Saturday, January 9, 2010

गत बर्ष कतारमा २ सय १७ को मृत्यु, कतार गतिबिधी

गत बर्ष कतारमा २ सय १७ को मृत्यु

मुटुसम्बन्धि समस्या सवैभन्दा विकराल

गत बर्ष सन् २००९ मा बैदेशिक रोजागरीका सिलसिलामा कतारमा कार्यरत २ सय १७ जनाको मृत्यु भएको छ । नेपाली दुतावासले आइतवार उपलब्ध गराएको तथ्यांक अनुसार मृत्यु हुनेहरुमध्ये अधिकांसमा मुटुको समस्या देखिएको थियो ।

गत बर्ष अकाल ज्यान गुमाएका २ सय १७ जनामध्ये १ सय १५ जनामा मुटुसमबन्धि समस्या पहिचान गरिएको थियो भने सडक दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । २२ जनाको उचाईबाट खसेर मृत्यु भएको छ भने १४ जनाको डुवेर मृत्यु भएको छ । डुवेर मत्यु हुनेमध्ये १२ जनाको गत जुलाईमा भएको डुंगा दुर्घटनामा ज्यान गएको हो । ९ जनाले भने आत्महत्या गरेका हुन् । अन्य विविध समस्यामा १७ जनाको प्राणान्त भएको छ ।

अकाल ज्यान गुमाउनेमा ५३ प्रतिशतमा मटुसम्बन्धि समस्या वा हृदयाघात भएको राजदुत डा। सुर्यनाथ मिश्रले जनाए । बर्ष २००८ मा १ सय ७५ जनाले ज्यान गुमाएकोमा मटुसम्बन्धि समस्याका कारण १ सय ७ जनाको मृयु भएको थियो । २००६ मा १ सय ४३ जनाको मृत्यु भएकोमा ७२ जना र २००७ मा १ सय ६२ जनाको मृत्यु भएकोमा १ सय ३ जनाको मटुकै समस्याका कारण मृत्यु भएको थियो । मुटुको समस्याका कारण जयान गुमाउनेहरुमा अधिकांसको मृत्यु कतार आगमनको शुरुका दिनहरुमा हुने गरेको पाइएको छ । ुएक्कासी मौसम परिवर्तन हुँदा मौसमसंग समायोजन हुन कठिन भएर त्यसकिसिमको समस्या देखिने गरेकोु चिकित्सकहरु बताउँछन् ।

बर्ष २००९ को जनवरीमा १६ फरवरीमा ११ मार्चमा १६ अपि्रलमा २८ मेमा २२ र जुनमा सर्वाधिक ३१ जनाको मृत्यु भएके थियो भने जुलाईमा १९ अगस्तमा १८ सेप्टेम्बरमा १२ र अक्टुवरमा १९ जनाले ज्यान गुमाएका छन् । यसैगरी नोभेम्बर र डिसेम्बरको तथ्यांक अनुसार २५ जनाले ज्यान गुमाएका छन् । अकाल मृत्युको तथ्यांक बढ्दो रहेकोमा राजदुत डा। सुर्यनाथ मिश्रले चिन्ता ब्यक्त गर्दै स्वास्थ्य सरक्षा तथा ट्राफिक नियमकावारेमा सचेतना फैलाउनु जरुरी रहेको औंल्याए ।

विगत ४ बर्षमा नेपालीको मृत्यु

बर्ष हृदयाघात-सडकदुर्घटना-कार्यस्थलदुर्घटना-डुवेर-आत्महत्या -अन्य-कुल

२००६ ७२ ३४ १९ २ ७ ९ १४३

२००७ १०१ २२ २६ ४ ७ - १६०

२००८ १०७ ३५ २४ २ ७ - १७५

२००९ ११५ ४० २२ १४ ९ १७ २१७
हवाई टिकट सहयोग
दीपक पौडेल÷दोहा- हवाई टिकटको अभावमा मुलुक फर्कन नसकेका पिडितको सहयोगका लागि नेपाल मिथिला कला परिषद् कतारका अध्यक्ष बलराम ठाकुरले २ वटा ओपन टिकट नेपाली दुतावासलाई हस्तान्तरण गरेका छन् ।
राजदुत डा। सुर्यनाथ मिश्रलाई गत ३१ डिसेम्बरमा उनकै कार्यकक्षमा भेटी अध्यक्ष ठाकुरले सो टिकट हस्तान्तरण गरेका हुन् । टिकट ग्रहण गर्दै राजदुत डा। मिश्रले ठाकुरको समाजसेवी भावनाको प्रसंसा गरे भने ठाकुरले कुनैपनि समयमा कुनैपनि नेपालीलाई सहयोग गर्नका लागि आफुसक्दो प्रयास गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन् । यसैविच परिषद्का अध्यक्ष ठाकुरले आफ्नो संस्था ुनेपाल मिथिला कला परिषद् कतारु नेपाली दुतावासमा विधिवतरुपमा दर्ता भएको राजधानीलाई बताए । परिषद् दुतावासमा १ सय १३ औं नम्बरमा दर्ता भएको छ ।

स्वास्थ्यवारे जनचेतना जरुरी

दीपक पौडेल÷दोहा- लामो समयदेखि कतारमा कार्यरत एक चिकित्सकले नेपालीजनसमक्ष स्वास्थ्यवारे जनचेतना फैलाउन जरुरी रहेको बताएका छन् । नेपालीका लागिसमेत स्वास्थ्योपचारमा संलग्न रहँदै आएका डा। समिर कलान्दनले राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकसंगको
कुराकानीका क्रममा सो आवश्यकता औंल्याएका हुन् ।


ुस्वास्थ्यवारे सहि ज्ञान दिलाउने हो भने धेरै नेपालीजनका स्वास्थ्य समस्याहरु समाधान हुनसक्छन्ु डा। समिरले भने- ुकतिपय समस्याहरु सहि ज्ञानको अभावका कारण आएका छन् ।ु नेपालीमाझ निकै लोकपि्रय रहेका डा। समिरको दोहाको नेशनलस्थित क्लिनिकमा दिनहुँ ठुलो संख्यामा आउने विरामीहरुको परिक्षणबाट प्राप्त अनुभवका आधारमा उनले सो निष्कर्ष निकालेका हुन् । ुस्वास्थ्यसम्बन्धि उचित ज्ञानको अभावका कारण डराउने बानी धेरैमा देखेको छु उनले भने- ुस्वास्थ्यकावारेमा डर पाल्नु भन्दा पनि स्वास्थ्यका लागि फाइदाजनक तरिकाले जीवनयापन गर्नु उचित हो ।ु कसैको अकाल मृत्यु हुँदा त्रसित हुने तर उसमा रहेको स्वास्थ्यसम्बन्धि समस्याकावारेमा ध्यान दिएर आफु सतर्क हुनेतर्फ ध्यान नदिने गरेको उनको अनुभव छ ।

धेरै नेपालीको स्वास्थ्य समस्या एलर्जी रहेको उनले बताए । ुनेपालमा स्वच्छ शितल हावा छ । त्यहाँबाट एक्कासी तातो हावा र वालुवाको धुलोमा काम गर्दा समायोजन हुन केहि कठिनाई हुने भएकोले एलर्जीको समस्या आउने हुन्छु डा। समिरले भने । एलर्जीका विरामीहरुलाई छालाको रोगका साथै श्वासप्रश्वास दम वा मुटुसम्बन्धि समस्याले छिटो सताउनसक्ने तर्फ पनि उनले सचेत गराएका छन् ।

एलर्जीका कारण अक्सर छालाको समस्या देखिने उल्लेख गर्दै उनले भने- तर यत्तिमा मात्रै एलर्जी सिमित मान्न मिल्दैन । इटाढुंगा माटो वालुवामा काम गर्दा दिनको ३ पटक नुहाउनु जरुरी रहेकोमा प्रायःले ननुहाउने र कतिपयका लागि त त्यो सुविधा पनि नभएकोले स्वास्थ्य समस्या आउने गरेको उनले बताए । यहाँ छाला सुख्खा हुने हुनाले छालाको एलर्जी हटाउनका लागि ुमोइस्चराइजिङ सोपु वा कि्रम लगाउन उनले सुझाव दिएका छन् । ९० प्रतिशत नेपालीले डिटोलले नुहाउने गरेको उल्लेख गर्दै उनले भने- ुडटोलमा मोइस्चराइजर हुँदैन त्यसकारण यसले छालालाई थप सुख्खा बनाउँछ र एलर्जी झन् बढ्न सक्छ ।ु

एलर्जीलाई शरिर चिलाउने समस्याकारुपमा मात्रै नसोच्न आग्रह गर्दै उनले बताए अनुसार एलर्जीका कारण चक्कर आउने पनि हुन्छ । ुयो निकै दुर्लभ एलर्जी होु उनले भने- ुहुनसक्छ कतिपयलाई एलर्जीका कारण चक्कर आएको होला । त्यस्तो बेलामा एलर्जी पहिचान नभएर उपचार अलग समस्याको भएको पनि भेटिएको छ ।ु एलर्जीका कारण अण्डकोषमा पनि समस्या आउने उनले बताए । ुएलर्जी र एन्फ्ल्यामेशनका कारण क्रोनिक रिकरेन्ट टेस्टिकुलर पेन पनि हुन्छु दम र एलर्जीका विज्ञ डा। समिरले बताए- ुयसले अण्डकोषसम्बन्धी समस्या ल्याउँछ ।ु एलर्जीले घाँटीको ठिक तल छातीको विचमा दुख्ने समस्या पनि हुने उनले बताए । ुस्वास्थ्य समस्या देखिएपछि अन्य परिक्षणहरुमा ज्यादा खर्च गर्ने पाइएको छ तर यो ज्ञान छैन कि एलर्जीका कारण पनि छातीको विचमा दुख्ने समस्या आउँछु उनले भने- ुएलर्जीले चक्कर उल्टी डकार आइरहने पनि हुन्छ ।ु खानासम्बन्धी एलर्जी पनि एक समस्या रहेको उनले बताए । उनीकहाँ आउने ८० प्रतिशत विरामी एलर्जीका भएको उनको आँकडा छ ।

एलर्जीका साथै मधुमेह डाइवेटिज वा चिनिरोगवारे पनि सचेत रहन उनले आग्रह गरेका छन् । पानीको सट्टामा बजारमा पाइने अन्य पेय पदार्थहरु पिउने बानी धेरै समयसम्म निरन्तर राख्दा मधुमेहले सताउने गरेको उनले पाएका छन् । ुजना काम गरेर थाकेको समयमा पानीको सट्टा बजारका अन्य पेय पदार्थहरु वा ग्लुकोज पिउने गर्छन्ु उनले भने- ुउनीहरुले तत्कालिक राहत पाएपनि यो सहि कुरा होइन ।ु नेपालमा जीवनजल भनेर चिनिने ुओरल रिहाइड्रेटिक सल्टु पानीमा मिसाएर पिउनु स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुने परामर्ष उनले दिएका छन् ।

कतारकै एमइएस स्कुलको पहिलो ब्याचका विद्यार्थी डा। समिरसंग १० बर्षको अनुभव छ । हाल दोहामा आफ्नै क्लिनिक चलाउँर्दै आएका भारतीय नागरिक डा। समिर नेपालीलाई माया गर्ने र मन पराउने ब्यक्तिकारुपमा आफ्नो परिचय दिन्छन् ।
प्रवासी नेपाली सम्पर्क माचको राष्ट्रिय भेला

दोहा- ुनयाँ नेपाल निर्माणका लागि प्रवासी नेपालीको मुल अभियानमा हाम्रो प्रतिवद्धता तोकिएको समयमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान आजको आवश्यकताु भन्ने मुल नाराका साथ गत शुक्रवार प्रवासी नेपाली सम्र्पक माच कतारको राष्ट्रिय भेला सम्पन्न भएको छ । माचको यो तेस्रो कार्यकालको प्रथम राष्ट्रिय भेला हो ।

भेलाले सात वँुदे प्रस्ताव पारित गरेको छ । भेलाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पु्र् याई संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको पुनसंरचना तथा समयमा नै नयाँ संविधान लेखन कार्य पुरा गर्न माग गरेको छ । भेलाले एमाले सल्यान जिल्ला कमिटीको अधिवेशनमा माओवादी कार्यकर्तावाट साँघातिक हमला भएकोमा माओवादीले मुलुकमा विभिन्न गणराज्य घोषणा गर्दै आएकोमा र युवा पत्रकार टिका विष्ट लगायत अन्य पत्रकारमाथि गरिएको आक्रमणको भत्सर्ना गरेको छ । का।वा। अध्यक्ष छविलाल वि।s।द्वारा प्रस्तुत माचको भावी कार्यक्रमलाई भेलाले संसोधन सहित पारित गरेको छ भने माओवादीलाई आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु अविलम्ब फिर्ता गरी वार्ताद्वारा राष्ट्रिय सहमति निर्माण गर्दै नयाँ संविधान लेखन कार्यमा तदारुकताका साथ लाग्न सुझाव दिएको छ । भेलाले विगतमा भएका कमिकमजोरी तथा आपसी वैमनस्यतालाई त्यागी आगामि दिनमा एमालेलाई एकतावद्व भएर अगाढि वढ्न आग्रह गरेको छ ।

माचका का।वा। अध्यक्ष छविलाल वि।s।sाे सभापतित्वमा सम्पन्न सो भेलामा प्रमुख अतिथि संगठन सचिव दिलकिरण खजुम विशेष अतिथिहरु संस्थापक अध्यक्ष कमलमणी गुरागाइर्ँ निवर्तमान अध्यक्ष नरेश श्रेष्ठ र अतिथिहरुमा सल्लाहकार समितिका संयोजक प्रज्ञान उदास राष्ट्रिय जनसाँस्कृतिक माच शाखा कतारका अध्यक्ष नवराज श्रेष्ठ सल्लाहकार चानक पोखरेल सल्लाहकार बिष्णु बिष्ट सल्लाहकार अमृत गुरुङ्ग निवर्तमान महासचिव पूर्ण के।सी। उद्योग व्यवसायी टि।वि कार्की गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका प्रथम उपाध्यक्ष डा। अजिजुर रहमान शेख महासचिव विल गुरुङ्ग र सदस्य उमेश अधिकारी लगायतको उपस्थिती थियो ।

माचका सचिव रामहरी गैरेले संचालन गर्नुभएको सो कार्यक्रममा धुव्रराज अधिकारीले स्वागत मन्तव्य राखे भने महासचिव दिनेश कुमार लुइर्ँटेलले गत वर्षको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष हरि कुमार वस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । का।वा। अध्यक्ष बि।s।ले माचको आगामी एक वर्षे भावी कार्यक्रम प्रस्तुत गरेको सो भेलाले जुनसुकै विचार वोकेपनि प्रवासमा रहेका नेपाली श्रमजिवीहरुले मुलुकको निम्ति ऐक्यवद्वता जनाउनुपर्नेमा जोड दिँदै अपिल समेत गरेको छ । माचको भेलालाई सम्वोधन गर्दै वक्ताहरुले माचको कार्य प्रगतिको प्रसंसा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी खजुमद्धारा गत अपि्रल २४ २००९ मा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको तेश्रो महाधिवेशनवाट सदस्यमा विजयी भएका प्रज्ञान उदास प्रथम उपाध्यक्ष अजिजुर रहमान शेख कोषाध्यक्ष पूर्णवहादुर के।सी। महासचिव विलवहादुर गुरुङ्ग सदस्य लालवहादुर वेघा उमेश अधिकारी पदम वहादुर वि।s। चुडामणि कार्की लोकेन्द्र कुमार तुम्रोक र गुरुनारायण रानाभाटलाई कार्यकाल सफलताको कामना गर्दै वधाई तथा धन्यवाद ज्ञापनपत्र प्रदान गरिएको थियो ।




वक्रामा हिमालयन रेस्टुरेन्ट

दोहा- कतारमा होटल तथा रेस्टुरेन्ट ब्यवसायमा सफलता हासिल गरेका कमल थापाले गत साताबाट कतारको अर्को शहर वक्रामा पनि नेपाली रेष्टुराँ शुरु गरेका छन् । थापाको ुहिमालयन रेष्टुरेन्टुको यो चौथो शाखा हो । उनले यसअघि दोहाको नेशनल दुखान र अलखोरमा रेस्टुरेन्ट संचालन गर्दै आएका छन् ।

वक्रामा रेष्टुरेन्ट उद्घाटनका लागि थापाले गत साता बुधवार नेपाली सुमदायका प्रतिनिधिहरुलाई रात्रीभोजको आयोजना गरेका थिए । ुदोहा दुखान र अलखोरको सफलता पछि अव सुन्दर शहर वक्रामा पनि सेवा शुरु गरेको छु थापाले भने- ुकतारमा नेपाली स्वादका लागि सेवा विस्तार गर्न पाउँदा गर्वको महसुस गरेको छु ।ु स्याङजाका युवा ब्यवसायी थापाको सफलताका लागि समुदायका प्रतिनिधिहरुले शुभेच्छा ब्यक्त गरेका छन् । थापाले ुकतारका हरेक कुनामा नेपाली खाना उपलब्ध हुने गरीु भविश्यमा हिमालयन रेष्टुरेन्टको विस्तार गर्दै जाने बताएका छन् । रेष्टुरेन्टको होडिङ बोर्डमा हिमालय पर्वत श्रृंखला चित्रांकित भएकोले विदेशी नागरिकहरुले पनि सजिलैसंग नेपाली रेष्टुरेन्टकारुपमा चिन्नसक्ने चर्चा गर्दै थापाले ुविदेशीहरुमाझ पनि नेपाली आतिथ्यताका लागि हरसम्भव प्रयास रहनेु बताए ।


दोहामा नेपाली सुपरस्टार नाइट

नयाँ बर्ष सांगितिक लयमा

दीपक पौडेल÷दोहा- कतारवासी नेपालीहरुको अंग्रेजी नयाँ बर्ष २०१० सांगितिक लयमा रमाएर शुरुवात भएको छ । १ जनवरीमा दोहा सिनेमा हलमा आयोजित नेपाली सुपरस्टार नाइटमा कलाकारहरुका प्रस्तुतीकाविच कतारवासी नेपालीले नयाँ बर्ष मनाउने अवसर पाए ।

नेपाली सुपरस्टार नाइटका लागि कतार आएका ९ जना कलाकारले गत शुक्रवार दोहा सिनेमा हलमा लगातार २ शो आ-आफ्ना प्रस्तुतीमार्फत कतारवासीलाई मनोराजन दिए । कलाकारका सांस्कृतिक तथा मनोराजनात्मक प्रस्तुतीमा दर्शकले पनि संगै गाए संगै नाचे पनि संगै आनन्द बटुले । कलाकारले पनि नयाँ बर्ष खाडीको कतारका ३ लाख नेपालीविच मनाउन पाएकोमा हर्ष ब्यक्त गर्दै कलासंगितका पारखीहरुमाझ शुभकामना साटासाट गरे ।

सुपरस्टार नाइटमा कतारवासी नेपाली दर्शकलाई मनोराजन दिलाउन चर्चित आधुनिक तथा पप गायक शिव परियार र अाजु पन्त दोहा आएका थिए । शिव परियारले ुफेवातालमा साँइली डुंगा सररर…ु बोलको गितमा निकै नचाए । गितसंगितमा पछिललो समयमा निकै उपलब्धि हासिल गर्दै स्थापित भएका परियारले ुधेरै चोटि मरें म त…।ु र ुअलि कति नजर तिम्रो झुकाए आउ…ु बोलको गितमा निकै आनन्द दिए भने आमाको सम्झनामा उनले गाएको मर्मस्पर्षी गितले धेरै दर्शकलाई भावुक बनायो । बौद्विक ब्यक्तित्वका धनी परियारले गित संगितलाई प्रवासबाट प्राप्त अपार स्नेहका लागि शिर झुकाएर अभिनन्दन गरे ।

पछिल्लो समयमा निकै चर्चित रहेकी गायीका अाजु पन्तको ुसगरमाथाको शिर बुद्वको शान…ु बोलको स्वदेश गानले कार्यक्रमको खाता खोलिन् । पन्तको गायनमा ुन विसे्रं तिमीलाई…न पाएँ तिमीलाई…ु बोलको गितले सांगितिक रौनक बढायो भने उनले अर्को हिट गित ुतिमीले पराई ठानेपछि…ुबाट पनि धेरै स्यावासी बटुलिन् । कहाँ भेटिएला…बोलको उनको गितमा कतारवासी दर्शक निकै रमाए । प्रसिद्व लोकगायक राजु परियार प्राविधिक कारणवस दोहा आउन नसकेपछि उनको रिक्तता महसुस भएपनि गायीका निशा सुनुवारले गितसंगितका विभिन्न विधाहरुबाट भरपुर मनोराजन दिइन् ।

सांस्कृतिक कार्यक्रमका लागि पाँचौंपटक दोहा आएकी नायिका रेजिना उप्रेतीले आधा दर्जन फिल्मी तथा पप गितहरुमा कुशल नृत्य गरिन् भने नृत्य कलाकारहरु शंकर विसी र सम्झना बुढाथोकीले पनि मज्जाले दर्शकलाई मनोराजन दिलाए । लोकगित पप गित आधुनिक गित हास्यब्यंग्यका साथै विभिन्न विधाका नृत्यहरुलाई दर्शकले खुवै रुचाएको देखियो । मोडल तथा कोरियोग्राफर हेमा श्रेष्ठका प्रस्तुती आकर्षक थिए । उनले पप तथा आधुनिक एवं फिल्मी रिमिक्सहरुमा जमेर नृत्य गरिन् ।

फरक फरक प्रतिभा भएका नेपालका ख्यातिप्राप्त कलाकारहरुको ९ सदस्यीय टोलीमा गायिका तथा उद्घोषिका सुनिता दुलालले कुशल प्रस्तुती दिइन् भने हास्य कलाकार कमल गाउँलेले निकै हँसाए । उनको हास्यब्यंयले बेलाबेलामा लाजै मर्नु बनायो भने धेरै हदसम्म दर्शकलाई हँसायो ।

कार्यक्रमको सफलताप्रति कलाकर्मीका साथै आयोजक तेजेन्द्र महत पनि निकै उत्साहित भएका छन् । ुयसपटक पनि सफलता पाएँ अव छिट्टै अर्को कार्यक्रमको तयारी गर्नेछौंुराजधानी अन्तर्राष्ट्रिय साप्ताहिक संगको कुराकानी आयोजक महतले भने । सुपरस्टार नाइट अन्तर्गत नयाँ बर्षको पहिलो दिन १ जनवरीमा दिउसो १ः३० बजे पहिलो शो र साँझ ५ बजेबाट दोश्रो शो सम्पन्न भएको थियो । सुपरस्टार नाइट यसअघि ईद उल अध्हाको अवसरमा आयोजना हुने तय भएर पनि अन्तिम समयमा प्राविधिक कारणले रोकिएको थियो । महतले कतारमा नेपाली सांस्कृतिक तथा मनोराजनात्मक कार्यक्रम आयोजना गरेको यो सातौंपटक हो । विगतमा दर्शकहरुबाट प्राप्त भएको साथसमर्थनबाट निकै उत्साहित भएर केहि बर्षको अन्तरालपछि यो आयोजनामा अग्रसर भएका महतले अव भने निरन्तरताको प्रतिबद्वता ब्यक्त गरेका छन् । उनले ७ पटकमा दर्जनौं कलाकारहरुलाई कतार निम्त्याइसकेका छन् । उनी नेपाली व्यवसायी संघ कतारका महासचिव पनि हुन् ।

आयोजक महतले नयाँ बर्षको शुभकामना साट्दै सो कार्यक्रममा गैर आवासीय नेपाली संघका नयाँ पदाधिकारीहरुलाई स्टेजमै बोलाएर सम्मान गरे । नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा आयोजित सो सांगितिक साँझमा कतारस्थित नेपाली समुदायका प्रतिनिधिहरुको ब्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा पौरखी ग्रुप इन्टरनेशनल र स्याङजा सहयोग समाज लगायतका संघसंस्थाको विशेष सहयोग रहेको थियो । दोहावासी नेपालीको मन जितेकोमा खुसी ब्यक्त गर्दै कलाकारहरुको टोली मुलुक फर्किसकेको छ ।

पुर्वसन्ध्यामा पौरखी शुभकामना साँझ
नव बर्ष २०१० को पुर्वसन्ध्यामा गत विहिवारको साँझ खुसीयाली तथा शुभकामना आदानप्रदान गर्न पौरखी ग्रुप इन्टरनेशनलले कलाकारहरुका साथ रात्रीभोजसहितको ुस्पेशल शोुको आयोजना गर् यो । सो अवसरमा कलाकर्मीहरु केहि प्रस्तुतीका साथै कतारवासीमाझ उपस्थित हुँदाका आफ्ना अनुभव सुनाए । आफ्नो पहिलो विदेश भ्रमण भएकोमा गायक शिव परियारले कतारको भ्रमण अविस्मरणिय रहने बताए । कलाकारहरुका स्टेज प्रस्तुतीमा मौलिक गित-संगित नृत्य हास्यब्यंग्य लगायतका विधा समाविष्ट थिए ।

नागरिक सर्वोच्चतावारे वृहत गोष्ठी सम्पन्न

प्रेम लामा÷दोहा-

जव दुई छाक पिठो खाने अन्न पाईदैन

गर्व साथ नेपाली हुँ भन्न पाईदैन

तव उठछ नागरिक सर्वोच्चताका कुरा

जहिलेसम्म सार्वभौम बन्न पाईँदैन ॥
उल्लेखित नागरिक सर्वोच्चताको लागि लेखिएको कविताका हरफहरु व्ाचन गर्ने प्रगतिशिल साहित्यकार कवि ईश्वर दाहालले शुरु गरेको ूनागरिक सर्वोच्च्ताका लागि सम्पूर्ण प्रगतिशिल साहित्यकारहरु एक हौऔू भन्ने नाराका साथा नागरिक सर्वोच्चताका लागि बृहद साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार दोहास्थित ढाका रेष्टुरेन्टमा सम्पन्न भएको सो कार्यक्रममा दोहामा कार्यरत विभिन्न प्रगतिशिल साहित्यकारहरु विभिन्न समाजसेवीहरु तथा साहित्यनुरागीहरुको विशेष उपस्थिती थियो ।

सो कार्यक्रममा एनआरएनए का उपाध्यक्ष सागर नेपाल प्रगतिशिल साहित्यकार बदि्र प्रसाद पराजुली अथितीहरुमा अनेसासका अध्यक्ष दीपक भेटवाल मुग्लानी सौगतका विरेन्द्र कुमार याक्थुम्वा आर्दश साहित्य समाजका अर्जुन बस्याल जनजाति महासंघका महासचिव विनेश तामाङ्ग कतार नेपाली एकता समाजक उपाध्यक्ष राजेन्द्र श्रेष्ठ दलित एकता समाजक सचिव लक्ष्मण गजमेर प्रगतिशिल साहित्यकार गिरी श्रीष मगर जनप्रगतिशिल माचका दिल उपाध्यक्ष कुमार लिम्बु लगायतको उपस्थिती थियो ।

सो कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौन धारण गर्नुको साथै साहित्यकार वद्री प्रसाद पराजुलीको अगुवाईमा राष्ट्रिय गाना पनि गाएको थियो । प्रमुख अथिती सागर नेपाल सभापति महेन्द्र अदृश्य राई विशेष अतिथी वद्री प्रसाद पराजुलीका साथै उपस्थिती अथितीहरुले ब्यानार उदघाटन गर्दे दीप प्रज्वालन गरेका थिए ।

प्रगतिशिल लेखक तथा साहित्यकार गिरी श्रीष मगरले साहित्यकार पराजुलीको साहित्य जीवनवारे प्रष्टपारेका थिए । सोही अवसरमा लामो समय देखि साहित्य क्षेत्रमा लागेका प्रगशिलि साहित्यकार वद्री प्रसाद पराजुलीलाई प्रगतिशिल साहित्यकार समूहका संयोजक तथा कार्यक्रममका सभापति महेन्द्र अदृश्य राई तथा एनआरएनएका उपाध्यक्ष सागर नेपाल र आर्दश साहित्य समाजका अर्जुन बस्याल र दुर्गा भुषालले संयूक्त रुपमा दोसल्ला ओढाई प्रमाण पत्र सहित सम्मान गरेका थिए । सो कार्यक्रममा गिरी श्रीष मगरले समकालिन राजनिती र नागरिक सर्वोच्चताको वारेमा र प्रगतिशिल साहित्यकारहरु नागरिक सर्वोच्चताको वारेमा विस्तृत जानकारी दिएका थिए ।

नागरिक सर्वोच्चताको लागि साहित्यिक आन्दोलन कार्यक्रम भएकोले विच विचमा मन्तब्यको कार्यक्रम राख्दै साहित्यिक वाचन गरेका थिए । जसरी भएपनि देशमा नागरिक सर्वोच्चता कायम हुनुपर्ने धारण राख्दै प्रगतिशिल कविताहरु व्ाचन गर्ने क्रममा साहित्यकार दुर्गा भुषाल सुकमार श्रेष्ठ एकराज घिमिरे लक्ष्मण संकल्प अकाश पराजुली शालिक राम गैरे प्रविण राई यूग योगी राई वद्री प्रसाद पराजुली श्याम रानाभाट ईश्वर दाहाल ूकविजीूरहेका थिए भने गजल वाचन गजलकार विक्रम चेतनशिल राईले गरेका थिए ।

नेपाली जनतामा राजनितीक चेतनाका कमिको कारण नागरिक सर्वोच्चातका लागि आफना कदम अर अगाडी बढाउन नसकेको र देशमा अव नागरिकहरु सवै भन्दा ठूला र नागरिकहरुको शासन हुनुपर्छ भन्दै आफनो तर्फवाट मन्तब्य राख्ने क्रममा अनेसासका अध्याक्ष दीपक भेटवालकतार नेपाली एकता समाजक उपाध्यक्ष राजेन्द्र श्रेष्ठ जनप्रगशिलि माचका वरिष्ठ उपाध्यक्ष दिल कुमार लिम्बु रहेका थिए ।

त्यसैगरी मन्तब्य दिने क्रममा प्रमुख अतिथी सागर नेपालले यो नागरिक सर्वोच्चता माओवादीको मात्रा नारा नभएर सम्पूर्ण नेपालीहरुको हो नारा हो र यसको वारेमा सम्पूर्ण नेपालीहरु राम्रो सँग बुझनु पर्ने धारणा ब्यक्त गरे । देशका बौद्धिक वर्गहरु बुद्धिजिवीहरु पत्रकारहरु समाजसेवीहरु राजनितीक पार्टीका ब्यक्तिहरु जो नेपाल र नेपाली जनताको उन्नती प्रगति चाहान्छ उनीहरुले नागरिका सर्वोच्चात कायम गर्नको लागि सवै मिलेर अगाडी बढनु पर्ने बताए ।

गणतन्त्रिक मुलुकमा जनमतलाई दवाईन्छ ।

भरौटेलाई उचालेर शासन गर्न लगाईन्छ

तव उठछ नागरिक सर्वोच्चातको कुरा

जब कानून मिचेर हुकुी राज चलाईन्छ ।

सो कार्यक्रमका संचालन प्रगतिशिल साहित्यकार कवि ईश्वर दाहाले गरेका थिए भने उपस्थित साहित्यकार तथा अतिथीहरुलाई धन्यवाद िदंदै कार्यक्रमका सभापति तथा सो कार्यक्रममका संयोजक प्रगतिशिल साहित्यकार महेन्द्र अदृश्य राई प्रगतिशिल साहित्यकारहरुको वारेमा जानकारी िदंदै कार्यक्रममको समापन गरेका थिए ।


कोइरालाको सिफारिसको स्वागत

दोहा- नेपाल सरकारले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाई नोवेल शान्ति पुरस्कारका लागी सिफारिस गरेकोमा सरकारको सो कदम को नेपाली जनसम्पर्क समिती कतारले स्वागत गरेको छ । गत ४ जनवरीमा बसेको नेपाली जनसम्पर्क समिती कतारको सचिवालय समितीको वैठकले सो स्वागत गरेको समितिका महामन्त्री विमल सुवेदीले जनाएका छन् ।

नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद सत्यनारायण जोसिको निधन प्रति समवेदना पनि समितिले ब्यक्त गरेको छ । वैठकले समसामयिक विसमयमा बृहत छलफल गरि विभिन्न निर्णयहरु गरेको सुवेदीले बताए । समतिको आगामी २२ जनवरीमा अलखोर गार्डेनमा हुने वृहद बनभोज तथा रक्त दानकार्यक्रमको सम्बन्धमा तयारीवारे बैठकमा छलफल गरेको उनले बताए । पुस २० का दिन नेपाली काँग्रेस सिन्धुली जिल्लाका उपसभापति लाई वाइसियलका सिन्धुली इन्चार्जले गरेको हातपाईको घोर विरोध गर्दै दोसिमाथि कारवाहिको माग समितिले गरेको छ

0 comments:

Post a Comment