Thursday, January 7, 2010

एक प्रवासी नेपालीको दुःखद दुर्घटनामा गुरुङसा गुम्बा फेरी रोयो


स्याङ्गजा जिल्ला आरु खर्का गा वि स वडा नं १ गलेम गाउँ हाल पोखरा बगाले टोल वडा नं ८ का निवासी श्री प्रेम बहादुर गुरुङ र श्रीमती सन्त कुमारी गुरुङसेनीका कान्छा छोरा लगभग एक वर्षकी काखकी छोरी र खाउँखाउँ लाउँलाउँ भन्ने उमेरकी श्रीमतीलाई समेत छोडेर सुख समृद्धि कमाउँन भनेर सन २००० मा यस द। कोरियामा प्रवेस गरेका स्व। स्याम गुरुङ विभिन्न ठाउँमा काम गर्दै जाने क्रममा उनी बसेका ससान शहरको एक मोटेलको काउन्टरमा अचानक आगलागी हुँदा सो आगलागीमा परी श्याम गुरुङको मृत्यू हुन पुगेको थियो । यस दुःखद दुर्घटनाले कोरियामा रहेका तमू परिवार लगायत नेपाली साथी भाईलाई मात्र दुःखित तुल्याएन गुरुङसा का प्रमुख लामा ुअ सान भान जङ्ग ऊ लाई झन बढि दुःखित र चिन्तित भई त्येस दुर्घटनासंग सम्बन्धित कागजात क्षेतिपुर्ति सम्बन्धि कुराकानी र उनका बाबा आमा श्रीमति र मामाको आउने जाने खाने बस्ने व्यवस्था समेत गरेको जानकारीमा आएको छ । आज २०१० जनवरी २ का दिन मृतक श्यामको यस अन्तिम दाहा संस्कार कार्यक्रममा सम्मिलित हुनको निमित्त नेपालीहरुका लागि सउलको दोङ्गदेमुनबाट याङ्गसान सिटीको तोङ्गदोसा गुम्बाको घाट सम्म जाने आउँने बसको व्यवस्थाको साथै भोजनको व्यवस्था समेत मिलाएको थियो । जस्को व्यवस्थापनको जिम्मा गुरुङसा गुम्बाका सचिव किम सान गिलु ले लिनुभएको थियो । सो दाहसंस्कार कार्यक्रममा नेपालीहरुकी आमा लि कुम हयुन गुरुङसाका प्रमुख लामा ुअ सान भान जङ्ग ऊ लगायत थुपै लामा लगायत भिक्ष् भिक्ष्ाणीगणको उपस्थिति थियो भने नेपाली संघसस्थाबाट तमू धीं का अध्यक्ष रामकाजी गुरुङ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष चङ्ग कुमार गुरुङ नेपाल संम्पर्क समितिका अध्यक्ष डेबिड राई मगर संघका अध्यक्ष झक थापा प्रगतिसिल मोर्चाका अध्यक्ष एल वी प्रधान र स्याङ्गजा परिवारका अध्यक्ष इश्वर गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो । लामाहरुलाई मात्र दाहसंस्कार गरिने फाबिजल-एब्द्यक्ष्व्ग्ल्न् त्यस विशिष्ट घाट फाबिजल-एब्द्यक्ष्व्ग्ल्न् मा मृतक श्यामको शवलाई अन्तिम विदाई भाबपूर्ण श्रदाजलीका साथ गरिएको थियो भने उन्की भर्खरकी श्रीमतीको हृदय विदारक रोदन र आमा बाबाको रोदनले उपस्थित हुनुभएका सबै महिला तथा सज्जन बृन्दको गह रसिएको थियो । अझै बढि दुःखको कुरा त के बित्न गयो भने मृतककी दिदी श्रीमती तारा गुरुङको पनि लगभग १५ वर्ष अगाडि यही कोरियामा मृत्यू हुन गएको थियो र स्व। ताराको पनि दाहसंस्कार कार्यक्रमको सम्पूर्ण व्यवस्था पनि यहि गुरुङ्गसा गुम्बालेनै गरेको थियो । स्व। श्यामको दुर्घटना स्थलदेखि अस्पतालसम्मको सोधपुच्छ र मृतकको परिवार र गुरुङ्गसा बीच संम्पर्क गराउने र सहयोग गर्ने काम तमू धीं द। कोरियाका प्रतिनिधि तथा स्वयंभू रेष्टुरेण्का मालिक बुद्धि गुरुङले गर्नु भएको थियो । तर विडम्बना यस द कोरियाका समस्त नेपालीहरुका निमित्त दुःख-आपतमा साथ दिने भनेर स्थापना भएको दुतावासबाट भने एकजना प्रतिनिधि पनि उपस्थित थिएन ।

0 comments:

Post a Comment