Wednesday, January 13, 2010

के सांच्चै नयाँ नेपालको निर्माण होला?" बिषयक अन्तरर्क्रिया कार्यक्रम सम्पन्न

"के सांच्चै नयाँ नेपालको निर्माण होला?" बिषयक अन्तरर्क्रिया कार्यक्रम सम्पन्न"
नेकपा (एमाले)को जापान प्रबाश कमिटीले सन २०१० को शुखद उपलक्षमा जापानमा कृयाशिल नेपाली संघ-संस्था बीच शुभकामना आदान-प्रदान शहित अन्तरर्क्रिया तथा जलपान कार्यक्रम सम्पन्न गर्यो। २०१०, जनवरी ३ तारिख, आइतबारकादिन भएको उक्त कार्यक्रमको सभापतित्व जापान प्रबाश कमिटीका सचिब श्री सुर्य पाठक ले गर्नु भएको थियो ।भने प्रमुख आतिथ्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियनको रास्ट्रिय अध्यक्ष युबा नेत्री राम कुमारी झांक्रीले गर्नुभएको थियो।
संबिधान निर्माण र शान्ति प्रकृयाका चुनौतिहरु "के सांच्चै नयाँ नेपालको निर्माण होला?" भन्ने बिषयमा बहस भएको थियो। उक्त बिषयमा आफ्ना धारंणा प्रश्तुत गर्नुहुने बिभिन्न संस्थाका प्रतिनिधि बक्ताहरुमा डा. कुमार बस्नेत (केन्द्रिय प्रबक्ता - NRN ICC), भबन भट्ट (अध्यक्ष - NRN जापान), हर्क थापा (प्रतिनिधि- जन प्रगतिशिल मोर्चा-नेकपा माओबादी), भुपी ोबिन्द श्रेष्ठ
- महासचिब, जनसंपर्क समिती - ने का ), शरद गौचन (उपाध्यक्ष- आदिबाशी जनजाति महासंघ), डा. राम गिरी (अध्यक्ष- शन्ति तथा लोक्तान्त्रिक मन्च), दिनेश ज्ञवाली (अध्यक्ष- अन्तरराष्ट्रिय सहित्य समाज जापान), सालीक राम भण्डारी (अध्यक्ष- गुल्मेली समाज एवं अन्तरराष्ट्रिय नेपाली समाज), राजेन्द्र पराजुली (अध्यक्ष - नेपली बिधार्थी समाज जापान )आदि हुनुहुन्थ्यो । अधिकांश बक्ताको आग्रह सहमतिको राजनितिको पक्षमा थियो । “हामी तिमी सँग असहमती राख्दछौ तर पनि तिमी सित सँग जान चाहन्छौ” । किनकी हामी सबै सगै नजाने हो भने नेपाली जनता ले दिएको एतिहासिक जिम्मेवारी पुरा गर्न सक्दैनौ त्यसकारण " हामी सहमत छैनौं, तर पनि मिलेरै जाऔं" आयोजक संस्थाको आग्रह थियो- संबिधान निर्माणकालागी छलफलबाट एकजुट भएर अगाडि बढ्नकालागी। त्यस्तै गरि द्वन्द, स्वायत्त राज्य र बिकेन्द्रिकरण, राजनैतिक इमान्दारिता, बिदेशी शक्तिको चलखेल जस्ता समस्यालाई चिर्दै जानुपर्ने बिचार बक्ताहरुबाट औंल्याइएको थियो ।
युबा नेत्री राम कुमारी झांक्रीले वक्ताहरुको प्रतिप्रश्न तथा आशंकालाई संबोधन गर्दै राज्नैतिक पार्टीहरुलाई जिम्मेवार पूर्णरुपमा प्रश्तुत हुन जनस्तरबाटै खबरदारी सुरुभैसकेकोले संबिधान बन्ने बताउँदै बार्ता र सहमतिबाट भाग्दै सडक र सदनमा गैर राजनैतिक संस्कार प्रदर्शन गर्ने दलहरुमाथि रोष प्रकट गर्नु भयो। कार्यक्रममा लोकसंस्क्रिति कर्मी प्रजापति पराजुली तथा कृष्ण भक्त महर्जनले लोक दोहोरी मार्फत बर्तमान राजनीतिमा भएका गलत प्रबिर्ती माथि कटाक्ष गर्दै मनोरंजन प्रदान गर्नु भएको थियो। टोकियोको ओमोरी स्थित सेयु हलको ,पांचौं तला(षक्ती रेस्टुरेण्ट)मा सम्पन्न उक्त कार्यक्रमको उद्घोसण नेकपा एमाले जापान प्रवाश कमिटी, टोकियो शाखा कमिटी कि सदस्य एवम पूर्व बिद्यार्थी नेत्री श्रुजना काफ्ले ले गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण महानुवाब हरुलाई जापान प्रबाश कमिटी का सदस्य श्री राज कुमार पन्डित ले स्वागत मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो।

0 comments:

Post a Comment