Thursday, January 7, 2010

थसेस कोरियाले नेपाल अपाङग संघ कोरियालाई तीस लाख ओन हस्तान्तरण


थकाली सेवा समिति दक्षिण कोरियाले नेपाली अपाङग संघ दक्षिण कोरियालाई तीस लाख ओन सहयोग स्वरुप हस्तान्तरण गरेको छ । गत छुसकमा कोरियामा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ आयोजना गरेको थासाङ सांस्कृतिक सौगातबाट मुनाफा रकम मध्यको तीस लाख ओन नेपाल अपाङग संघलाई हस्तान्तरण गरिएको हो । गत जनवरी ४ तारिख आईतबारको दिन एन आर एन कोरियाले आयोजना गरेको नेपाल हाउस कल्चर शो को मध्यान्तरमा कोरिया स्थित नेपाली दुतावासका महामहिम श्री कमल प्रसाद कोईराला ज्युको रोहबरमा थसेस अध्यक्ष श्री भक्त सेरचनले नेपाल अपाङग संघका कोषाध्यक्ष बिक्रम गुरुङ र सचिब लिला बिकलाई हस्तान्तरण गर्नु भएको थियो ।
स्मरणिय रहोस, थकाली सेवा समिति दक्षिण कोरियाले बिगतमा बिबिध कार्यक्रमहरुको आयोजना गरि कोशी बाढी पिडितलाई आर्थिक सहयोग प्रदान गरि सकेको छ ।

0 comments:

Post a Comment