Friday, January 8, 2010

मल्म प्रवासी युवा सेवा समाज, दोहा-कतारको योगदान

देश छाडेर प्रदेशिएका बागलुङ जिल्ला मल्म गा. बि. स. का स्थानिय युवाहरुले रोजगारिको क्रममा कतार आई २००६ मा "मल्म प्रबासी युवा सेवा समाज, दोहा-कतार" नामक एक सामाजिक सस्थाको स्थापना गरेकाछन । परिवारलाई सुखका साथ राख्ने,मिठो सपना बोकेर मुगलान तिर पलायन भएका मल्म गा. बि. स. का युवाहरु, परिवारमा मात्र निहित रहेनन् । उनिहरुले कडा परिश्रमको बाबजुत पाउने पारीश्रामिक मध्ये केही रकम छुट्याएर मल्म गा. बि. स. का बिभिन्न शैक्षिक सस्था, खेलकुद तथा असाहय पीडितलाई समेत आर्थिक सहयोग गर्दै आईरहेकाछन । उक्त सामाजिक सस्था "मल्म प्रबासी युवा सेवा समाज, दोह-कतार"मा रहेर महत्वपूर्ण भूमिका निर्बाह गर्नु हुने समितिहरु :-
अध्यक्ष :- श्री थम्मन बस्नेत
उपाध्यक्ष :- श्री पदम बहादुर थापा
सचिब :- श्री राजेन्द्र थापा
सह- सचिब :- कृष्ण बहादुर थापा
कोसाध्यक्ष :- दुर्गा बहादुर बि. क.
सद्स्यहरु :- बम बहादुर थापा, टक बहादुर थापा, खिम बहादुर बि.क., भिम बहादुर खड्का, प्रकाश बस्नेत, मिठु खड्का र हर्क बहादुर साहानी साथै यस सस्थालाई कसरी र कुन रुपले यसको क्रमिक बिकास गराउने भन्ने तर्फ बिशेष सल्लाहकारमा रहनु हुने बिष्णु भण्डारी र छबिलाल खत्रीको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको सस्थाका सचिब राजेन्द्र थापाले बताउनु भयो ।
यस "मल्म प्रबासी युवा सेवा समाज,दोहा-कतार"ले, बागलुङ जिल्लामा स्थापित "घुम्टे युवा परिवार मल्म" बागलुङ्गेको यही फागु पुर्णिमाको अबसरमा २०६६/ ११ / १३ गते देखी १६ गते सम्म आयोजना हुन लागेको २५ औ रजत जयन्तिको कार्यक्रमहरु मध्ये," खुल्ला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप नगद रु. १५,०००/- यस "मल्म प्रबासी युवा सेवा समाज,दोहा-कतार"का उपाध्यक्ष श्री पदम बहादुर थापा र कोसाध्यक्ष श्री दुर्गा बहादुर बि. क. को हातबाट बिजेता टिमलाई पुरस्कार प्रदान गर्न कतारबाट नेपाल जादै हुनु हुन्छ ।

यस अघी पनि धवलागिरी अञ्चल, बागलुङ जिल्ला, मल्म गा. बि. स. अन्तर्गत श्री जनहित माध्यमिक बिधालय मल्म गल्कोट, बगलुङका लागि, यस " मल्म प्रबासी युवा सेवा समाज, दोहा-कतार"ले सहयोग स्वरुप नगद रु. १५,००० हस्तान्तरण गरेको कुरा समाजका सचिब राजेन्द्र थापाले अबगत गराउनु भएको थियो ।

0 comments:

Post a Comment