Saturday, January 9, 2010

युएईको फुजेरा अस्पतालमा रहेको मायाको मृत्‍यु


युएईको फूजेरा स्थित सरकारी अस्पतालको ICU कक्षमा विगत ४ महिना देखि उपचाररत सोलुखुम्बु घर भएकी माया लामा शेर्पाको मृत्‍यु भएको छ।
घरायसी समस्याका कारण हाउसमेडको रुपमा विगत एक बर्ष देखी फूजेरा स्थित अरबीको घरमा कार्यरत माया बिरामी भएकी थिइन् र घर जान टिकट पनि लिईसकेकी थिईन्। तर घर मालिकले जान नदिई उक्त टिकट त्यसै रद्द भएको थियो जसका कारण उनी थप मानसिक रोगी भइन् र आफनै शरिरको दुई ठाउँमा छुरा प्रहार गरी आत्महत्याको प्रयास गरिन्। तत्पश्चात उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो। रोग जटिल हुदै गएको कारण उनलाई ICU मा राखियो। शरीरको मुख लगाएत प्राय:भागमा उपचारको क्रममा पाईप जोडीएको हुँदा बोल्न असमर्थ थिईन् भने बेलाबेलामा अचेत अवस्थामा रहने हुँदा साँकेतिक भाषा मात्र केही कुरा बुझिन्थ्यो। जस कारण उनको घर परिवार र अन्य जानकारीको स्रोत खुल्न सार्‍है अप्ठेरो भएको थियो।यस बारेमा समय समयमा प्रत्यक्ष जानकारी गराउँदै आएका दि.एन.जे.राहत प्रतिष्ठानका फूजेरा प्रतिनिधी पूर्ण कुमार मगरले आवश्यक रेखा देख गरेका थिए। भने त्यसै अस्पतालमा मायालाई खाना पुर्‍याउन जाने इन्दिरा मल्लले प्रत्यक्ष सकेसम्मको सहयोग गरेको बताएकी थिईन्। २ महिना पहिले यस प्रतिष्ठानका अध्यक्षले अस्पतालमा गई प्रत्यक्ष भेट्दा बिरामीको अवस्था नाजुक भएको बताएका थिए।यसबारेमा राजदुतावास स्रोतलाई जानकारी गराईएको थियो भने श्रम सहचारी पार्वती अर्यालले जिज्ञासा लिनुभएको थियो। र त्यहाँ जाने योजना रहेको पनि बताउनु भएको थियो। सो अस्पतालमा काम गर्ने चन्द्र खड्का (धनकुटा) ले ९ जनवरीका दिन दिएको जानकारी र मृत्‍यु प्रमाणपत्रका आधारमा यो समचार तयार भएको हो। अव राजदुतावास लगाएत सबै मिली उनको लाश घर परिवार सम्म पुर्‍याउन र उनले पाउने क्षतीपुर्ति वारे पहल गरिनु आवश्यक रहेको छ।

0 comments:

Post a Comment