Sunday, January 17, 2010

नेपाल तामाङ समाज इजरायलको स्थापना

२०१० जनवरी १६, प्रथम पटक इजरायलमा तामाङ २८४६ औ "ताक ल्होछार"को पावन अबसरमा,नेपालको बिभिन्न जिल्लाबाट रोजगारीको क्रममा इजरायल रहदै आउनु भएको तामाङ समुदायहरुको सामुहिक भेला,परिचयत्माक एबम "ताक ल्होछार"को शुभकामना आदन प्रदानका साथ श्री बी.आर.लामाको सभापतित्वमा सम्पन्न भएको छ
तेल अविव,चिल्ड्रेनपार्कमा भेला हुनुभएका तामाङ समुदायहरुबिच रोजगारीको क्रममा ईजरायलमा रहदा आईपर्ने बिभिन्न समस्याहरुको सामुहिक रुपमा समाधन र एक आपसमा सहयोग आदन प्रदानका गर्नको लागि,एउटा साझा संगठन गठन गर्नु आब्सेक मह्सुस गर्नको साथै आफ्नो तामाङ जातिय भाषा,धर्म लिपी र संस्क्रितीको संरक्षण,सम्बर्दन र जगेर्नाको लागि,नेपाल बाहिर जुनसुकै मुलुकमा रहेतापनि एक आपसमा ब्रिहत छलफलको निरन्तार्ता र योगदानको साथै तामाङ जातिय हक हित,अधिकार र मानवधिकारको लागि,नेपाल वा नेपाल बाहिर संगठित बिभिन्न तामाङ संघ संस्थाहरु र आदिबासी जनाजाति संघहरुसँग समन्वय गरि अघि बढने धेयले,उपस्थित सामुहिक भेलाको निर्णय मार्फत "नेपाल तामाङ समाज, इजरायल" नामक संस्था स्थापन/गठन गरिएको छ
सामुहिक भेलाबाट बम बहादुर लामा योन्जन "छिरिङ" को अध्यक्षतामा ११ सद्स्य कार्यकारी समिती सर्बसम्मतबाट चयन गरिएको छ जसमा उपाध्यक्षदय श्री अशोक"पार्थिब"तामाङ, दुर्गा लामा (मुस्कान ब्लोन),महासचिब श्याम लामा योन्जन,कोषध्यक्ष उषा लामा (नोर्गिन) सद्स्यहरु -अनिता पाख्रिन,बिनु लामा,तुल्सी तामाङ,पाल्साङ लामा(उपास),सस्मिता पाख्रिन र मिरा तामाङ रहनु भएको छ सल्लाकारमा बी.आर.लामा रहनु भएको छ (स्मरण रहोस् श्री बी.आर.लामा निबार्तवन आदिबासी जनाजाति महासंघ ईजरायलको महासचिब अनि एन आर एन ईजरायलको सचिब हुनुहुन्छ )


अन्तमा अध्यक्ष बम बहादुर लामा योन्जन "छिरिङ"ज्यूले उप् स्थित सबै जनालाई धन्यवाद दिनुको साथै महासचिब श्याम लामा योन्जन ज्यूले प्रस्तावान र निर्णयहरु पढेर सुनाउनु भएको थियो भने सभापतित्वको तर्फबाट बी.आर.लामा ज्यूले कार्य सफलताको शुभकामना दिदै कार्यक्रम बिसर्जन गर्नु भएको घोषणा गर्नु भयो

0 comments:

Post a Comment