Friday, January 22, 2010

कुवेतमा मृत्‍यु भएका नरेश बिक्रम शाहको पार्थिव शरीर नेपाल पठाईयो

गत १५ डिसेम्वर २००९ को दिन, कुवेतको एरिस्को कम्पनिमा कार्यरत, स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका वार्ड नं. आठ घर भएका ३८ वर्षिय युवक नरेश बिक्रम शाहको एक असामयिक निधन हुन पुगेको थियो । मृतकको पार्थिव शरीर आज २१ जनवरी २०१० को दिन, दिनको ४ बजे कतार एयरको फ्लाईट नं. QR-135 बाट कुवेत-दोहा हुँदै, मृतककै छिमेकी खेम बहादुर के. सि. को साथमा नेपाल पठाईएको छ ।

श्री के. सि. ज्यूले नेपाल पुगेर शाहको पार्थिव शरीर सम्बन्धित परिवारलाई सुम्पने बताउँदै मृतकको परिवारलाई उल्लेख्य रुपमा आफुले कुवेतवासी लगायत विश्वका बिभिन्न मुलुकमा कार्यरत नेपालीहरुबाट आर्थिक सहयोग स्वरुप रकम संकलन गर्न सफल भएको पनि हामीलाई बताउनु भयो । वहाँले बताए अनुसार, नेपाली रुपैयाँ २,३१,४७२ (दुई लाख, एकतिस हजार, चारसय बहत्तर) कुवेती दिनार ९१२.००० जम्मा गरी नेपाल पठाइसकेको जानकारी दिनु भएको छ । जसमा कुवेतवासी नेपालीहरुबाट के. डि. ५१८.९५० (नेरु. १,३१,७२३), चिना मल्ल र ठकुरी समाज क्यानाडाबाट के. डि. १६०.००० (नेरु. ४०,६१२), लण्डनस्थित कृष्ण बहादुर मल्ल र बुद्दी बिक्रम शाहबाट के. डि. १३३.००० (नेरु. ३३,७७१) र लक्ष्मी शाह बेल्जियमबाट के. डि. १००.००० (नेरु. २५,३८२) जम्मा नेरु. २,३१,७४२ रकम संकलन गरी मृतकका सम्बन्धित परिवारलाई रकम नेपाल बैंकमा ट्रान्सफर गराई सकेको र यो रकम मृतकको छोरा सचिन बिक्रम शाहको पढाई खर्चको लागि डिपोजिट गराइदिने पनि हामीलाई आफु मृतकको लाश लिएर जानु पूर्व संपर्क गरेर जानकारी गराउनु भएको हो । यसैगरी श्री के. सि. ज्यूले आफुलाई यस बिषम परिस्थितीमा हातमा हात र काँधमा काँध मिलाएर साथ दिनु हुने ईस्लामिक प्रिजेन्टेशन कमिटी कुवेतमा कार्यरत अरबिक भाषाका नेपाली टिचर श्री केदार नाथ खरेल / माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमिति / एरिस्को कम्पनिमा कार्यरत म्याग्दी दर्बाङ्ग निवासी धन बहादुर पुन- जसले कुवेतस्थित बिभिन्न तह र तप्कामा कार्यरत नेपालीहरुबाट १८७ के. डि. जम्मा गरि दिनु भएको थियो र अन्य एरिस्को कम्पनिमा कार्यरत नेपाली दाजुभाईहरु / कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन पौडेल / साउदी नेपाली दूतावास र खासगरी संचारको माध्यमद्वारा यस घट्ना सम्बन्धी संसारभरी समाचार सम्प्रेशण गराइ सहयोगको लागि अपिल समेत गरी दिने कुवेतनेपाल डट कमलाई बिशेष धन्यवाद दिंदै, सबैले लगाएको गुनलाई जीवान्त नभुल्ने समेत बताउनु भयो । मृतक नरेश बिक्रम शाहको परिवारलाई आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुको नामावली र विवरण निम्न बमोजिम छ ।

0 comments:

Post a Comment