Monday, January 11, 2010

कतारको अलखोरमा मजदुर क्याम्पमा आगलागी हुँदा लाखौंको क्षती

आज १० जनवरी २०१० बिहान ९ बजे कतारको अलखोर स्थीत अलखोर औद्यौगीक क्षेत्र भित्र रहेको डिस्कोन कम्पनीका कामदार बस्ने क्याम्पमा एसी पड्कीदा भएको आगलागीले करिब ९० लाख रियलको धनमाल जलेर नस्ट भएको छ । गत बिहीवार मात्र कम्पनीले तलव दिएका कारण अधिकांससँग भएको नगद समेत कोठामा नै राखेका थियौं सबै जल्यो एक बंगलादेशी कामदारले सजल आँखा बनाउँदै भने । त्यसैगरि गत केहि दिनबाट तिन महिनाको लागि छुट्टी तथा क्यान्सील जानको लागि कम्पनीले रोक लगाएको कारण धेरैजनाले घर जानको लागि सपीङ गरेको सम्पूर्ण सरसामान समेत कोठामा नै रहेको र सो सामान समेत सबै जलेर नष्ट भएको छ । सम्पूर्ण कामदारहरुको डिउटीको समय भएका कारण मानविय क्षति हुन भने पाएन । पाकिस्तानी व्यवस्थापन रहेको डिस्कोन कम्पनीको २२ नम्बरको क्याम्पमा सो आगलागि भएको हो । नेपाली,पाकिस्तानी,श्रीलङन,इन् डियन,बंगलादेशी लगायतका मुलुकका गरि ५०० भन्दा बढि कामदार रहेको सो क्याम्प पूर्णत नष्ट भएको छ । घटना भएको केहि मिनेटमा नै फायर बि्रगेड टोली घटनास्थलमा आइपुगेता पनि हावा चलिरहेका कारण आगो नियन्त्रणमा आउन नसके पछि त्यती धेरै क्षति हुन पुगेको हो । आगलागी भइरहेको समयमा यो पंत्तिकार घटनास्थलमा पुगेको भएता पनि सुरक्षाकर्मीको बन्देजका कारण घटनाको तस्विर कैद गर्न भने सकिएन ।

0 comments:

Post a Comment