक भएको थियो । थुप्रै दर्शक हरुको हुटिइङ का साथ पहिलो म्याच अल्घानिम ले १५ -१० ले जित्यो भने खेलको दोश्रो म्याच नयाँ नेपाल ले १५ -११ ले जित्दै बराबरी गर्‍यो र खेल बेस्ट अफ थ्री मा लम्कियो त्यसै गरी खेलको तेश्रो म्याचमा नयाँ नेपाल ले अल्घानिम लाई १५ -८ ले पछाडि पार्दै बिजेता बनेको नयाँ नेपाल क्लब का खेलाडीहरु धरै हर्षित भएका थिए । अन्तमा आयोजक कालि गण्डकी वचत समुह द्वारा बिजेता र उप बिजेता हुने टिमलाई पुरस्क्रित गर्दै सो टुर्नामेन्ट को समापन गरियको थियो ।

0 comments:

Post a Comment