Friday, January 22, 2010

केपी ओली जर्मनी आउदै

यही जनवरी २२ देखी फेब्रुअरी २ तरिख सम्म यूरोपका बिभिन्न मुलुकहरुको यात्रामा निस्कन लाग्नुभएका एमालेका बरिस्ट नेता एबम भुत्पुर्ब उपप्रधानमन्त्री के पि शर्मा ओली आगामी जनवरी २८ देखी ३० तरिख सम्म जर्मनीको फ्रन्क्फुर्टस्थित बिभिन्न कार्यक्रममा सहभागि हुँदै हुनुहुन्छ।
३० जनवरी २०१० मा आफ्नो दोस्रोसम्मेलन सम्पन्न गर्नगैरहेको एन डि एफ जर्मनीको सम्मेलन्लाई श्री ओलीले बिहान १० बजे उध्घाटन गर्दैहुनुहुन्छ । तेसैगरी दिउसो ३ बजे देखी ५ बजेसम्म एन आर एन जर्मनीद्वारा आयोजना हुनगैरहेको गैह्रआबासिय नेपाली र दोहोरोनागरिकता बिषयक एक अन्तरकृया कार्यक्रममा श्री ओली सहभागिहुनुहुनेछ। गैह्रआबासिय नेपाली सम्रछन परिसद सदस्य राम प्रताप थापा,महिला फोरुमकी प्रमुख श्रीमती उशा शर्मा आइ सि सि सदस्य कुमार पन्त एबम एन आर एन जर्मनीका प्रेसिडेन्ट दिल बहादुर गुरुङ समेत सहभागि हुनुहुने सो कार्यक्रममा सहभगिताको निम्ती एन डी एफ जर्मनी सम्पूर्ण जर्मनबासी दाजुभाई दिदीबहिनी हरुमा हार्दिक अनुरोध गर्दछ. समय र स्थान
Hotel GoetheSchmidt
Strasse 5360326
Frankfurt 10 AM
and again 3 PM

0 comments:

Post a Comment