Sunday, January 17, 2010

कुवैतमा राजदुतको सक्रियता अब प्रवासीहरुको समस्या तर्फ

नेपाली दुतावास कुवैतका प्रथम राजदुत मधुवन प्रसाद पौडेल कुवैतमा रहेका महिलाहरुका समस्या पहिचान र निराकरणका लागि कि्रयाशिल हुनु भएको छ । विगत लामो समय देखि यहाँ दुतावासको अभावमा नेपाली कामदार झिकाउदा उत्पन्न विसंगती र त्यसवाट श्रृजित अनेकौ समस्या समाधानका लागि उहाँले विशेष प्रकारको तयारी गरी सम्वन्धित मुलुक नेपाल र कुवैत सरकारसँग परामर्श एवं कानूनी प्रकि्रयाको थालनी गर्नु भएको छ ।
संगठित वा असंगठित क्षेत्रमा कामदारहरु के कति कहाँ र कस्तो अवस्थामा रहेका छन उनीहरुको अवस्था के छ भने जस्ता अनेकौ कुराहरुको स्पष्ट विवरण वा लेखा जोखा नभईरहेको अवस्थामा राजदुत पौडेलले भविश्यमा त्यस्तो नहोस भनी विवरण नियमित न्यायीक र व्यवस्थित हुनु पर्ने भन्दै आगामी दिनमा कामदार मगाउदा नेपाली दुतावासमा निवेदन दिन पर्ने प्रावधान सहितको खाका तयार गरेको वताउनु हुन्छ । खासगरी महिला कामदारहरुको हकमा समस्याहरु जटिल रहेका र तिनिहरुलाई सहज र सुरक्षित रहने वातावरण निर्माण गर्न अत्यावश्यक भएको उहाँको ठहर छ । पौडेल विगतमा अर्को खाडी मुलुक दुवईमा रहदाको अनुभव सुनाउदै भन्नु हुन्छ त्यो अनुभवको यहाँ कुनै अर्थ नै नहुने रहेछ ।
एजेन्सी वा स्पोन्सर घर धनीले अब देखि महिला कामदार मगाउदा दुतावासवाट तयार पारिएको मापदण्ड फारम भर्नु पर्ने हुन्छ जसमा उनीहरुलाई दिईने सेवा वा सुविधाका शर्तहरु समावेश गरिएका हुनेछन । माग निवेदन सहित प्रकि्रया पुरा गरी आएका निवेदनहरुलाई दुतावासवाट प्रमाणीत गरेपछि मात्र भिषा प्राप्त गर्ने वाटो खुल्ने छ भने कामदार क्रवैत प्रवेश गरीसकेपछि पनि दुतावासको जानकारीका लागि दर्ता अनिवार्य रुपमा गराउन पर्ने हुन्छ । एजेन्सीले ल्याएका कामदारको हकमा दोहरो मापदण्ड रहने उहाँको मान्यता छ । एजेन्सीहरुले महिला कामदार आफ्नो लागि नभई अरुका लागि ल्याउने भएकाले उसले जसलाई जिम्मा लगाउने हो त्यसपूर्व पुन स्पोन्सरलाई दुतावासमा ल्याई निवेदन सहितको फारम भरी कामदारको हस्तान्तरण गर्नु पर्ने हुन्छ यसमा ती महिलाप्रतिको दोहरो दायित्व वा जिम्मेवारी हुने हुनाले केही राहातको अवस्था सृजना हुने उहाँको तर्क छ ।
भविश्यमा कुवैत आउने नेपाली महिला कामदारहरुको सुरक्षित रोजगारी र सुविधामा कोशे ढुङगा सावित हुनसक्ने सो खाका ब्यवहारिक रुपमा कति खरो उत्रने हो त्यो त भविश्यले नै बताउने छ तर अहिले आशा गरौ यो आशलाग्दो प्रयास कार्यान्वायन भएरै छाड्ला । छोटो समयको दरवियानमा महसुस गरेको अनुभूती शेयर गर्दै राजदुत पौडेल नेपालकुवैत डट कम संग अगाडी भन्नु हुन्छ नेपाल महिला घरेलु कामदार र अदक्ष जनशक्ति मात्रै भएको देश भन्ने यहाँको सरकार र संघसस्थाहरुको बुझाईलाई चिर्दै नेपाल बाट दक्ष जनशक्तिका लागि पनि अधिकारीहरु संग कुरा भएको र उनीहरु सकरात्मक प्रतिक्रिया रहेको बताउनु हुन्छ । खासगरी घरेलु महिला कामदार मात्र नभएर नस्रहरु लगायत अन्य प्रकारका दक्षता भएका नेपाली महिला तथा पुरुष माग भएको खण्डमा आफनो मुलुकले उपलब्ध गराउन सक्ने कुरा उहाँले राखेको बताउनु हुन्छ ।
दिल्ली वा मुम्वाईको वाटो हुदै महिला कामदार ओसार पसार भईरहेको र त्यस्तो अवस्थाको अन्त्यका लागि आफूले नेपाल सरकारलाई कुरा राखेको र नेपाल सरकारको परराष्ट्र मन्त्रालयद्धारा भारत सरकारसँग समेत कुरा भईरहेकाले छिट्टै नै सो समस्याको समेत टुङगो लाग्ने विश्वास राजदुत पौडेलको छ । उहाँ एक जिज्ञासामा भन्नु हुन्छ तपाईहरु सूचना दुतावास सँग शेयर गर्नुस दुतावासको आँखा छल्न खोज्ने वा वेवास्ता गर्ने एजेन्सीहरुलाई कालो सूचिमा राख्ने कुरामा म कत्ति पनि पछि हट्ने छैन ।जनवरी महिनाको एक्काईस वाईस तिर उहाँका सहयोगीहरु कुवैत आउने भएका हुनाले दुतावास संचालन हुन अझै केही समय लाग्ने बताउदै राजदुत भन्नुहुन्छ दुतावास भवनका लागि साउथसुरा क्षेत्रमा नै लगभग तय हुने भएको छ ।

0 comments:

Post a Comment