Sunday, January 31, 2010

काली गण्डकी वचत समुहकुवैत द्वारा मङगाफ मा भलिवल खेल सम्पन्न

कुबेत मङगाफ जनवरी २९ मङगाफ खेल मैदानमा काली गण्डकी वचत समुहको आयोजनामा भलिवल खेल सम्पन्न भयो । सो खेलमा आयोजक काली गण्डकी समुह का २ टिम, एस डि एफ सि का २ टिम , नयाँ नेपालका २ टिम ,अल्घानिम बाट १ टिम ,नेस्नल खराफी बाट १ टिम गरी जम्मा ८ टिमको सहभागीता थियो । शुक्रवार सबेरै सुरु गरियको उक्त्त टुर्नामेन्ट नकआउट प्रतिस्पर्दामा खेलाइयको थियो । बिहानै देखिको मरुभूमिको चिसो हावा र धुलोको सामाना गर्दै पहिलो खेल अल्घानिम र एस डि एफ सि विच भएको थियो जस्मा बेस्ट अफ थ्री को सो गेम अल्घानिम ले लगातार २ म्याच जित्दै एस् डि एफ सि लाई नक आउट गरेको थियो , त्यसै गरी नयाँ नेपाल बि लाई आयोजक कालिगण्डकी ले ,के पि टि सि लाई नयाँ नेपाल ए ले र एस् डि एफ सि बि लाई नेस्नल खराफी ले नक आउट गरेका थिए । आ आफ्नो खेल जित्दै सेमिफाइनल मा प्रवेश गरेका ४ टिम अल्घानिम ,नेस्नल खराफी ,कालिगण्डकी र नयाँ नेपाल ए थिए । जस्मा अल्घानिम र आयोजक कालिगण्डकी विच भएको सेमी फाइनलको पहिलो म्याचमा अल्घानिमले आयोजक टिम लाई हराउदै फाइनल मा पुग्न सफल भयो भने सेमी फाइनल कै अर्को खेलमा नयाँ नेपाल ए ले नेस्नल खराफी लाई पछाडि पार्दै फाइनलको बाटो खोल्यो ।
सो टुर्नामेन्ट को फाइनल खेल कुबेत का खेलप्रेमी नेपाली हरुका माझ चर्चित टिम डिफेन्डिइङ च्यापिएन अल्घानिम र नयाँ नेपाल क्लब विच मनु भुजेलको निर्णायक रही खेलाइएको उक्त खेल धरै मनोरन्जनात्मक भएको थियो । थुप्रै दर्शक हरुको हुटिइङ का साथ पहिलो म्याच अल्घानिम ले १५ -१० ले जित्यो भने खेलको दोश्रो म्याच नयाँ नेपाल ले १५ -११ ले जित्दै बराबरी गर्‍यो र खेल बेस्ट अफ थ्री मा लम्कियो त्यसै गरी खेलको तेश्रो म्याचमा नयाँ नेपाल ले अल्घानिम लाई १५ -८ ले पछाडि पार्दै बिजेता बनेको नयाँ नेपाल क्लब का खेलाडीहरु धरै हर्षित भएका थिए । अन्तमा आयोजक कालि गण्डकी वचत समुह द्वारा बिजेता र उप बिजेता हुने टिमलाई पुरस्क्रित गर्दै सो टुर्नामेन्ट को समापन गरियको थियो ।

Friday, January 22, 2010

केपी ओली जर्मनी आउदै

यही जनवरी २२ देखी फेब्रुअरी २ तरिख सम्म यूरोपका बिभिन्न मुलुकहरुको यात्रामा निस्कन लाग्नुभएका एमालेका बरिस्ट नेता एबम भुत्पुर्ब उपप्रधानमन्त्री के पि शर्मा ओली आगामी जनवरी २८ देखी ३० तरिख सम्म जर्मनीको फ्रन्क्फुर्टस्थित बिभिन्न कार्यक्रममा सहभागि हुँदै हुनुहुन्छ।
३० जनवरी २०१० मा आफ्नो दोस्रोसम्मेलन सम्पन्न गर्नगैरहेको एन डि एफ जर्मनीको सम्मेलन्लाई श्री ओलीले बिहान १० बजे उध्घाटन गर्दैहुनुहुन्छ । तेसैगरी दिउसो ३ बजे देखी ५ बजेसम्म एन आर एन जर्मनीद्वारा आयोजना हुनगैरहेको गैह्रआबासिय नेपाली र दोहोरोनागरिकता बिषयक एक अन्तरकृया कार्यक्रममा श्री ओली सहभागिहुनुहुनेछ। गैह्रआबासिय नेपाली सम्रछन परिसद सदस्य राम प्रताप थापा,महिला फोरुमकी प्रमुख श्रीमती उशा शर्मा आइ सि सि सदस्य कुमार पन्त एबम एन आर एन जर्मनीका प्रेसिडेन्ट दिल बहादुर गुरुङ समेत सहभागि हुनुहुने सो कार्यक्रममा सहभगिताको निम्ती एन डी एफ जर्मनी सम्पूर्ण जर्मनबासी दाजुभाई दिदीबहिनी हरुमा हार्दिक अनुरोध गर्दछ. समय र स्थान
Hotel GoetheSchmidt
Strasse 5360326
Frankfurt 10 AM
and again 3 PM

कुवेतमा मृत्‍यु भएका नरेश बिक्रम शाहको पार्थिव शरीर नेपाल पठाईयो

गत १५ डिसेम्वर २००९ को दिन, कुवेतको एरिस्को कम्पनिमा कार्यरत, स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका वार्ड नं. आठ घर भएका ३८ वर्षिय युवक नरेश बिक्रम शाहको एक असामयिक निधन हुन पुगेको थियो । मृतकको पार्थिव शरीर आज २१ जनवरी २०१० को दिन, दिनको ४ बजे कतार एयरको फ्लाईट नं. QR-135 बाट कुवेत-दोहा हुँदै, मृतककै छिमेकी खेम बहादुर के. सि. को साथमा नेपाल पठाईएको छ ।

श्री के. सि. ज्यूले नेपाल पुगेर शाहको पार्थिव शरीर सम्बन्धित परिवारलाई सुम्पने बताउँदै मृतकको परिवारलाई उल्लेख्य रुपमा आफुले कुवेतवासी लगायत विश्वका बिभिन्न मुलुकमा कार्यरत नेपालीहरुबाट आर्थिक सहयोग स्वरुप रकम संकलन गर्न सफल भएको पनि हामीलाई बताउनु भयो । वहाँले बताए अनुसार, नेपाली रुपैयाँ २,३१,४७२ (दुई लाख, एकतिस हजार, चारसय बहत्तर) कुवेती दिनार ९१२.००० जम्मा गरी नेपाल पठाइसकेको जानकारी दिनु भएको छ । जसमा कुवेतवासी नेपालीहरुबाट के. डि. ५१८.९५० (नेरु. १,३१,७२३), चिना मल्ल र ठकुरी समाज क्यानाडाबाट के. डि. १६०.००० (नेरु. ४०,६१२), लण्डनस्थित कृष्ण बहादुर मल्ल र बुद्दी बिक्रम शाहबाट के. डि. १३३.००० (नेरु. ३३,७७१) र लक्ष्मी शाह बेल्जियमबाट के. डि. १००.००० (नेरु. २५,३८२) जम्मा नेरु. २,३१,७४२ रकम संकलन गरी मृतकका सम्बन्धित परिवारलाई रकम नेपाल बैंकमा ट्रान्सफर गराई सकेको र यो रकम मृतकको छोरा सचिन बिक्रम शाहको पढाई खर्चको लागि डिपोजिट गराइदिने पनि हामीलाई आफु मृतकको लाश लिएर जानु पूर्व संपर्क गरेर जानकारी गराउनु भएको हो । यसैगरी श्री के. सि. ज्यूले आफुलाई यस बिषम परिस्थितीमा हातमा हात र काँधमा काँध मिलाएर साथ दिनु हुने ईस्लामिक प्रिजेन्टेशन कमिटी कुवेतमा कार्यरत अरबिक भाषाका नेपाली टिचर श्री केदार नाथ खरेल / माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमिति / एरिस्को कम्पनिमा कार्यरत म्याग्दी दर्बाङ्ग निवासी धन बहादुर पुन- जसले कुवेतस्थित बिभिन्न तह र तप्कामा कार्यरत नेपालीहरुबाट १८७ के. डि. जम्मा गरि दिनु भएको थियो र अन्य एरिस्को कम्पनिमा कार्यरत नेपाली दाजुभाईहरु / कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन पौडेल / साउदी नेपाली दूतावास र खासगरी संचारको माध्यमद्वारा यस घट्ना सम्बन्धी संसारभरी समाचार सम्प्रेशण गराइ सहयोगको लागि अपिल समेत गरी दिने कुवेतनेपाल डट कमलाई बिशेष धन्यवाद दिंदै, सबैले लगाएको गुनलाई जीवान्त नभुल्ने समेत बताउनु भयो । मृतक नरेश बिक्रम शाहको परिवारलाई आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुको नामावली र विवरण निम्न बमोजिम छ ।

Sunday, January 17, 2010

नेपाल तामाङ समाज इजरायलको स्थापना

२०१० जनवरी १६, प्रथम पटक इजरायलमा तामाङ २८४६ औ "ताक ल्होछार"को पावन अबसरमा,नेपालको बिभिन्न जिल्लाबाट रोजगारीको क्रममा इजरायल रहदै आउनु भएको तामाङ समुदायहरुको सामुहिक भेला,परिचयत्माक एबम "ताक ल्होछार"को शुभकामना आदन प्रदानका साथ श्री बी.आर.लामाको सभापतित्वमा सम्पन्न भएको छ
तेल अविव,चिल्ड्रेनपार्कमा भेला हुनुभएका तामाङ समुदायहरुबिच रोजगारीको क्रममा ईजरायलमा रहदा आईपर्ने बिभिन्न समस्याहरुको सामुहिक रुपमा समाधन र एक आपसमा सहयोग आदन प्रदानका गर्नको लागि,एउटा साझा संगठन गठन गर्नु आब्सेक मह्सुस गर्नको साथै आफ्नो तामाङ जातिय भाषा,धर्म लिपी र संस्क्रितीको संरक्षण,सम्बर्दन र जगेर्नाको लागि,नेपाल बाहिर जुनसुकै मुलुकमा रहेतापनि एक आपसमा ब्रिहत छलफलको निरन्तार्ता र योगदानको साथै तामाङ जातिय हक हित,अधिकार र मानवधिकारको लागि,नेपाल वा नेपाल बाहिर संगठित बिभिन्न तामाङ संघ संस्थाहरु र आदिबासी जनाजाति संघहरुसँग समन्वय गरि अघि बढने धेयले,उपस्थित सामुहिक भेलाको निर्णय मार्फत "नेपाल तामाङ समाज, इजरायल" नामक संस्था स्थापन/गठन गरिएको छ
सामुहिक भेलाबाट बम बहादुर लामा योन्जन "छिरिङ" को अध्यक्षतामा ११ सद्स्य कार्यकारी समिती सर्बसम्मतबाट चयन गरिएको छ जसमा उपाध्यक्षदय श्री अशोक"पार्थिब"तामाङ, दुर्गा लामा (मुस्कान ब्लोन),महासचिब श्याम लामा योन्जन,कोषध्यक्ष उषा लामा (नोर्गिन) सद्स्यहरु -अनिता पाख्रिन,बिनु लामा,तुल्सी तामाङ,पाल्साङ लामा(उपास),सस्मिता पाख्रिन र मिरा तामाङ रहनु भएको छ सल्लाकारमा बी.आर.लामा रहनु भएको छ (स्मरण रहोस् श्री बी.आर.लामा निबार्तवन आदिबासी जनाजाति महासंघ ईजरायलको महासचिब अनि एन आर एन ईजरायलको सचिब हुनुहुन्छ )


अन्तमा अध्यक्ष बम बहादुर लामा योन्जन "छिरिङ"ज्यूले उप् स्थित सबै जनालाई धन्यवाद दिनुको साथै महासचिब श्याम लामा योन्जन ज्यूले प्रस्तावान र निर्णयहरु पढेर सुनाउनु भएको थियो भने सभापतित्वको तर्फबाट बी.आर.लामा ज्यूले कार्य सफलताको शुभकामना दिदै कार्यक्रम बिसर्जन गर्नु भएको घोषणा गर्नु भयो

कुवैतमा राजदुतको सक्रियता अब प्रवासीहरुको समस्या तर्फ

नेपाली दुतावास कुवैतका प्रथम राजदुत मधुवन प्रसाद पौडेल कुवैतमा रहेका महिलाहरुका समस्या पहिचान र निराकरणका लागि कि्रयाशिल हुनु भएको छ । विगत लामो समय देखि यहाँ दुतावासको अभावमा नेपाली कामदार झिकाउदा उत्पन्न विसंगती र त्यसवाट श्रृजित अनेकौ समस्या समाधानका लागि उहाँले विशेष प्रकारको तयारी गरी सम्वन्धित मुलुक नेपाल र कुवैत सरकारसँग परामर्श एवं कानूनी प्रकि्रयाको थालनी गर्नु भएको छ ।
संगठित वा असंगठित क्षेत्रमा कामदारहरु के कति कहाँ र कस्तो अवस्थामा रहेका छन उनीहरुको अवस्था के छ भने जस्ता अनेकौ कुराहरुको स्पष्ट विवरण वा लेखा जोखा नभईरहेको अवस्थामा राजदुत पौडेलले भविश्यमा त्यस्तो नहोस भनी विवरण नियमित न्यायीक र व्यवस्थित हुनु पर्ने भन्दै आगामी दिनमा कामदार मगाउदा नेपाली दुतावासमा निवेदन दिन पर्ने प्रावधान सहितको खाका तयार गरेको वताउनु हुन्छ । खासगरी महिला कामदारहरुको हकमा समस्याहरु जटिल रहेका र तिनिहरुलाई सहज र सुरक्षित रहने वातावरण निर्माण गर्न अत्यावश्यक भएको उहाँको ठहर छ । पौडेल विगतमा अर्को खाडी मुलुक दुवईमा रहदाको अनुभव सुनाउदै भन्नु हुन्छ त्यो अनुभवको यहाँ कुनै अर्थ नै नहुने रहेछ ।
एजेन्सी वा स्पोन्सर घर धनीले अब देखि महिला कामदार मगाउदा दुतावासवाट तयार पारिएको मापदण्ड फारम भर्नु पर्ने हुन्छ जसमा उनीहरुलाई दिईने सेवा वा सुविधाका शर्तहरु समावेश गरिएका हुनेछन । माग निवेदन सहित प्रकि्रया पुरा गरी आएका निवेदनहरुलाई दुतावासवाट प्रमाणीत गरेपछि मात्र भिषा प्राप्त गर्ने वाटो खुल्ने छ भने कामदार क्रवैत प्रवेश गरीसकेपछि पनि दुतावासको जानकारीका लागि दर्ता अनिवार्य रुपमा गराउन पर्ने हुन्छ । एजेन्सीले ल्याएका कामदारको हकमा दोहरो मापदण्ड रहने उहाँको मान्यता छ । एजेन्सीहरुले महिला कामदार आफ्नो लागि नभई अरुका लागि ल्याउने भएकाले उसले जसलाई जिम्मा लगाउने हो त्यसपूर्व पुन स्पोन्सरलाई दुतावासमा ल्याई निवेदन सहितको फारम भरी कामदारको हस्तान्तरण गर्नु पर्ने हुन्छ यसमा ती महिलाप्रतिको दोहरो दायित्व वा जिम्मेवारी हुने हुनाले केही राहातको अवस्था सृजना हुने उहाँको तर्क छ ।
भविश्यमा कुवैत आउने नेपाली महिला कामदारहरुको सुरक्षित रोजगारी र सुविधामा कोशे ढुङगा सावित हुनसक्ने सो खाका ब्यवहारिक रुपमा कति खरो उत्रने हो त्यो त भविश्यले नै बताउने छ तर अहिले आशा गरौ यो आशलाग्दो प्रयास कार्यान्वायन भएरै छाड्ला । छोटो समयको दरवियानमा महसुस गरेको अनुभूती शेयर गर्दै राजदुत पौडेल नेपालकुवैत डट कम संग अगाडी भन्नु हुन्छ नेपाल महिला घरेलु कामदार र अदक्ष जनशक्ति मात्रै भएको देश भन्ने यहाँको सरकार र संघसस्थाहरुको बुझाईलाई चिर्दै नेपाल बाट दक्ष जनशक्तिका लागि पनि अधिकारीहरु संग कुरा भएको र उनीहरु सकरात्मक प्रतिक्रिया रहेको बताउनु हुन्छ । खासगरी घरेलु महिला कामदार मात्र नभएर नस्रहरु लगायत अन्य प्रकारका दक्षता भएका नेपाली महिला तथा पुरुष माग भएको खण्डमा आफनो मुलुकले उपलब्ध गराउन सक्ने कुरा उहाँले राखेको बताउनु हुन्छ ।
दिल्ली वा मुम्वाईको वाटो हुदै महिला कामदार ओसार पसार भईरहेको र त्यस्तो अवस्थाको अन्त्यका लागि आफूले नेपाल सरकारलाई कुरा राखेको र नेपाल सरकारको परराष्ट्र मन्त्रालयद्धारा भारत सरकारसँग समेत कुरा भईरहेकाले छिट्टै नै सो समस्याको समेत टुङगो लाग्ने विश्वास राजदुत पौडेलको छ । उहाँ एक जिज्ञासामा भन्नु हुन्छ तपाईहरु सूचना दुतावास सँग शेयर गर्नुस दुतावासको आँखा छल्न खोज्ने वा वेवास्ता गर्ने एजेन्सीहरुलाई कालो सूचिमा राख्ने कुरामा म कत्ति पनि पछि हट्ने छैन ।जनवरी महिनाको एक्काईस वाईस तिर उहाँका सहयोगीहरु कुवैत आउने भएका हुनाले दुतावास संचालन हुन अझै केही समय लाग्ने बताउदै राजदुत भन्नुहुन्छ दुतावास भवनका लागि साउथसुरा क्षेत्रमा नै लगभग तय हुने भएको छ ।

मलेशिया मा नेपालि भाषा मा कम्प्युटर शिक्षा को शुरुवात

रमेश "निश्छल" - प्रवास मा रहेका नेपालिहरु लाई कम्प्युटर शिक्षा प्रदान गर्नै हैक्तले जोहोर देशा-चेम्बरलाङ्ग का श्रमिक हरुले १०÷०१÷२०१० आइतबारको दिन पहिलो पाइला कम्प्युटर कन्सलटे_िन्स तथा ट्रेडिङ्ग सेन्टर को उदघाट्न गरेका छन ।
कृष्ण गुरुङ्ग प्रशिक्षक तथा प्रोपाइटर रहेको उक्त ट्रनिङ्ग सेन्टरमा ९ वटा कम्प्युटर सेट जडान गरिएको छ । स्वदेश मा रहदा आर्थिक कम्जोरि तथा गाउँ मा सौ अवस्था प्राप्त गर्न नसकैको तथा बिदेश मा काम गरेर बचेको समय मा कम्प्युटर सिक्न पाउदा आफु खुसि भएको एक सहभागि प्रशिक्षार्थि ले बताए ।कार्यक्रम मा बोल्दै प्रमुख अतिथि रमेश मल्ल लॆ उपस्थित अतिथि तथा प्रशिक्षार्थि लाइ आज को युग कम्प्युटर को युग भएकौ भन्दै यो शिक्षा हासिल गर्न सबैलाइ अनुरोध गर्नु भएकौ थियो । उद्धाटन मा नेपालि खबर साप्ताहिक का अमर परियार; श्रम साप्ताहिक बाट शिब थापा लगाएत अन्य सघ सस्था का प्रतिनिधि को पनि उपस्थिति थियो ।

दिप-ज्योति समूह बहराइनको प्रथम साधारण सभा सम्पन्न



दिपक नेपाल बहराइन - बहराइनको सीत्रा स्थित मोःमो एण्ड क्याटरीङ्ग सेन्टरको हलमा यही १५ जनवरी २०१० का दिन दिप-ज्योति समूह बहराइनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाको सभापति सोही समूहकी अध्यक्ष श्रीमती कृष्णकुमारी बिष्टले गर्नु भएको थियो । भने प्रमुख अतिथी नेपाली क्लब बहराइनका अध्यक्ष श्री दुर्गा गिरी हुनुहुन्थ्यो । अतिथीहरुमा एनआरएनए आइसीसी का सदस्या निलेसमान सिह प्रधान म्याग्दी उद्दार समितिका उपाध्यक्ष भेष बहादुर सेन युनिटी लाइफ एसोरेन्स बहराइनका अध्यक्ष श्री छबीलाल बीक लगायत बिभिन्न संस्थाका प्रतिनिधीहरु हुनुहुन्थ्यो । आफ्नो मनतव्य दिने क्रममा बिभिन्न संस्थाका प्रतिनिधीले यस संस्थाले छोटो समयमा गरेको उल्लेखनीय कार्यहरुको प्रसंषा गर्नु भएको थियो । उक्त समूहका महासचिव श्री सुवाष हमालले उक्त सभा साचालन गर्नु को साथै सो समूहको वार्षीक गतीविधी पनि प्रस्तुत गर्नु भएको थियो । भने उक्त समूहका सदस्यहरुलाई सदस्यता पत्र म्याग्दी उद्दार समितिका उपाध्यक्ष भेष बहादुर सेनले बितरण गर्नु भएको थियो । रेडीयो नेपालका गायक बीर ध्वज सिवा लगाएत स्थानीय कलाकारहरुले आ-आफ्नो कला प्रस्तुत गरेर उक्त सभालाई मनोराजन प्रदान गरेका थिए । सहभागी बिभिन्न कलाकारहरु तथा यो समूहलाई बिभिन्न प्रकारका सहयोग प्रदान गर्ने व्यक्तिहरुलाई प्रसंशा पत्र सोही समूहकी अध्यक्ष श्रीमती कृष्णकुमारी बिष्टले बितरण गर्नु भएको थियो ।

Wednesday, January 13, 2010

के सांच्चै नयाँ नेपालको निर्माण होला?" बिषयक अन्तरर्क्रिया कार्यक्रम सम्पन्न

"के सांच्चै नयाँ नेपालको निर्माण होला?" बिषयक अन्तरर्क्रिया कार्यक्रम सम्पन्न"
नेकपा (एमाले)को जापान प्रबाश कमिटीले सन २०१० को शुखद उपलक्षमा जापानमा कृयाशिल नेपाली संघ-संस्था बीच शुभकामना आदान-प्रदान शहित अन्तरर्क्रिया तथा जलपान कार्यक्रम सम्पन्न गर्यो। २०१०, जनवरी ३ तारिख, आइतबारकादिन भएको उक्त कार्यक्रमको सभापतित्व जापान प्रबाश कमिटीका सचिब श्री सुर्य पाठक ले गर्नु भएको थियो ।भने प्रमुख आतिथ्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियनको रास्ट्रिय अध्यक्ष युबा नेत्री राम कुमारी झांक्रीले गर्नुभएको थियो।
संबिधान निर्माण र शान्ति प्रकृयाका चुनौतिहरु "के सांच्चै नयाँ नेपालको निर्माण होला?" भन्ने बिषयमा बहस भएको थियो। उक्त बिषयमा आफ्ना धारंणा प्रश्तुत गर्नुहुने बिभिन्न संस्थाका प्रतिनिधि बक्ताहरुमा डा. कुमार बस्नेत (केन्द्रिय प्रबक्ता - NRN ICC), भबन भट्ट (अध्यक्ष - NRN जापान), हर्क थापा (प्रतिनिधि- जन प्रगतिशिल मोर्चा-नेकपा माओबादी), भुपी ोबिन्द श्रेष्ठ
- महासचिब, जनसंपर्क समिती - ने का ), शरद गौचन (उपाध्यक्ष- आदिबाशी जनजाति महासंघ), डा. राम गिरी (अध्यक्ष- शन्ति तथा लोक्तान्त्रिक मन्च), दिनेश ज्ञवाली (अध्यक्ष- अन्तरराष्ट्रिय सहित्य समाज जापान), सालीक राम भण्डारी (अध्यक्ष- गुल्मेली समाज एवं अन्तरराष्ट्रिय नेपाली समाज), राजेन्द्र पराजुली (अध्यक्ष - नेपली बिधार्थी समाज जापान )आदि हुनुहुन्थ्यो । अधिकांश बक्ताको आग्रह सहमतिको राजनितिको पक्षमा थियो । “हामी तिमी सँग असहमती राख्दछौ तर पनि तिमी सित सँग जान चाहन्छौ” । किनकी हामी सबै सगै नजाने हो भने नेपाली जनता ले दिएको एतिहासिक जिम्मेवारी पुरा गर्न सक्दैनौ त्यसकारण " हामी सहमत छैनौं, तर पनि मिलेरै जाऔं" आयोजक संस्थाको आग्रह थियो- संबिधान निर्माणकालागी छलफलबाट एकजुट भएर अगाडि बढ्नकालागी। त्यस्तै गरि द्वन्द, स्वायत्त राज्य र बिकेन्द्रिकरण, राजनैतिक इमान्दारिता, बिदेशी शक्तिको चलखेल जस्ता समस्यालाई चिर्दै जानुपर्ने बिचार बक्ताहरुबाट औंल्याइएको थियो ।
युबा नेत्री राम कुमारी झांक्रीले वक्ताहरुको प्रतिप्रश्न तथा आशंकालाई संबोधन गर्दै राज्नैतिक पार्टीहरुलाई जिम्मेवार पूर्णरुपमा प्रश्तुत हुन जनस्तरबाटै खबरदारी सुरुभैसकेकोले संबिधान बन्ने बताउँदै बार्ता र सहमतिबाट भाग्दै सडक र सदनमा गैर राजनैतिक संस्कार प्रदर्शन गर्ने दलहरुमाथि रोष प्रकट गर्नु भयो। कार्यक्रममा लोकसंस्क्रिति कर्मी प्रजापति पराजुली तथा कृष्ण भक्त महर्जनले लोक दोहोरी मार्फत बर्तमान राजनीतिमा भएका गलत प्रबिर्ती माथि कटाक्ष गर्दै मनोरंजन प्रदान गर्नु भएको थियो। टोकियोको ओमोरी स्थित सेयु हलको ,पांचौं तला(षक्ती रेस्टुरेण्ट)मा सम्पन्न उक्त कार्यक्रमको उद्घोसण नेकपा एमाले जापान प्रवाश कमिटी, टोकियो शाखा कमिटी कि सदस्य एवम पूर्व बिद्यार्थी नेत्री श्रुजना काफ्ले ले गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण महानुवाब हरुलाई जापान प्रबाश कमिटी का सदस्य श्री राज कुमार पन्डित ले स्वागत मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो।

नेपाली जनप्रगतिशिल माच दोहाको संगठन बिस्तार अभियान

ठग र दलाल हरुको बिरु¢मा प्रबाशि जनजागरणनागरीक सर्बोच्चता र राष्ट्रिय स्वाधिनताको पक्षमा संगठन निर्माण अभियान भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशिल माच दोहा ले सांगठन बिस्तार अभियान शुरु गरेको छ । यसै अनुरुप गत हप्ता शीमशीमा मा सम्पन्न एक बृहत भेलाले अलखोर रासलाफान क्षेत्रमा रहेको ४ वटा क्षेत्रीय कमीटी हरु लाई संयोजन गर्दै एक कार्यक्रम बिच क्षेत्रीय सबन्वय समीती गठन गरीएको छ ।उक्त कार्यक्रममा माचका केन्द्रिय अध्यक्ष होमनाथ शर्मा सल्लाहाकार उमेश बराल उपाध्यक्ष जसमान दर्नाल केन्द्रिय कोषाध्यक्ष रामु बस्याल केन्द्रिय सदस्य नेत्र ढुंगाना लगायत ४ वटै क्षेत्रिय संयोजक र क्षेक्रमा कि्रयाशिल केन्द्रिय सदस्यहरुको व्यापक उपस्थिती रहेको थियो । कार्यक्रम खिमलाल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । । कार्यक्रमको शुरुमा ज्ञात अज्ञात सहीदहरु प्रती मौनधारण बाट सुरुभएको सो कार्यक्रम लाइ महेन्द्र न्यौपानेले स्वागत गर्नु भएको थियो । अलखोर स्थित सीमीस्मा म्््ा सम्पन्न सो कार्यक्रम ले महेन्द्र न्योपाने को संयोजकत्वमा ७ जनाको क्षेत्रिय सबन्वय कमीटी गठन गरेको छ । जसमा सह संयोजक मा देबि प्रशाद भटराइ सदस्य सचीबमा कुमार बि।s। कोषाध्यक्षमा खीमानन्द खनाल सहीत ठाकुर भट्ट राजकुमार साफी र कुतीमान दुलाल लाइ सदस्य मा चयन गरेको छ । अथितिको तर्फबाट बोल्दै नेत्र ढुगांनाले केन्द्रमा आज सम्म भएका गतीबीधीहरुको बारेमा जानकारी दीदै माचका भाबी काईक्रम हरुको बारेमा जानकारी गराएका थिए । माचको हालको गतीबिधी र दोहामा भएका श्रमजिबी हरुको नया कमीटी हरु गठन भै संगठन बिस्तार भएको देखेर यहाका पुरउत्थानबादी शक्तिहरु र यथास्थिति बादी शक्तिहरु श्ंासकीत भएको प्रसंग औल्याउदै यो जनलहर संसारका जुनसुकै ठाउमा पनी यसरी नै अगाडी बढेको जानकारी गराएका थिए भने केन्द्रिय कोषाध्यक्ष रामु बस्यालले अनुसाशनको महत्वपुर्ण्र पाटो मध्य आर्थीक नियमीतता महत्वपुर्ण भएको हुनाले सबै निकाय हरुले आर्िथक नियमीतता लाइ आत्मासाथ राख्दे आर्िथक अनुशासनमा रहन आग्रह गरेका थिए । साथै उहाले यस क्षेत्रका कोषाध्यक्ष हरुलाइ सहज तरीकाले आर्थीक हीसाब राख्ने बिधि बारेमा प्रशिक्षण दिएका थिए । माचका केन्द्रिय उपाध्यक्ष जसमान दर्नाल ले बिश्ब साम्राज्य बाद देखी छीमेकी मुलुक भारतले मात्र नभई देशकै केही मीडीया हरुले समेत गौरबशाली पार्टी लाइ जनमानसमा भ्रमीत समाचार सम्प्रेष गर्दै जसरी भएपनी फुटको खेती गर्न लागी परेको प्रसंग कोट्याउदै उक्त कपोल कल्पीत समाचार हरुप्रती बिश्वार नगर्न आग्रह गरेका थिए।
कार्यक्रमका बिशेष अथिती तथा माचका केन्द्रिय अध्यक्ष होमनाथ शर्माले बर्ग संघर्षको यो निर्णायक घडीमा सबैजना चनाखो हुदै हामी बिदेशमा भएको हुनाले यहाको कानुन सम्बत तरीकाले चल्नु पर्ने बताउदै हामी अरु भन्दा पनी नेपाली हरुकै केही मानब तस्कर हरुको निगरानी मा रहेको बिगत को प्रशंग लाई कोट्याउदै यदी जो कोही पनी हाम्रो यो महान अभियानमा तगारो बन्न खोजेमा अब यहाका मजदुर हरुले नै नछाड्ने बताउनु भयो । हमीलाइ जती सुकै दमन गर्न खोजेपनी जब सम्म संसारमा बर्गीय समानता हुदैन तब सम्म यो लडाइ रही रहने हनाले नै संसारका मजदुर हरु एक होयौं भन्ने नारालाइ हाम्रो सर्बाहारा पाटीैले पनी अगींकार गरेको कुरा औल्याउनु भयो । जागौं र हरुलाइ पनी जगाऔं भन्ने अभीप्राय लीएर अहीलेको माचको अबस्था लाइ ३ महीनाको अबधि भित्र सम्पुर्ण दोहा मा कमीटी हरु गठन गरी सबैलाइ अधिकार र जागरण को सीक्षा दीएको खण्डमा यहाका श्रमीक हरु आफै जागरण हुने कुरामा जोड दीनु भयो ।प्रमुख अथिती उमेश बराल ले देश बलात्कार हुदा सम्म बिदेशी आर्शीबाद ले भएका राज्यका प्रतीनिधि हरु पद जोगाउनकै लागी भएपनी टुलुटुलु हेरेर बसिरहेको प्रशग उठाउदै नेपालकै क्रान्तिकारी भनाउदा कम्युनिष्टहरु समेत समाज्य बादको सामु लम्पसार परीसकेकाले अब नेपालमा गरीब र मजदुर हरुको पार्टी माओबादी मात्र रहेकोकुरा औल्याउनु भएको थियो ।उक्त कार्यक्रम कुमार बि।s।ले साचालन गर्नु भएको थियो ।

हैटीमा हालसम्मकै सबै भन्दा ठुलो भुकम्प, नेपाली सेना सकुशल

क्यारेवियन राष्ट्र हैटीमा आएको हालसम्मकै सबै भन्दा ठुलो भुकम्पमा सयौ हताहत भएको आशंका भईरहदा त्यहाँ राष्ट्र संघको सुरक्षा मिसनमा रहेका नेपाली सुरक्षाकर्मीहरुमाथि कुनै अप्रिय घटना घटेको जानकारी नआएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीका अनुसार विहान ६ बजेसम्मको जानकारीमा कुनै पनि नेपाली सुरक्षाकर्मी भुकम्पको विध्वसमा परेका छैन । उहाँले भुकम्पमा एक जना नेपाली सेनाका अधिकृतको खुट्टा फ्याक्चर भएको जानकारी दिनु भयो । नेपाली सेनाको एक गुल्मको स्थापना दिवस मनाउन सबै एकै ठाउमा भेला भएको अवस्थामा भुकम्प गएकोले त्यहा रहेका नेपाली सुरक्षाकर्मीमा क्षती नभएको उहाले जानकारी दिनु भयो ।
त्यहा महासेनानी रतीन्द्र खत्रि को नेतृत्वमा र केही नेपाल प्रहरीका सुरक्षाकर्मीहरु राष्ट्र संघको मातहतमा सुरक्षा कायम गर्न सकि्रय रहदै आएका छन । प्रवक्ता क्षेत्रीका अनुसार हैटीको शान्ति मिसनमा करिव ३५० जनाको सेनाको बटालियन र संघको कार्यालयमा १५ जना नेपाली सेना कार्यरत रहदै आएका छन । अहिले नेपाली सुरक्षाकर्मीहरु भुकम्पले विध्वंश मच्चाएको पोर्ट अफ पि्रन्समा उद्दारमा जुटीसकेका छन ।

हर्वोका पुर्णकालीन लिडरहरुको बैठक सम्पन्न

यहि मीती २०१० जनवरी १०आईतबारको दिन हर्वो अभियानका सकि्रय लिडरहरुको बैठक मलेसियाको पेनाङ्ग स्थित हर्वोको सम्र्पक कार्यलयमा सम्पन्न भएको छ । नरेन्द प्रसाद चौलागाई को सभापतित्वमा सम्पन्न उक्त बैठकमा हर्वो अभियान लाई अझ सकि्रय रुपमा अगाडी लैजादा आईपर्ने बिबिध खाले समस्या र आगामी दिन मा व्यवस्थीत रुपमा हर्वो अभियान लाई अगाडी लैजान सबै तहतप्काका लिडरहरुको भुमिका अति नै महत्व पुर्ण हुने कुरा सोही अबसरमा छलफल भएको थियो । बेरोजगारी समस्या बाट रोजगारीको लागी प्रवासी जिवन बिताउन बाध्य हामी नेपालीको लागी अब हर्वो अभियान ले फेरी पनि बिदेशीको गुलाम बन्नु नपर्ने कुराको संकेत गरी सकेको करामा बिषेश छलफल गरीएको थियो । हर्वो अभियान ले लिएको आर्थीक क्रान्ति सगै रोजगार मुलक क्रान्ति लॆ हामी तमाम नेपाली युवा वर्ग काधमा ठुलै जिम्मेवारी दिएको छ तसर्थ हरेक चुनौति र बाधा अड्चन लाई र्चिदै अगाडी बढ्नु पर्ने कुराको निष्र्कष निकालीएको थियो । २०१० भित्र पेनाङ्ग राज्य लाई हर्वो व्यापारको आधार ईलाका बनाउने र यसका लागी चाहिने शिक्षा र सर्पोट सेन्टरको लागी हर्वो इन्टरनेश्नल यस। बि। सग अनुरोध का साथ माग गर्ने गरी आफ्ना कार्यक्रम हरु पनि सार्वजनिक गरेको छ आगामी २०१० जनवरी ३१ तारीक का दिन ओ ।पी। यम।यस। र २०१०फेबु्ररी १० तारीक का दिन हर्वो इन्टरनेश्नल यस।बि। का मलेसिया र्निदेशक तथा हर्वो अभियानका लिडरहरु बिच अन्तकि्रया कार्यक्रमको आयोजना गरीएको कुरा पनि सोही अबशरमा जानाकारी गराई एको थियो । व्यापाक छलफल का साथ सम्पन्न उक्त बैठक बेलुका १०ः३० बजे बाट सुरु भई बिहान ४ः०० बजे समापन भएको थियो ।

Monday, January 11, 2010

सुरेन्द्र डङ्गोलको परिवारलाई आर्थिक सहयोग

अमेरिकाको केलिफोर्निया राज्यको लसन्जेलेस मा रहेका केही नेपाली हरुले गत महिना बोस्टन को एउटा फुड स्टोर मा काम गर्दा गर्दै हत्या गरिएका नेपाली सुरेन्द्र डङ्गोलको परिवारलाई अमेरिकि डलर १०६१ आर्थिक सहयोग गर्न को लागि जम्मा गरिसकेका त्यहाका बासिन्दा मुकुन्द ढुंगानाले जानकारी गराएका छन ।

हिजो मात्र दिनभरी नजिक का नेपाली साथी भाई जे जती सँग संपर्क हुन सक्यो उहाहरुबाट नै यो रकम जम्मा गर्न सकिएको जानकारी बासुदेव घिमिरेले दिएका छन । यो रकम तुरुन्त बोस्टनमा नै रहेकी सुरेन्द्र डङ्गोलको श्रीमती कल्पना डङ्गोललाई हस्तान्तरन गरिने राजेन्द्र शिवाकोटिले जानकारी गराउदै निम्न लिखित नेपालीहरु बाट यो रकम जम्मा गरिएको बताये । नारायण पाण्डे -१२१ ,शिव अधिकारी -१२१ ,समिर थापा -१०१ , बासु घिमिरे -१०० ,राजेन्द्र शिवाकोटी-५३ ,सरस्वती घिमिरे -५० ,बिश्वराज उपाध्य-३० ,उमा थापा -२५ ,युब राज सिटौला-२५ , राम जि गौतम -२५ ,दीपक पाठक -२५ ,मुकुन्द ढुंगाना-२५,लक्षमण बस्नेत -२५ ,उर्मिला पन्जियार-२५ ,टिका चौधरी-२५ ,नेत्र मैनाली -२५ ,मदन पाठक-२१ ,राम खड्का -२१ , देवी बास्कोटा-२० ,सुर्य प्रसाइ -२० ,बासु पोखरेल -२० ,जितेन्द्र श्रेष्ठ -२० ,शिव तिवारी -२० ,नारायन पन्त -२० , रेखा उप्रेती -१६ ,हेम राज राइ -१० ,मनी लिम्बु -१० ,नकुल श्रेष्ठ -११ ,बिमल श्रेष्ठ -११ ,मिलन लम्साल -१० ,रवी सापकोटा-१० र सुदिप पन्त -२० ।

तमू बौद्ध सेवा समिति कतारद्वारा सम्मान

बुधबल गुरुङ, जनवरी ९ दोहा - कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारले जनवरी ७ तारिखका दिन संसारा थकाली रेष्टुरेण्ट दोहामा एक कार्यक्रमको आयोजना गरी नेपाली टीभी लण्डनका डाईरेक्टर मोहन गुरुङलाई सम्मान गर् यो । उहाँले तमू समुदायलाई विभिन्न क्षेत्रबाट योगदान पुर् याउनु भएकोले समितिले सो सम्मान गरेको जनाईएको छ ।

समितिका अध्यक्ष जगन तमूको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतितिका रुपमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत तमू हुनुहुन्थ्यो । कार्यक्रममा सम्मानित व्यक्तित्वलाई समितिका अध्यक्ष जगन तमूले खदा लगाई स्वागत गर्नु भएको थियो भने प्रमुख अतिथी अमृत तमूले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

सहभागिहरुको आपसी परिचय आदन प्रदानबाट सुरु भएको उक्त कार्यक्रममा एनआरएनए-एनसीसी कतारका महासचिव तथा समितिका सल्लाहकार बिलबहादुर तमूले संस्था र कतारका तमूहरुको अवस्था बारेमा जानकारी दिनु भएको थियो ।

सम्मानित व्यक्तित्व मोहन तमूले यस सम्मानले आफूमा तमू समुदायमा अझ केही गर्ने हौसला मिलेको र आफुद्वारा संचालित टिभीमा कतारका तमू संस्थाले निरन्तरता दिन सक्ने गरि साप्ताहिक पाक्षिक मासिक कार्यक्रम चलाउन चाहेमा आफुले निशुल्क त्यस्तो कार्यक्रम चलाउन समय उपलब्ध गराई दिने बचनबद्धता ब्यक्त गर्नु भयो । साथै उहाँले यस संस्थालाई आबश्यक परेको जस्तो सुकै सहयोग गर्न पनि आफु तयार रहेको विचार समेत ब्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा आफुले तमू बौद्ध सेवा समिति कतारको आजीवन सदस्यता लिने ईच्छा जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी अमृत तमूले कतारमा रहेका तमू तथा जनजातिहरुको अवस्था भूमिका बारे प्रष्टयाउनु भएको थियो । उहाँले जनजातिहरुले हाल आफ्नो हक अधिकारको लागि गरिरहेको आन्दोलनको लागि नेपाली टीभी यूकेले पनि सहयोग गरिदिनेमा आशावादी रहेको विचार व्यक्त गर्नु भएको थियो ।

समितिका अध्यक्ष जगन तमूले तमू बौद्ध सेवा समिति कतारको कार्य प्रगतिको बारेमा प्रकाश पार्नु भएको थियो । सम्मानित व्यक्तित्व मोहन तमूले संस्थालाई सहयोग गर्ने र आजिवन सदस्य बन्ने ईच्छा जाहेर गर्नुभएकोमा खुशी ब्यक्त गर्दै धन्यवाद समेत दिनु भयो ।

कार्यक्रम समितिका निर्देशक सल्लाहकार बुधबल तमूले संचालन गरिएको थियो । कार्यक्रममा तमू बौद्ध सेवा समिति समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समिति कतारका कार्य समितिका पदाधिकारी र सदस्यहरुको उल्लेख्य उपस्थिती थियो ।समितिका अध्यक्ष जगन तमूले तमू बौद्ध सेवा समिति कतारको कार्य प्रगतिको बारेमा प्रकाश पार्नु भएको थियो । सम्मानित व्यक्तित्व मोहन तमूले संस्थालाई सहयोग गर्ने र आजिवन सदस्य बन्ने ईच्छा जाहेर गर्नुभएकोमा खुशी ब्यक्त गर्दै धन्यवाद समेत दिनु भयो ।

कार्यक्रम समितिका निर्देशक सल्लाहकार बुधबल तमूले संचालन गरिएको थियो । कार्यक्रममा तमू बौद्ध सेवा समिति समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समिति कतारका कार्य समितिका पदाधिकारी र सदस्यहरुको उल्लेख्य उपस्थिती थियो ।

कतारको अलखोरमा मजदुर क्याम्पमा आगलागी हुँदा लाखौंको क्षती

आज १० जनवरी २०१० बिहान ९ बजे कतारको अलखोर स्थीत अलखोर औद्यौगीक क्षेत्र भित्र रहेको डिस्कोन कम्पनीका कामदार बस्ने क्याम्पमा एसी पड्कीदा भएको आगलागीले करिब ९० लाख रियलको धनमाल जलेर नस्ट भएको छ । गत बिहीवार मात्र कम्पनीले तलव दिएका कारण अधिकांससँग भएको नगद समेत कोठामा नै राखेका थियौं सबै जल्यो एक बंगलादेशी कामदारले सजल आँखा बनाउँदै भने । त्यसैगरि गत केहि दिनबाट तिन महिनाको लागि छुट्टी तथा क्यान्सील जानको लागि कम्पनीले रोक लगाएको कारण धेरैजनाले घर जानको लागि सपीङ गरेको सम्पूर्ण सरसामान समेत कोठामा नै रहेको र सो सामान समेत सबै जलेर नष्ट भएको छ । सम्पूर्ण कामदारहरुको डिउटीको समय भएका कारण मानविय क्षति हुन भने पाएन । पाकिस्तानी व्यवस्थापन रहेको डिस्कोन कम्पनीको २२ नम्बरको क्याम्पमा सो आगलागि भएको हो । नेपाली,पाकिस्तानी,श्रीलङन,इन् डियन,बंगलादेशी लगायतका मुलुकका गरि ५०० भन्दा बढि कामदार रहेको सो क्याम्प पूर्णत नष्ट भएको छ । घटना भएको केहि मिनेटमा नै फायर बि्रगेड टोली घटनास्थलमा आइपुगेता पनि हावा चलिरहेका कारण आगो नियन्त्रणमा आउन नसके पछि त्यती धेरै क्षति हुन पुगेको हो । आगलागी भइरहेको समयमा यो पंत्तिकार घटनास्थलमा पुगेको भएता पनि सुरक्षाकर्मीको बन्देजका कारण घटनाको तस्विर कैद गर्न भने सकिएन ।

Saturday, January 9, 2010

नेपालमा भन्दा अमेरिकामा घर सस्तो

अमेरिका, १० जनवरी / स्थायी रूपले अमेरिका बस्दै आएका राजेन्द्र महर्जनले १ लाख ८० हजार डलरमा मेरिल्यान्डमा हालै घर किने। "काठमाडौंको आठ आना जग्गा बेच्दा यहाँ घरै आयो," उनले भने। आर्थिक मन्दीको असरले मूल्य घटेको मौका छोपेर अमेरिकाको राजधानी वासिङ्टन डिसीनजिक मेरिल्यान्डलगायत अन्य स्थानमा घर किन्ने नेपालीको संख्या बढेको छ। नेपालमा घरजग्गाको मूल्य अकासिनु र अमेरिकामा सस्तिनु एकैपटक परेकाले महर्जनजस्ता धेरैले नेपालका घरजग्गा बेच्दै यता किन्न थालेका छन्।माओवादी र सशस्त्र समूहले व्यक्तिगत जग्गा कब्जा गर्ने आशंका, जमिन खोस्ने हल्लाजस्ता कारण यहाँ बस्ने नेपालीमा आफ्नो पुर्ख्यौली सम्पत्तिलाई लिएर त्रास बढेको छ। अमेरिकास्थित नेपाली दूतावासले जारी गर्ने वारेसनामा कागजातले पनि यो पुष्टि गर्छ। यो वर्ष साउनदेखि मध्यपुससम्म १ सय ५० जनाले नेपालमा भएका घरजग्गा बेच्न वारेसनामा बनाएर पठाएको दूतावास अधिकारीले जानकारी दिए। गत आर्थिक वर्ष करिब ३ सय नेपालीले वारेसनामा बनाएर नेपालका घरजग्गा बिक्री गर्ने अधिकार त्यहाँ बस्नेलाई दिएका थिए। एक वर्षअघि यही अवधिमा वारेसनामा बनाउने ९० थिए। "वारेसनामा लिन आउनेले नेपालमा घरजग्गा बेचेर पैसा ल्याउने बताउने गरेका छन्," दूतावासका अधिकृत गौरीस्वर रेग्मीले भने।वारेसनामा लिन आउने नेपालीलाई उद्धृत गर्दै रेग्मीले भने, "नेपालमा महँगो भयो, यहाँ घर सस्तो छ, त्यसैले त्यहाँ बेचेर यहाँ किन्ने वा किस्ता तिर्ने बताउँछन्। स्थायी रूपमा यतै बस्ने भएपछि उता किन सम्पत्ति राखिरहनु भन्ने सोच पनि भेटिएको छ।" "नेपाल फर्कने होइन, त्यहाँभन्दा यहाँ सस्तो छ,"दूतावासमा वारेसनामा लिन आएकी सुधाले भनिन्, "किन यहीं नजोड्ने?"वारेसनामा बनाउन २५ डलर लाग्छ। केही महिनाअघि मेरिल्यान्ड राज्यमा १ लाख ५० हजार डलरमा घर किनेका विष्णु लामाले भने, "खानेपानी नआउने र ग्यास अभाव भइरहने काठमाडौँमा घरजग्गा छुनै नसकिने छ। बरु यतै जोडौं भनेर किनेको।" स्थायीमात्र होइन, गैरकानुनी रूपमा बस्ने नेपालीले समेत घरमा लगानी गरेका छन्। आर्थिक मन्दीले अमेरिकी रियलस्टेटमा गिरावट आएको छ। यसले काठमाडौं उपत्यकाको औसत मूल्यभन्दा अमेरिकामा घरको मूल्य सस्तो छ। अमेरिकाका कतिपय ठाउँमा घरको मूल्य दुई दसकयताकै सबभन्दा न्यून बिन्दुमा झरेको छ। अमेरिकी सरकारले पहिलोपटक घर किन्नेलाई ८ हजार डलर कर छुट दिन्छ। बैंकबाट सरल रूपमा पैसा पाइने भएकाले पनि घर किन्न सजिलो छ।"न्यून आय भएकालाई पनि घरमा लगानी गर्न प्रोत्साहन भइरहेको छ," हालै डिसीमा घर किनेका पुकार राणाले भने। प्रत्येक महिना तिर्नुपर्ने भाडाबराबरको किस्तामा घरै आउने भएकाले आफूले लगानी गरेको उनले बताए।केही नेपालीले भाउ घटेको मौकामा व्यावसायिक रूपमा पनि घरजग्गामा लगानी गरेका छन्। नेपालीले प्रायः १ लाखदेखि ३ लाख डलरसम्मका घर किन्दै आएका छन्। केही नेपालीले सहरभन्दा अलि टाढा जमिन पनि किनेका छन्।नेपालबाट कानुनी रूपमा १० हजार डलरभन्दा बढी पैसा अमेरिका ल्याउन सजिलो छैन। त्यही भएर अधिकांशले हुन्डीमार्फत पैसा ल्याउने गरेका छन्। "कति रुपैयाँ नेपालबाट अमेरिका आइरहेको छ भन्ने अनुमान गर्न सकिँदैन," राजदूत शंकर शर्माले भने, "अमेरिका, बेलायत, अस्ट्रेलियालगायत देशबाट नेपालमा पैसा जानेभन्दा नेपालबाटै बाहिरिने प्रवृत्ति बढेको छ।"केही दिनअघि राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईले नेपालबाट ठूलो मात्रामा पैसा बाहिर जाने गरेको बताएका थिए। विदेशबाट आउने पैसा (रेमिटेन्स) को वृद्धि कम हुनु र आयात बढ्नुले नेपालको अर्थतन्त्रमा समस्या सुरु भएको छ।यसबीच आर्थिक मन्दीले किस्ता तिर्न नसक्दा केही नेपालीका घर लिलामीमा समेत परेका छन्। महँगो हुँदा घरमा बढी पैसा हालेका अहिले समस्यामा छन्। अमेरिकामा नेपालीको संख्या करिब २ लाख पुगेको अनुमान छ। डिभी चिठ्ठा, विद्यार्थीलगायत अन्य रूपमा अमेरिका आउने नेपालीको संख्या बढिरहेको छ।

युएईको फुजेरा अस्पतालमा रहेको मायाको मृत्‍यु


युएईको फूजेरा स्थित सरकारी अस्पतालको ICU कक्षमा विगत ४ महिना देखि उपचाररत सोलुखुम्बु घर भएकी माया लामा शेर्पाको मृत्‍यु भएको छ।
घरायसी समस्याका कारण हाउसमेडको रुपमा विगत एक बर्ष देखी फूजेरा स्थित अरबीको घरमा कार्यरत माया बिरामी भएकी थिइन् र घर जान टिकट पनि लिईसकेकी थिईन्। तर घर मालिकले जान नदिई उक्त टिकट त्यसै रद्द भएको थियो जसका कारण उनी थप मानसिक रोगी भइन् र आफनै शरिरको दुई ठाउँमा छुरा प्रहार गरी आत्महत्याको प्रयास गरिन्। तत्पश्चात उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो। रोग जटिल हुदै गएको कारण उनलाई ICU मा राखियो। शरीरको मुख लगाएत प्राय:भागमा उपचारको क्रममा पाईप जोडीएको हुँदा बोल्न असमर्थ थिईन् भने बेलाबेलामा अचेत अवस्थामा रहने हुँदा साँकेतिक भाषा मात्र केही कुरा बुझिन्थ्यो। जस कारण उनको घर परिवार र अन्य जानकारीको स्रोत खुल्न सार्‍है अप्ठेरो भएको थियो।यस बारेमा समय समयमा प्रत्यक्ष जानकारी गराउँदै आएका दि.एन.जे.राहत प्रतिष्ठानका फूजेरा प्रतिनिधी पूर्ण कुमार मगरले आवश्यक रेखा देख गरेका थिए। भने त्यसै अस्पतालमा मायालाई खाना पुर्‍याउन जाने इन्दिरा मल्लले प्रत्यक्ष सकेसम्मको सहयोग गरेको बताएकी थिईन्। २ महिना पहिले यस प्रतिष्ठानका अध्यक्षले अस्पतालमा गई प्रत्यक्ष भेट्दा बिरामीको अवस्था नाजुक भएको बताएका थिए।यसबारेमा राजदुतावास स्रोतलाई जानकारी गराईएको थियो भने श्रम सहचारी पार्वती अर्यालले जिज्ञासा लिनुभएको थियो। र त्यहाँ जाने योजना रहेको पनि बताउनु भएको थियो। सो अस्पतालमा काम गर्ने चन्द्र खड्का (धनकुटा) ले ९ जनवरीका दिन दिएको जानकारी र मृत्‍यु प्रमाणपत्रका आधारमा यो समचार तयार भएको हो। अव राजदुतावास लगाएत सबै मिली उनको लाश घर परिवार सम्म पुर्‍याउन र उनले पाउने क्षतीपुर्ति वारे पहल गरिनु आवश्यक रहेको छ।

गत बर्ष कतारमा २ सय १७ को मृत्यु, कतार गतिबिधी

गत बर्ष कतारमा २ सय १७ को मृत्यु

मुटुसम्बन्धि समस्या सवैभन्दा विकराल

गत बर्ष सन् २००९ मा बैदेशिक रोजागरीका सिलसिलामा कतारमा कार्यरत २ सय १७ जनाको मृत्यु भएको छ । नेपाली दुतावासले आइतवार उपलब्ध गराएको तथ्यांक अनुसार मृत्यु हुनेहरुमध्ये अधिकांसमा मुटुको समस्या देखिएको थियो ।

गत बर्ष अकाल ज्यान गुमाएका २ सय १७ जनामध्ये १ सय १५ जनामा मुटुसमबन्धि समस्या पहिचान गरिएको थियो भने सडक दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । २२ जनाको उचाईबाट खसेर मृत्यु भएको छ भने १४ जनाको डुवेर मृत्यु भएको छ । डुवेर मत्यु हुनेमध्ये १२ जनाको गत जुलाईमा भएको डुंगा दुर्घटनामा ज्यान गएको हो । ९ जनाले भने आत्महत्या गरेका हुन् । अन्य विविध समस्यामा १७ जनाको प्राणान्त भएको छ ।

अकाल ज्यान गुमाउनेमा ५३ प्रतिशतमा मटुसम्बन्धि समस्या वा हृदयाघात भएको राजदुत डा। सुर्यनाथ मिश्रले जनाए । बर्ष २००८ मा १ सय ७५ जनाले ज्यान गुमाएकोमा मटुसम्बन्धि समस्याका कारण १ सय ७ जनाको मृयु भएको थियो । २००६ मा १ सय ४३ जनाको मृत्यु भएकोमा ७२ जना र २००७ मा १ सय ६२ जनाको मृत्यु भएकोमा १ सय ३ जनाको मटुकै समस्याका कारण मृत्यु भएको थियो । मुटुको समस्याका कारण जयान गुमाउनेहरुमा अधिकांसको मृत्यु कतार आगमनको शुरुका दिनहरुमा हुने गरेको पाइएको छ । ुएक्कासी मौसम परिवर्तन हुँदा मौसमसंग समायोजन हुन कठिन भएर त्यसकिसिमको समस्या देखिने गरेकोु चिकित्सकहरु बताउँछन् ।

बर्ष २००९ को जनवरीमा १६ फरवरीमा ११ मार्चमा १६ अपि्रलमा २८ मेमा २२ र जुनमा सर्वाधिक ३१ जनाको मृत्यु भएके थियो भने जुलाईमा १९ अगस्तमा १८ सेप्टेम्बरमा १२ र अक्टुवरमा १९ जनाले ज्यान गुमाएका छन् । यसैगरी नोभेम्बर र डिसेम्बरको तथ्यांक अनुसार २५ जनाले ज्यान गुमाएका छन् । अकाल मृत्युको तथ्यांक बढ्दो रहेकोमा राजदुत डा। सुर्यनाथ मिश्रले चिन्ता ब्यक्त गर्दै स्वास्थ्य सरक्षा तथा ट्राफिक नियमकावारेमा सचेतना फैलाउनु जरुरी रहेको औंल्याए ।

विगत ४ बर्षमा नेपालीको मृत्यु

बर्ष हृदयाघात-सडकदुर्घटना-कार्यस्थलदुर्घटना-डुवेर-आत्महत्या -अन्य-कुल

२००६ ७२ ३४ १९ २ ७ ९ १४३

२००७ १०१ २२ २६ ४ ७ - १६०

२००८ १०७ ३५ २४ २ ७ - १७५

२००९ ११५ ४० २२ १४ ९ १७ २१७
हवाई टिकट सहयोग
दीपक पौडेल÷दोहा- हवाई टिकटको अभावमा मुलुक फर्कन नसकेका पिडितको सहयोगका लागि नेपाल मिथिला कला परिषद् कतारका अध्यक्ष बलराम ठाकुरले २ वटा ओपन टिकट नेपाली दुतावासलाई हस्तान्तरण गरेका छन् ।
राजदुत डा। सुर्यनाथ मिश्रलाई गत ३१ डिसेम्बरमा उनकै कार्यकक्षमा भेटी अध्यक्ष ठाकुरले सो टिकट हस्तान्तरण गरेका हुन् । टिकट ग्रहण गर्दै राजदुत डा। मिश्रले ठाकुरको समाजसेवी भावनाको प्रसंसा गरे भने ठाकुरले कुनैपनि समयमा कुनैपनि नेपालीलाई सहयोग गर्नका लागि आफुसक्दो प्रयास गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन् । यसैविच परिषद्का अध्यक्ष ठाकुरले आफ्नो संस्था ुनेपाल मिथिला कला परिषद् कतारु नेपाली दुतावासमा विधिवतरुपमा दर्ता भएको राजधानीलाई बताए । परिषद् दुतावासमा १ सय १३ औं नम्बरमा दर्ता भएको छ ।

स्वास्थ्यवारे जनचेतना जरुरी

दीपक पौडेल÷दोहा- लामो समयदेखि कतारमा कार्यरत एक चिकित्सकले नेपालीजनसमक्ष स्वास्थ्यवारे जनचेतना फैलाउन जरुरी रहेको बताएका छन् । नेपालीका लागिसमेत स्वास्थ्योपचारमा संलग्न रहँदै आएका डा। समिर कलान्दनले राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकसंगको
कुराकानीका क्रममा सो आवश्यकता औंल्याएका हुन् ।


ुस्वास्थ्यवारे सहि ज्ञान दिलाउने हो भने धेरै नेपालीजनका स्वास्थ्य समस्याहरु समाधान हुनसक्छन्ु डा। समिरले भने- ुकतिपय समस्याहरु सहि ज्ञानको अभावका कारण आएका छन् ।ु नेपालीमाझ निकै लोकपि्रय रहेका डा। समिरको दोहाको नेशनलस्थित क्लिनिकमा दिनहुँ ठुलो संख्यामा आउने विरामीहरुको परिक्षणबाट प्राप्त अनुभवका आधारमा उनले सो निष्कर्ष निकालेका हुन् । ुस्वास्थ्यसम्बन्धि उचित ज्ञानको अभावका कारण डराउने बानी धेरैमा देखेको छु उनले भने- ुस्वास्थ्यकावारेमा डर पाल्नु भन्दा पनि स्वास्थ्यका लागि फाइदाजनक तरिकाले जीवनयापन गर्नु उचित हो ।ु कसैको अकाल मृत्यु हुँदा त्रसित हुने तर उसमा रहेको स्वास्थ्यसम्बन्धि समस्याकावारेमा ध्यान दिएर आफु सतर्क हुनेतर्फ ध्यान नदिने गरेको उनको अनुभव छ ।

धेरै नेपालीको स्वास्थ्य समस्या एलर्जी रहेको उनले बताए । ुनेपालमा स्वच्छ शितल हावा छ । त्यहाँबाट एक्कासी तातो हावा र वालुवाको धुलोमा काम गर्दा समायोजन हुन केहि कठिनाई हुने भएकोले एलर्जीको समस्या आउने हुन्छु डा। समिरले भने । एलर्जीका विरामीहरुलाई छालाको रोगका साथै श्वासप्रश्वास दम वा मुटुसम्बन्धि समस्याले छिटो सताउनसक्ने तर्फ पनि उनले सचेत गराएका छन् ।

एलर्जीका कारण अक्सर छालाको समस्या देखिने उल्लेख गर्दै उनले भने- तर यत्तिमा मात्रै एलर्जी सिमित मान्न मिल्दैन । इटाढुंगा माटो वालुवामा काम गर्दा दिनको ३ पटक नुहाउनु जरुरी रहेकोमा प्रायःले ननुहाउने र कतिपयका लागि त त्यो सुविधा पनि नभएकोले स्वास्थ्य समस्या आउने गरेको उनले बताए । यहाँ छाला सुख्खा हुने हुनाले छालाको एलर्जी हटाउनका लागि ुमोइस्चराइजिङ सोपु वा कि्रम लगाउन उनले सुझाव दिएका छन् । ९० प्रतिशत नेपालीले डिटोलले नुहाउने गरेको उल्लेख गर्दै उनले भने- ुडटोलमा मोइस्चराइजर हुँदैन त्यसकारण यसले छालालाई थप सुख्खा बनाउँछ र एलर्जी झन् बढ्न सक्छ ।ु

एलर्जीलाई शरिर चिलाउने समस्याकारुपमा मात्रै नसोच्न आग्रह गर्दै उनले बताए अनुसार एलर्जीका कारण चक्कर आउने पनि हुन्छ । ुयो निकै दुर्लभ एलर्जी होु उनले भने- ुहुनसक्छ कतिपयलाई एलर्जीका कारण चक्कर आएको होला । त्यस्तो बेलामा एलर्जी पहिचान नभएर उपचार अलग समस्याको भएको पनि भेटिएको छ ।ु एलर्जीका कारण अण्डकोषमा पनि समस्या आउने उनले बताए । ुएलर्जी र एन्फ्ल्यामेशनका कारण क्रोनिक रिकरेन्ट टेस्टिकुलर पेन पनि हुन्छु दम र एलर्जीका विज्ञ डा। समिरले बताए- ुयसले अण्डकोषसम्बन्धी समस्या ल्याउँछ ।ु एलर्जीले घाँटीको ठिक तल छातीको विचमा दुख्ने समस्या पनि हुने उनले बताए । ुस्वास्थ्य समस्या देखिएपछि अन्य परिक्षणहरुमा ज्यादा खर्च गर्ने पाइएको छ तर यो ज्ञान छैन कि एलर्जीका कारण पनि छातीको विचमा दुख्ने समस्या आउँछु उनले भने- ुएलर्जीले चक्कर उल्टी डकार आइरहने पनि हुन्छ ।ु खानासम्बन्धी एलर्जी पनि एक समस्या रहेको उनले बताए । उनीकहाँ आउने ८० प्रतिशत विरामी एलर्जीका भएको उनको आँकडा छ ।

एलर्जीका साथै मधुमेह डाइवेटिज वा चिनिरोगवारे पनि सचेत रहन उनले आग्रह गरेका छन् । पानीको सट्टामा बजारमा पाइने अन्य पेय पदार्थहरु पिउने बानी धेरै समयसम्म निरन्तर राख्दा मधुमेहले सताउने गरेको उनले पाएका छन् । ुजना काम गरेर थाकेको समयमा पानीको सट्टा बजारका अन्य पेय पदार्थहरु वा ग्लुकोज पिउने गर्छन्ु उनले भने- ुउनीहरुले तत्कालिक राहत पाएपनि यो सहि कुरा होइन ।ु नेपालमा जीवनजल भनेर चिनिने ुओरल रिहाइड्रेटिक सल्टु पानीमा मिसाएर पिउनु स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुने परामर्ष उनले दिएका छन् ।

कतारकै एमइएस स्कुलको पहिलो ब्याचका विद्यार्थी डा। समिरसंग १० बर्षको अनुभव छ । हाल दोहामा आफ्नै क्लिनिक चलाउँर्दै आएका भारतीय नागरिक डा। समिर नेपालीलाई माया गर्ने र मन पराउने ब्यक्तिकारुपमा आफ्नो परिचय दिन्छन् ।
प्रवासी नेपाली सम्पर्क माचको राष्ट्रिय भेला

दोहा- ुनयाँ नेपाल निर्माणका लागि प्रवासी नेपालीको मुल अभियानमा हाम्रो प्रतिवद्धता तोकिएको समयमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान आजको आवश्यकताु भन्ने मुल नाराका साथ गत शुक्रवार प्रवासी नेपाली सम्र्पक माच कतारको राष्ट्रिय भेला सम्पन्न भएको छ । माचको यो तेस्रो कार्यकालको प्रथम राष्ट्रिय भेला हो ।

भेलाले सात वँुदे प्रस्ताव पारित गरेको छ । भेलाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पु्र् याई संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको पुनसंरचना तथा समयमा नै नयाँ संविधान लेखन कार्य पुरा गर्न माग गरेको छ । भेलाले एमाले सल्यान जिल्ला कमिटीको अधिवेशनमा माओवादी कार्यकर्तावाट साँघातिक हमला भएकोमा माओवादीले मुलुकमा विभिन्न गणराज्य घोषणा गर्दै आएकोमा र युवा पत्रकार टिका विष्ट लगायत अन्य पत्रकारमाथि गरिएको आक्रमणको भत्सर्ना गरेको छ । का।वा। अध्यक्ष छविलाल वि।s।द्वारा प्रस्तुत माचको भावी कार्यक्रमलाई भेलाले संसोधन सहित पारित गरेको छ भने माओवादीलाई आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु अविलम्ब फिर्ता गरी वार्ताद्वारा राष्ट्रिय सहमति निर्माण गर्दै नयाँ संविधान लेखन कार्यमा तदारुकताका साथ लाग्न सुझाव दिएको छ । भेलाले विगतमा भएका कमिकमजोरी तथा आपसी वैमनस्यतालाई त्यागी आगामि दिनमा एमालेलाई एकतावद्व भएर अगाढि वढ्न आग्रह गरेको छ ।

माचका का।वा। अध्यक्ष छविलाल वि।s।sाे सभापतित्वमा सम्पन्न सो भेलामा प्रमुख अतिथि संगठन सचिव दिलकिरण खजुम विशेष अतिथिहरु संस्थापक अध्यक्ष कमलमणी गुरागाइर्ँ निवर्तमान अध्यक्ष नरेश श्रेष्ठ र अतिथिहरुमा सल्लाहकार समितिका संयोजक प्रज्ञान उदास राष्ट्रिय जनसाँस्कृतिक माच शाखा कतारका अध्यक्ष नवराज श्रेष्ठ सल्लाहकार चानक पोखरेल सल्लाहकार बिष्णु बिष्ट सल्लाहकार अमृत गुरुङ्ग निवर्तमान महासचिव पूर्ण के।सी। उद्योग व्यवसायी टि।वि कार्की गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका प्रथम उपाध्यक्ष डा। अजिजुर रहमान शेख महासचिव विल गुरुङ्ग र सदस्य उमेश अधिकारी लगायतको उपस्थिती थियो ।

माचका सचिव रामहरी गैरेले संचालन गर्नुभएको सो कार्यक्रममा धुव्रराज अधिकारीले स्वागत मन्तव्य राखे भने महासचिव दिनेश कुमार लुइर्ँटेलले गत वर्षको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष हरि कुमार वस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । का।वा। अध्यक्ष बि।s।ले माचको आगामी एक वर्षे भावी कार्यक्रम प्रस्तुत गरेको सो भेलाले जुनसुकै विचार वोकेपनि प्रवासमा रहेका नेपाली श्रमजिवीहरुले मुलुकको निम्ति ऐक्यवद्वता जनाउनुपर्नेमा जोड दिँदै अपिल समेत गरेको छ । माचको भेलालाई सम्वोधन गर्दै वक्ताहरुले माचको कार्य प्रगतिको प्रसंसा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी खजुमद्धारा गत अपि्रल २४ २००९ मा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको तेश्रो महाधिवेशनवाट सदस्यमा विजयी भएका प्रज्ञान उदास प्रथम उपाध्यक्ष अजिजुर रहमान शेख कोषाध्यक्ष पूर्णवहादुर के।सी। महासचिव विलवहादुर गुरुङ्ग सदस्य लालवहादुर वेघा उमेश अधिकारी पदम वहादुर वि।s। चुडामणि कार्की लोकेन्द्र कुमार तुम्रोक र गुरुनारायण रानाभाटलाई कार्यकाल सफलताको कामना गर्दै वधाई तथा धन्यवाद ज्ञापनपत्र प्रदान गरिएको थियो ।




वक्रामा हिमालयन रेस्टुरेन्ट

दोहा- कतारमा होटल तथा रेस्टुरेन्ट ब्यवसायमा सफलता हासिल गरेका कमल थापाले गत साताबाट कतारको अर्को शहर वक्रामा पनि नेपाली रेष्टुराँ शुरु गरेका छन् । थापाको ुहिमालयन रेष्टुरेन्टुको यो चौथो शाखा हो । उनले यसअघि दोहाको नेशनल दुखान र अलखोरमा रेस्टुरेन्ट संचालन गर्दै आएका छन् ।

वक्रामा रेष्टुरेन्ट उद्घाटनका लागि थापाले गत साता बुधवार नेपाली सुमदायका प्रतिनिधिहरुलाई रात्रीभोजको आयोजना गरेका थिए । ुदोहा दुखान र अलखोरको सफलता पछि अव सुन्दर शहर वक्रामा पनि सेवा शुरु गरेको छु थापाले भने- ुकतारमा नेपाली स्वादका लागि सेवा विस्तार गर्न पाउँदा गर्वको महसुस गरेको छु ।ु स्याङजाका युवा ब्यवसायी थापाको सफलताका लागि समुदायका प्रतिनिधिहरुले शुभेच्छा ब्यक्त गरेका छन् । थापाले ुकतारका हरेक कुनामा नेपाली खाना उपलब्ध हुने गरीु भविश्यमा हिमालयन रेष्टुरेन्टको विस्तार गर्दै जाने बताएका छन् । रेष्टुरेन्टको होडिङ बोर्डमा हिमालय पर्वत श्रृंखला चित्रांकित भएकोले विदेशी नागरिकहरुले पनि सजिलैसंग नेपाली रेष्टुरेन्टकारुपमा चिन्नसक्ने चर्चा गर्दै थापाले ुविदेशीहरुमाझ पनि नेपाली आतिथ्यताका लागि हरसम्भव प्रयास रहनेु बताए ।


दोहामा नेपाली सुपरस्टार नाइट

नयाँ बर्ष सांगितिक लयमा

दीपक पौडेल÷दोहा- कतारवासी नेपालीहरुको अंग्रेजी नयाँ बर्ष २०१० सांगितिक लयमा रमाएर शुरुवात भएको छ । १ जनवरीमा दोहा सिनेमा हलमा आयोजित नेपाली सुपरस्टार नाइटमा कलाकारहरुका प्रस्तुतीकाविच कतारवासी नेपालीले नयाँ बर्ष मनाउने अवसर पाए ।

नेपाली सुपरस्टार नाइटका लागि कतार आएका ९ जना कलाकारले गत शुक्रवार दोहा सिनेमा हलमा लगातार २ शो आ-आफ्ना प्रस्तुतीमार्फत कतारवासीलाई मनोराजन दिए । कलाकारका सांस्कृतिक तथा मनोराजनात्मक प्रस्तुतीमा दर्शकले पनि संगै गाए संगै नाचे पनि संगै आनन्द बटुले । कलाकारले पनि नयाँ बर्ष खाडीको कतारका ३ लाख नेपालीविच मनाउन पाएकोमा हर्ष ब्यक्त गर्दै कलासंगितका पारखीहरुमाझ शुभकामना साटासाट गरे ।

सुपरस्टार नाइटमा कतारवासी नेपाली दर्शकलाई मनोराजन दिलाउन चर्चित आधुनिक तथा पप गायक शिव परियार र अाजु पन्त दोहा आएका थिए । शिव परियारले ुफेवातालमा साँइली डुंगा सररर…ु बोलको गितमा निकै नचाए । गितसंगितमा पछिललो समयमा निकै उपलब्धि हासिल गर्दै स्थापित भएका परियारले ुधेरै चोटि मरें म त…।ु र ुअलि कति नजर तिम्रो झुकाए आउ…ु बोलको गितमा निकै आनन्द दिए भने आमाको सम्झनामा उनले गाएको मर्मस्पर्षी गितले धेरै दर्शकलाई भावुक बनायो । बौद्विक ब्यक्तित्वका धनी परियारले गित संगितलाई प्रवासबाट प्राप्त अपार स्नेहका लागि शिर झुकाएर अभिनन्दन गरे ।

पछिल्लो समयमा निकै चर्चित रहेकी गायीका अाजु पन्तको ुसगरमाथाको शिर बुद्वको शान…ु बोलको स्वदेश गानले कार्यक्रमको खाता खोलिन् । पन्तको गायनमा ुन विसे्रं तिमीलाई…न पाएँ तिमीलाई…ु बोलको गितले सांगितिक रौनक बढायो भने उनले अर्को हिट गित ुतिमीले पराई ठानेपछि…ुबाट पनि धेरै स्यावासी बटुलिन् । कहाँ भेटिएला…बोलको उनको गितमा कतारवासी दर्शक निकै रमाए । प्रसिद्व लोकगायक राजु परियार प्राविधिक कारणवस दोहा आउन नसकेपछि उनको रिक्तता महसुस भएपनि गायीका निशा सुनुवारले गितसंगितका विभिन्न विधाहरुबाट भरपुर मनोराजन दिइन् ।

सांस्कृतिक कार्यक्रमका लागि पाँचौंपटक दोहा आएकी नायिका रेजिना उप्रेतीले आधा दर्जन फिल्मी तथा पप गितहरुमा कुशल नृत्य गरिन् भने नृत्य कलाकारहरु शंकर विसी र सम्झना बुढाथोकीले पनि मज्जाले दर्शकलाई मनोराजन दिलाए । लोकगित पप गित आधुनिक गित हास्यब्यंग्यका साथै विभिन्न विधाका नृत्यहरुलाई दर्शकले खुवै रुचाएको देखियो । मोडल तथा कोरियोग्राफर हेमा श्रेष्ठका प्रस्तुती आकर्षक थिए । उनले पप तथा आधुनिक एवं फिल्मी रिमिक्सहरुमा जमेर नृत्य गरिन् ।

फरक फरक प्रतिभा भएका नेपालका ख्यातिप्राप्त कलाकारहरुको ९ सदस्यीय टोलीमा गायिका तथा उद्घोषिका सुनिता दुलालले कुशल प्रस्तुती दिइन् भने हास्य कलाकार कमल गाउँलेले निकै हँसाए । उनको हास्यब्यंयले बेलाबेलामा लाजै मर्नु बनायो भने धेरै हदसम्म दर्शकलाई हँसायो ।

कार्यक्रमको सफलताप्रति कलाकर्मीका साथै आयोजक तेजेन्द्र महत पनि निकै उत्साहित भएका छन् । ुयसपटक पनि सफलता पाएँ अव छिट्टै अर्को कार्यक्रमको तयारी गर्नेछौंुराजधानी अन्तर्राष्ट्रिय साप्ताहिक संगको कुराकानी आयोजक महतले भने । सुपरस्टार नाइट अन्तर्गत नयाँ बर्षको पहिलो दिन १ जनवरीमा दिउसो १ः३० बजे पहिलो शो र साँझ ५ बजेबाट दोश्रो शो सम्पन्न भएको थियो । सुपरस्टार नाइट यसअघि ईद उल अध्हाको अवसरमा आयोजना हुने तय भएर पनि अन्तिम समयमा प्राविधिक कारणले रोकिएको थियो । महतले कतारमा नेपाली सांस्कृतिक तथा मनोराजनात्मक कार्यक्रम आयोजना गरेको यो सातौंपटक हो । विगतमा दर्शकहरुबाट प्राप्त भएको साथसमर्थनबाट निकै उत्साहित भएर केहि बर्षको अन्तरालपछि यो आयोजनामा अग्रसर भएका महतले अव भने निरन्तरताको प्रतिबद्वता ब्यक्त गरेका छन् । उनले ७ पटकमा दर्जनौं कलाकारहरुलाई कतार निम्त्याइसकेका छन् । उनी नेपाली व्यवसायी संघ कतारका महासचिव पनि हुन् ।

आयोजक महतले नयाँ बर्षको शुभकामना साट्दै सो कार्यक्रममा गैर आवासीय नेपाली संघका नयाँ पदाधिकारीहरुलाई स्टेजमै बोलाएर सम्मान गरे । नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा आयोजित सो सांगितिक साँझमा कतारस्थित नेपाली समुदायका प्रतिनिधिहरुको ब्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा पौरखी ग्रुप इन्टरनेशनल र स्याङजा सहयोग समाज लगायतका संघसंस्थाको विशेष सहयोग रहेको थियो । दोहावासी नेपालीको मन जितेकोमा खुसी ब्यक्त गर्दै कलाकारहरुको टोली मुलुक फर्किसकेको छ ।

पुर्वसन्ध्यामा पौरखी शुभकामना साँझ
नव बर्ष २०१० को पुर्वसन्ध्यामा गत विहिवारको साँझ खुसीयाली तथा शुभकामना आदानप्रदान गर्न पौरखी ग्रुप इन्टरनेशनलले कलाकारहरुका साथ रात्रीभोजसहितको ुस्पेशल शोुको आयोजना गर् यो । सो अवसरमा कलाकर्मीहरु केहि प्रस्तुतीका साथै कतारवासीमाझ उपस्थित हुँदाका आफ्ना अनुभव सुनाए । आफ्नो पहिलो विदेश भ्रमण भएकोमा गायक शिव परियारले कतारको भ्रमण अविस्मरणिय रहने बताए । कलाकारहरुका स्टेज प्रस्तुतीमा मौलिक गित-संगित नृत्य हास्यब्यंग्य लगायतका विधा समाविष्ट थिए ।

नागरिक सर्वोच्चतावारे वृहत गोष्ठी सम्पन्न

प्रेम लामा÷दोहा-

जव दुई छाक पिठो खाने अन्न पाईदैन

गर्व साथ नेपाली हुँ भन्न पाईदैन

तव उठछ नागरिक सर्वोच्चताका कुरा

जहिलेसम्म सार्वभौम बन्न पाईँदैन ॥
उल्लेखित नागरिक सर्वोच्चताको लागि लेखिएको कविताका हरफहरु व्ाचन गर्ने प्रगतिशिल साहित्यकार कवि ईश्वर दाहालले शुरु गरेको ूनागरिक सर्वोच्च्ताका लागि सम्पूर्ण प्रगतिशिल साहित्यकारहरु एक हौऔू भन्ने नाराका साथा नागरिक सर्वोच्चताका लागि बृहद साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार दोहास्थित ढाका रेष्टुरेन्टमा सम्पन्न भएको सो कार्यक्रममा दोहामा कार्यरत विभिन्न प्रगतिशिल साहित्यकारहरु विभिन्न समाजसेवीहरु तथा साहित्यनुरागीहरुको विशेष उपस्थिती थियो ।

सो कार्यक्रममा एनआरएनए का उपाध्यक्ष सागर नेपाल प्रगतिशिल साहित्यकार बदि्र प्रसाद पराजुली अथितीहरुमा अनेसासका अध्यक्ष दीपक भेटवाल मुग्लानी सौगतका विरेन्द्र कुमार याक्थुम्वा आर्दश साहित्य समाजका अर्जुन बस्याल जनजाति महासंघका महासचिव विनेश तामाङ्ग कतार नेपाली एकता समाजक उपाध्यक्ष राजेन्द्र श्रेष्ठ दलित एकता समाजक सचिव लक्ष्मण गजमेर प्रगतिशिल साहित्यकार गिरी श्रीष मगर जनप्रगतिशिल माचका दिल उपाध्यक्ष कुमार लिम्बु लगायतको उपस्थिती थियो ।

सो कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौन धारण गर्नुको साथै साहित्यकार वद्री प्रसाद पराजुलीको अगुवाईमा राष्ट्रिय गाना पनि गाएको थियो । प्रमुख अथिती सागर नेपाल सभापति महेन्द्र अदृश्य राई विशेष अतिथी वद्री प्रसाद पराजुलीका साथै उपस्थिती अथितीहरुले ब्यानार उदघाटन गर्दे दीप प्रज्वालन गरेका थिए ।

प्रगतिशिल लेखक तथा साहित्यकार गिरी श्रीष मगरले साहित्यकार पराजुलीको साहित्य जीवनवारे प्रष्टपारेका थिए । सोही अवसरमा लामो समय देखि साहित्य क्षेत्रमा लागेका प्रगशिलि साहित्यकार वद्री प्रसाद पराजुलीलाई प्रगतिशिल साहित्यकार समूहका संयोजक तथा कार्यक्रममका सभापति महेन्द्र अदृश्य राई तथा एनआरएनएका उपाध्यक्ष सागर नेपाल र आर्दश साहित्य समाजका अर्जुन बस्याल र दुर्गा भुषालले संयूक्त रुपमा दोसल्ला ओढाई प्रमाण पत्र सहित सम्मान गरेका थिए । सो कार्यक्रममा गिरी श्रीष मगरले समकालिन राजनिती र नागरिक सर्वोच्चताको वारेमा र प्रगतिशिल साहित्यकारहरु नागरिक सर्वोच्चताको वारेमा विस्तृत जानकारी दिएका थिए ।

नागरिक सर्वोच्चताको लागि साहित्यिक आन्दोलन कार्यक्रम भएकोले विच विचमा मन्तब्यको कार्यक्रम राख्दै साहित्यिक वाचन गरेका थिए । जसरी भएपनि देशमा नागरिक सर्वोच्चता कायम हुनुपर्ने धारण राख्दै प्रगतिशिल कविताहरु व्ाचन गर्ने क्रममा साहित्यकार दुर्गा भुषाल सुकमार श्रेष्ठ एकराज घिमिरे लक्ष्मण संकल्प अकाश पराजुली शालिक राम गैरे प्रविण राई यूग योगी राई वद्री प्रसाद पराजुली श्याम रानाभाट ईश्वर दाहाल ूकविजीूरहेका थिए भने गजल वाचन गजलकार विक्रम चेतनशिल राईले गरेका थिए ।

नेपाली जनतामा राजनितीक चेतनाका कमिको कारण नागरिक सर्वोच्चातका लागि आफना कदम अर अगाडी बढाउन नसकेको र देशमा अव नागरिकहरु सवै भन्दा ठूला र नागरिकहरुको शासन हुनुपर्छ भन्दै आफनो तर्फवाट मन्तब्य राख्ने क्रममा अनेसासका अध्याक्ष दीपक भेटवालकतार नेपाली एकता समाजक उपाध्यक्ष राजेन्द्र श्रेष्ठ जनप्रगशिलि माचका वरिष्ठ उपाध्यक्ष दिल कुमार लिम्बु रहेका थिए ।

त्यसैगरी मन्तब्य दिने क्रममा प्रमुख अतिथी सागर नेपालले यो नागरिक सर्वोच्चता माओवादीको मात्रा नारा नभएर सम्पूर्ण नेपालीहरुको हो नारा हो र यसको वारेमा सम्पूर्ण नेपालीहरु राम्रो सँग बुझनु पर्ने धारणा ब्यक्त गरे । देशका बौद्धिक वर्गहरु बुद्धिजिवीहरु पत्रकारहरु समाजसेवीहरु राजनितीक पार्टीका ब्यक्तिहरु जो नेपाल र नेपाली जनताको उन्नती प्रगति चाहान्छ उनीहरुले नागरिका सर्वोच्चात कायम गर्नको लागि सवै मिलेर अगाडी बढनु पर्ने बताए ।

गणतन्त्रिक मुलुकमा जनमतलाई दवाईन्छ ।

भरौटेलाई उचालेर शासन गर्न लगाईन्छ

तव उठछ नागरिक सर्वोच्चातको कुरा

जब कानून मिचेर हुकुी राज चलाईन्छ ।

सो कार्यक्रमका संचालन प्रगतिशिल साहित्यकार कवि ईश्वर दाहाले गरेका थिए भने उपस्थित साहित्यकार तथा अतिथीहरुलाई धन्यवाद िदंदै कार्यक्रमका सभापति तथा सो कार्यक्रममका संयोजक प्रगतिशिल साहित्यकार महेन्द्र अदृश्य राई प्रगतिशिल साहित्यकारहरुको वारेमा जानकारी िदंदै कार्यक्रममको समापन गरेका थिए ।


कोइरालाको सिफारिसको स्वागत

दोहा- नेपाल सरकारले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाई नोवेल शान्ति पुरस्कारका लागी सिफारिस गरेकोमा सरकारको सो कदम को नेपाली जनसम्पर्क समिती कतारले स्वागत गरेको छ । गत ४ जनवरीमा बसेको नेपाली जनसम्पर्क समिती कतारको सचिवालय समितीको वैठकले सो स्वागत गरेको समितिका महामन्त्री विमल सुवेदीले जनाएका छन् ।

नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद सत्यनारायण जोसिको निधन प्रति समवेदना पनि समितिले ब्यक्त गरेको छ । वैठकले समसामयिक विसमयमा बृहत छलफल गरि विभिन्न निर्णयहरु गरेको सुवेदीले बताए । समतिको आगामी २२ जनवरीमा अलखोर गार्डेनमा हुने वृहद बनभोज तथा रक्त दानकार्यक्रमको सम्बन्धमा तयारीवारे बैठकमा छलफल गरेको उनले बताए । पुस २० का दिन नेपाली काँग्रेस सिन्धुली जिल्लाका उपसभापति लाई वाइसियलका सिन्धुली इन्चार्जले गरेको हातपाईको घोर विरोध गर्दै दोसिमाथि कारवाहिको माग समितिले गरेको छ

पूजा लामा दुबईमा

नेपालको चर्चित गायिका, नायिका तथा मोडेल पूजा लामा ३ महिनाको सम्झौतामा सिंगरको रुपमा दुबई स्थित अरवियन कोर्टयार्ड नजिकै धमाल संगीतालयमा आएकी छन्। सेक्स भिडियो आएकै कारण गत कार्तिकमा उनले लगन गाठो कसेकी थिईन् । पुस महिनाको साप्ताहिक पत्रीकामा अन्तर्वाता दिदै कतार जाने बताएपनी हाल दुबई आएकी हुन्।सम्भवत:१५ जनवरी २०१० मा दुबई को अस्टोरिया होटेलमा हुने तामाङ समाजको ल्होछार कार्यक्रममा समयानुकुल भएमा उपस्थित भै कार्यक्रमको शोभा बढाउनेछिन उक्त कार्यक्रम सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ। DHAMAAL ENTERTAINMENT & LIVE SHOW RESTAURENT मा साझ २१:३० देखि बिहान ३:०० बजे सम्म उनको लाईभ सो हेर्न सकिन्छ। हाल हिन्दी गीत गाउनका लागि प्रशिक्षण गर्दै गरेपनि यस सोमा प्राय ईन्डियनहरु आउछन् भने फाट्टफुट्ट रुपमा नेपालीहरु पनि आउने गरेको त्यही कार्यरत नेपाली गायक किरण भट्टराई बताउछन्।मासिक एक लाख भन्दा बढी पारीश्रमिक रहेको लामालाई बिशेष सुबिधा दिएको छ।नेपाली कलाकारहरु बिदेश पलाएन हुनु भनेको राष्ट्रको गहना घट्नु हो तर रेमिटेन्स भित्रीनु हो। जेहोस प्रवाशी युएईवासी नेपालीले उनलाई प्रत्यक्ष देख्न पाउने भएका छन।

Friday, January 8, 2010

पोर्चुगल नेपाल मैत्री संघद्वारा दृष्टिबिहिनहरुलाई सहयोग प्रदान

पोर्चुगल नेपाल मैत्री संघले आफ्नो च्यारिटि अभियान अन्तर्गत नेपालमा रहेका दृष्टिबिहिनहरुको निमित्त ५०,००० रुपैंया आर्थिक सहयोग स्वरूप प्रदान गरेको छ। नेपालमा रहेका दृष्टिबिहिनहरुको छाता संगठन नेपाल नेत्रहिन संघ (NBA) मार्फत दृष्टिबिहिनहरुको निमित्त ब्रेल लिपिको पाठ्यक्रम तथा पाठ्यपुस्तकको बिकासमा सहयोग पुर्याउन उक्त सहयोग उपलब्ध गराईएको जानकारि पोर्चुगल नेपाल मैत्री संघका सचिब झलक के सी ले दिएका छन् ।
पोर्चुगल नेपाल मैत्री संघको तर्फबाट संघका महासचिब रोजि ब्लान्डीले आफ्नो नेपाल भ्रमणको क्रममा उक्त सहयोग राशी नेपाल नेत्रहिन संघका केन्द्रीय अध्यक्ष नर बहादुर लिम्बु र प्रोजेक्ट म्यानेजर हरि एस. बिष्टलाई संयुक्त रुपमा हस्तान्तरण गरेकी हुन । उक्त अबसरमा महासचिब ब्लान्डीले नेपाल नेत्रहिन संघद्वारा संचालित ब्रेल छापाखानाको भ्रमण गरि ब्रेल पुस्तक छपाई प्रबिधि र ब्रेल पुस्तकको प्रूफ रिडिङ प्रकृयाको समेत अबलोकन गरेकी थिइन । सोहि अबसरमा नेपाल नेत्रहिन संघका प्रोजेक्ट म्यानेजर हरि एस. बिष्टले सहयोगको निमित्त पोर्चुगल नेपाल मैत्री संघलाई ध्न्यबाद ज्ञापन गर्दै सहयोग रकम उपयोगको प्रतिबेदन मैत्री संघमा पठाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालले पङ्तीकारसँगको कुराकानीमा मैत्री संघले नेपालमा मानवीय सहयोग पुर्‍याउन आर्थीक सहयोग जुटाउने तथा पोर्चुगीशहरुलाइ नेपाली कला र संस्कृतिको परिचय गराउने उद्धेश्यका साथ २००९ जुलाईमा ‘लेर डेभागर’ पुस्तकालयको सभाकक्ष आलकान्त्रा, लिस्बनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम सहितको च्यारिटी रात्रीभोज कार्यक्रममा संकलित रकमबाट सो सहयोग गरिएको र भबिष्यमा समेत यस्तै प्रकारका च्यारिटी सहयोगहरुको क्रमलाई निरन्तरता दिइने प्रतिबद्धता ब्यक्त गरेका छन ।

मल्म प्रवासी युवा सेवा समाज, दोहा-कतारको योगदान

देश छाडेर प्रदेशिएका बागलुङ जिल्ला मल्म गा. बि. स. का स्थानिय युवाहरुले रोजगारिको क्रममा कतार आई २००६ मा "मल्म प्रबासी युवा सेवा समाज, दोहा-कतार" नामक एक सामाजिक सस्थाको स्थापना गरेकाछन । परिवारलाई सुखका साथ राख्ने,मिठो सपना बोकेर मुगलान तिर पलायन भएका मल्म गा. बि. स. का युवाहरु, परिवारमा मात्र निहित रहेनन् । उनिहरुले कडा परिश्रमको बाबजुत पाउने पारीश्रामिक मध्ये केही रकम छुट्याएर मल्म गा. बि. स. का बिभिन्न शैक्षिक सस्था, खेलकुद तथा असाहय पीडितलाई समेत आर्थिक सहयोग गर्दै आईरहेकाछन । उक्त सामाजिक सस्था "मल्म प्रबासी युवा सेवा समाज, दोह-कतार"मा रहेर महत्वपूर्ण भूमिका निर्बाह गर्नु हुने समितिहरु :-
अध्यक्ष :- श्री थम्मन बस्नेत
उपाध्यक्ष :- श्री पदम बहादुर थापा
सचिब :- श्री राजेन्द्र थापा
सह- सचिब :- कृष्ण बहादुर थापा
कोसाध्यक्ष :- दुर्गा बहादुर बि. क.
सद्स्यहरु :- बम बहादुर थापा, टक बहादुर थापा, खिम बहादुर बि.क., भिम बहादुर खड्का, प्रकाश बस्नेत, मिठु खड्का र हर्क बहादुर साहानी साथै यस सस्थालाई कसरी र कुन रुपले यसको क्रमिक बिकास गराउने भन्ने तर्फ बिशेष सल्लाहकारमा रहनु हुने बिष्णु भण्डारी र छबिलाल खत्रीको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको सस्थाका सचिब राजेन्द्र थापाले बताउनु भयो ।
यस "मल्म प्रबासी युवा सेवा समाज,दोहा-कतार"ले, बागलुङ जिल्लामा स्थापित "घुम्टे युवा परिवार मल्म" बागलुङ्गेको यही फागु पुर्णिमाको अबसरमा २०६६/ ११ / १३ गते देखी १६ गते सम्म आयोजना हुन लागेको २५ औ रजत जयन्तिको कार्यक्रमहरु मध्ये," खुल्ला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप नगद रु. १५,०००/- यस "मल्म प्रबासी युवा सेवा समाज,दोहा-कतार"का उपाध्यक्ष श्री पदम बहादुर थापा र कोसाध्यक्ष श्री दुर्गा बहादुर बि. क. को हातबाट बिजेता टिमलाई पुरस्कार प्रदान गर्न कतारबाट नेपाल जादै हुनु हुन्छ ।

यस अघी पनि धवलागिरी अञ्चल, बागलुङ जिल्ला, मल्म गा. बि. स. अन्तर्गत श्री जनहित माध्यमिक बिधालय मल्म गल्कोट, बगलुङका लागि, यस " मल्म प्रबासी युवा सेवा समाज, दोहा-कतार"ले सहयोग स्वरुप नगद रु. १५,००० हस्तान्तरण गरेको कुरा समाजका सचिब राजेन्द्र थापाले अबगत गराउनु भएको थियो ।

कोरियाका परराष्ट्र सचिव लि नेपाल जाने

कोरियाली परराष्ट मुख्य सचिव लियो¨जुन यहि आउदो जनवरी १३ तारिख नेपालको भ्रमणमा जाने भएको कोरियाली समाचारपत्र हानगुगचेग्य सिनमुनले जनाएको छ । समाचारपत्रका अनुसार मुख्य सचिव लि यहि जनवरी ९ तारिख देखि १५ तारिख सम्म जोर्डनयुनाईटेड अरब एमिरेट र नेपालको भम्रणमा जाने भएको छ ।

समाचारपत्रका अनुसार जनवरी १३ देखि १५ तारिख सम्म नेपालको भ्रमणको क्रममा परराष्ट्र मन्त्री सुजता कोईराला लगायत विभिन्न उच्च पदाधिकारीहरुसंग भेटवार्ता गर्ने भएको छ । भेटवार्तामा नेपाल र कोरियाको विकासमा सहयोग श्रमिक सम्झौता तथा सार्क राष्ट्रको अन्र्तराष्ट्रिय स्तरमा कोरिया सरकारलाई सहयोग गर्ने सम्बन्धमा सम्झौता हुने जनाएको छ ।

Thursday, January 7, 2010

युएईको बदजायदमा दुई नेपालीलाई छुरा प्रहार गरी हत्या

युएईको अबुधावीस्थित बदजायदमा एक ईजिप्सीयन नागरिकले दुई नेपालीलाई छुरा प्रहार गरी हत्या गरेकोछ । स्याङ्जा जिल्ला निवासी रेशम कुँवरलाई बदजायदको अदालत परिसरमै लखेटी लखेटी छुरा प्रहार गरी मारिएको थियो भने शिव बस्नेतको उनकै कोठामा हत्या गरिएको थियो । मृतक बस्नेतको नेपालको ठेगना थाह हुन सकेको छैन । सुरेश गुररुङले दिएको जानकारी अनुसार मृतकहरु बदाजायदको एडनोक क्वलमा कार्यरत रहेका थिए । गएको ६/७ महिना अगाडि मृतक कुवँर र ईजिप्सीयन बीच झगडा हुँदा कुँवरको एउटा आखा फुटेको थियो । ईजिप्सीयनले ३० हजार दिर्हाम्स (करीव ६ लाख नेपाली) दिन्छु अदालतमा मुद्धा दायर नगर भन्दा कुँवरले अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले ईजिप्सीयनलाई तीन महिनाको जेल सजयाँ समेत दिई हालै मात्र जेलवाट रिहा भएको थियो । गत मँगलवार अदालतले पुनः दुबै पक्षलाई मिलापत्रको लागि अदालतमा बोलाएको थियो ।
मँगलवार बिहान कम्पनीको आवास गृहमा नेपालीलाई खोज्दै हिँडेका ईजिप्सीयनले कोठामा एक्लै सुतेका बस्नेतको हत्या गरेको थियो । ईजिप्सीयन र नेपालीको झगडामा भने मृतक बस्नेत सँलग्न नरहेको समेत जानकारी प्राप्त भएकोछ । बस्नेतको हत्यापछि अदालतमा पुगेका ईजिप्सीयनले कुँवरलाई भेटी छुरा प्रहार गरेको तर घाईते कुँवर भाग्न सफल भएपनि ईजिप्सीयनले लखेट्दै पुनः छुरा प्रहार गरी हत्या गरेका थिए । युएईस्थित नेपाली महामहिम राजदूत अर्जुनवहादुर थापाका अनुसार घटना बारे दूतावासलाई जानकारी भईसकेको र घटना बिबरण लिन दूतावासका कर्मचारी खटाई सकिएको जानकारी प्राप्त भएको छ

कुवेतमा नेपाली चेली बलात्कृत

कुवेतबासी दाजु भाई मलाई बलात्कार गर्ने देखी बचाउनु होस् !यो चीत्कार हो एउटी बिबस नेपाली चेलीको उनी स्वंम आफनै मालिक बाट बलात्कृत हुन लागेकी छन । उनीलाई धेरै पटक सिकार बनाउन प्रयास गरे पनि वीर नेपालीको रगत बगेकी गोर्खालीकी छोरी भएकोले अहिले सम्म बचेँकी छन तर बाघको सामु बाख्रो कती दिन भाग्ला ?? बेलैमा उद्दार पाइनन भने उनको जिन्दगीमा अन्धकारको ग्रहण लाग्ने छ । सुख समृद्दी र उज्जल भबिश्यको आशामा बैदेशिक रोजगारिकालागी नेपाली महिलाहरु बिदेशिने होड चलेको छ । चाहे उनी शिक्षित हुन वा अशिक्षित बिदेश जाने धन कमाउने उद्देश्यले खाडी मुलुक पुगेका कतिपयले आकांक्षाको उल्टो परिणाम भोग्नु वाध्य हुन्छन । आफनो कुनै गल्ती बिना नै अन्जान सस्ती भोग्न वाध्य हुन्छन । बिदेशी भूमिको जेलजिबन ब्यतित गर्न पनि बिबस बन्छन । यस्तै सुनौला सपना बोकी १० महिना अघी कुवेत छिरेकी २२ बर्षिय गोर्खा खोपलाङ कि जुना (नाम बदलिएको) १० कक्षा सम्म पढेकी छन । स्कुले बिद्यार्थी छदा सरकारी जागिर खाने सपना देख्थिन । आफनै गाउकी कुवेतमा कार्यरत दिदी ले पठाएको भिषामा ५५ हजार खर्च गरी कुवेत पुगेको लगत्तै एउटा साहुको घरमा घरेलु नोकरानी हुन पुगिन उक्त घरमा १० बर्ष देखी काम गरेकी इन्डोनेशियाकी अर्की नोकरनी पनि रहिछन । सो घरमा ३ जनाको परिवार रहेछ । मालिक र् उनका छोरा बुहारी, सानो परिवार खान बस्नको राम्रो सुबिधा तलब पनि समयमा दिने भएकोले ६ महिना सजिलै बिताइन त्यस पश्चात शुरु भयो नयाँ खेल । घरमा अरु सदस्य नभएको बेलामा ति ६३ बर्षिय बृद मालिकले फकाउन थाले, उनिलाई समात्न थाले , हजुर बुवाको उमेरका ति बुढा मालिकले कहिले किचनमा त कहिले हलमा बोलाएर उनका संवबेदनशील अंगमा हात पुराउन थाले पश्चात उनी बिरोध मात्रै होइन मार पिटमा उत्रिन तर ति मालिक झन आक्रोसित भए, उनी माथि जबरजस्ती बलात्कार गर्ने धेरै प्रयास गरे पनि अहिले सम्म सफल भएका छैनन । उनी थप्छिन मालिक्नी नभएकोले ति इन्डोनिशिया मालिकले चाहेको बेलामा स्वास्नी बन्दिन्छिन । दु:खको कुरा म भन्दा अगाडि पोखराकी नेपाली महिला सँग पनि सोही ब्यबहार हुन्थियो अरे । नेपाली दाजु भाई मलाई यहाँ बाट मुक्त गराउनु होस् । म बर्वाद हुन चाहन्न मलाई बचाउनु होस् !! जुना त्यति कमजोर पनि होइनन, उनी आफुलाई समाल्ने र अरुलाई सम्झाउने क्षमता राख्छिन । मिठा साहित्यिक शब्द प्रयोग गरी बोल्ने जुनाले खाडीको समाजिक अबस्था जानी राख्दा राख्दै पनि परिस्थितीले पिंजडा मा बन्द भएकी नोकरानी बन्न पुगिन । उनी भन्छिन नेपालमा छदै नेपाली महिलाको लागि खाडी शुरक्षित छैन , खाडी मुलुक गएको महिलालाई राम्रो केटाले विवाह गर्दैन, समाजले राम्रो दृष्‍टिले हेर्दैन् भन्ने कुरा नजानेकी पनि होइन तर आफनै गाउका संगिनिहरु बिदेशबाट फर्के पछी अग्रेजी मिसिएको भाषा, गाउ बसाउने सेन्ट, हिडनै नमिल्लाकी जस्ता देखीने हिललागेका सेन्डिल लगाएर ठाटिएर घुम्दा उमेरको साथ पाएकी जुनाको मन पनि चन्चल हुन लाग्यो । उनका मनमा पनि धन कमाउने राम्री बन्ने जिज्ञासाहरु उत्पन हुन थाले र् उनी कुवेत पुगिन । उनी थप्छिन कुवेतमा गाउ कि दिदी हुनुहुन्छ । दु:ख परे सहयोग गर्नु हुन्छ राम्रो काम गर्नु भएको छ होला भन्ने सोचेकि थिए बिडम्बना भनौ उहाँ त फिलिपिनो सँग अनैतीक विवाहा गरी बस्नु भएको रहिछ

कुवेतमा नेपाली युवकको असामयिक निधन


स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका, वार्ड नं. आठ, सतुङ्ग रजस्थल मैदान घर भएका रन बहादुर शाहको छोरा, कुवेतको एरिस्को कम्पनिमा सन् २००४ देखी सेक्युरिटी अफिसरको पोष्टमा कार्यरत ३८ वर्षिय युवक नरेश बिक्रम शाहको गत १५ डिसेम्वर २००९ को दिन अपरान्ह ३ बजे एक असामयिक निधन हुन पुगेको छ ।एजिलिटी कम्पनिमा कार्यरत मृतकको एउटै गाउँमा घर भएका छिमेकी खेम के. सि. ले जानकारी गराउनु भए अनुसार मृतक शाहले १४ डिसेम्वरको दिन आफ्नो रुम पार्टनरसँग आफुलाई अली सन्चो नभएको र श्वास प्रश्वासमा केही कठिनाई भएको जानकारी दिएका थिए । साथै भोलिपल्ट १५ डिसेम्वरको बिहान जाहरा अस्पताल गई केही औषधीहरु लिई ११ बजेतिर कोठामै फर्की आएर नाईट ड्युटिवाला साथीहरुलाई औषधी समेत देखाएका थिए । त्यसपछी नाईट ड्युटीवाला साथीहरुसँगै उनले खाना खाएको र साथीहरुलाई मलाई अक्सिजनको कमी भएजस्तो लागि रहेको छ, मेरो सिटी र आफिसमा पनि जानु पर्ने काम छ भनेर गएको र करिब दिनको ३ बजेतिर बसमा फर्केर आउँदा आफु उत्रनु पर्ने बस स्टपमा नउत्रेर बसमा सँगै बसेका इण्डियनहरुले सुतेको होला भनी उठाउन खोज्दा शाहको शरीर चिसो र दह्रो भईसकेको पाएका थिए र उनै इण्डियनहरुले र बस ड्राइभरले नेपाली क्याममा गएर खबर गरेको र नेपालीहरुले जाहरा पुलिसमा रिपोर्ट गरी शाहलाई जाहरा अस्पताल लगेको तर अस्पतालले मृत घोषित गरी पार्थिव शरीरलाई फरवानियाँ अस्पतालमा रेफर गरेको र हाल मृतकको पार्थिव शरीर फर्वानियाँको मुर्दा कक्षमा राखिएको जानकारी हुन आएको छ । यसैगरी मृतकका छिमेकी खेम के. सि. लाई अन्य कानूनी प्रकृयाहरु के-के भई रहेछन भनी कुवेतनेपालले गरेको प्रश्नमा खेम के. सि. ले आफुले मृतक कार्यरत कम्पनिमा बुझ्दा कम्पनिले आवश्यक कागजात तयार गरी साउदी नेपाली दूतावासलाई पठाइसकेको साथै कम्पनिले मृतकले कुनै इन्सुरेंस नपाउने कुरा पनि खुलस्त बताएको र नेपाली दूतावास साउदीमा फोन गरी बुझ्दा फोन उठाउने कर्मचारीले आफुलाई थाहा नभएको र सबै कुरा बुझेर आज सनीवार (०२ जनवरी) मा जानकारी गराउने भनेको कुरा पनि बताउनु भयो । कुवेतमा नेपाली दूतावास स्थापनाको लागि कुवेतका लागि प्रथम नेपाली राजदूत नियूक्त भई गत ७ डिसेम्वरको साँझ कुवेत आउनु भएका महामहिम राजदूत मधुवन प्रसाद पौडेलले हिजो मात्र राखिएको स्वागत समारोहमा दूतावास संचालन नहुन्जेलसम्म आफुले कुनै पनि काम गर्न नमिल्ने कुरा बताउनु भएको छ । यसैगरी केही दिन पहिल्यै पत्रकार सम्मेलनमा पनि वहाँले जबसम्म साउदी नेपाली दूतावासबाट कुवेत सम्बन्धित सम्पूर्ण कागजात र फाइलहरु नेपाली दूतावास कुवेतलाई हस्तान्तरण गर्दैन तबसम्म यहाँका समस्याहरु आफुले हेर्न नमिल्ने र हल गर्न पनि नसक्ने कुरा बताउनु भएको थियो । त्यसैले हालमा केही समयको लागि भएपनी कुवेतवासी नेपालीहरुले साउदी दूतावासकै बाटो हेरी बस्नु पर्ने स्थिती कायमै छ ।

थसेस कोरियाले नेपाल अपाङग संघ कोरियालाई तीस लाख ओन हस्तान्तरण


थकाली सेवा समिति दक्षिण कोरियाले नेपाली अपाङग संघ दक्षिण कोरियालाई तीस लाख ओन सहयोग स्वरुप हस्तान्तरण गरेको छ । गत छुसकमा कोरियामा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ आयोजना गरेको थासाङ सांस्कृतिक सौगातबाट मुनाफा रकम मध्यको तीस लाख ओन नेपाल अपाङग संघलाई हस्तान्तरण गरिएको हो । गत जनवरी ४ तारिख आईतबारको दिन एन आर एन कोरियाले आयोजना गरेको नेपाल हाउस कल्चर शो को मध्यान्तरमा कोरिया स्थित नेपाली दुतावासका महामहिम श्री कमल प्रसाद कोईराला ज्युको रोहबरमा थसेस अध्यक्ष श्री भक्त सेरचनले नेपाल अपाङग संघका कोषाध्यक्ष बिक्रम गुरुङ र सचिब लिला बिकलाई हस्तान्तरण गर्नु भएको थियो ।
स्मरणिय रहोस, थकाली सेवा समिति दक्षिण कोरियाले बिगतमा बिबिध कार्यक्रमहरुको आयोजना गरि कोशी बाढी पिडितलाई आर्थिक सहयोग प्रदान गरि सकेको छ ।

एक प्रवासी नेपालीको दुःखद दुर्घटनामा गुरुङसा गुम्बा फेरी रोयो


स्याङ्गजा जिल्ला आरु खर्का गा वि स वडा नं १ गलेम गाउँ हाल पोखरा बगाले टोल वडा नं ८ का निवासी श्री प्रेम बहादुर गुरुङ र श्रीमती सन्त कुमारी गुरुङसेनीका कान्छा छोरा लगभग एक वर्षकी काखकी छोरी र खाउँखाउँ लाउँलाउँ भन्ने उमेरकी श्रीमतीलाई समेत छोडेर सुख समृद्धि कमाउँन भनेर सन २००० मा यस द। कोरियामा प्रवेस गरेका स्व। स्याम गुरुङ विभिन्न ठाउँमा काम गर्दै जाने क्रममा उनी बसेका ससान शहरको एक मोटेलको काउन्टरमा अचानक आगलागी हुँदा सो आगलागीमा परी श्याम गुरुङको मृत्यू हुन पुगेको थियो । यस दुःखद दुर्घटनाले कोरियामा रहेका तमू परिवार लगायत नेपाली साथी भाईलाई मात्र दुःखित तुल्याएन गुरुङसा का प्रमुख लामा ुअ सान भान जङ्ग ऊ लाई झन बढि दुःखित र चिन्तित भई त्येस दुर्घटनासंग सम्बन्धित कागजात क्षेतिपुर्ति सम्बन्धि कुराकानी र उनका बाबा आमा श्रीमति र मामाको आउने जाने खाने बस्ने व्यवस्था समेत गरेको जानकारीमा आएको छ । आज २०१० जनवरी २ का दिन मृतक श्यामको यस अन्तिम दाहा संस्कार कार्यक्रममा सम्मिलित हुनको निमित्त नेपालीहरुका लागि सउलको दोङ्गदेमुनबाट याङ्गसान सिटीको तोङ्गदोसा गुम्बाको घाट सम्म जाने आउँने बसको व्यवस्थाको साथै भोजनको व्यवस्था समेत मिलाएको थियो । जस्को व्यवस्थापनको जिम्मा गुरुङसा गुम्बाका सचिव किम सान गिलु ले लिनुभएको थियो । सो दाहसंस्कार कार्यक्रममा नेपालीहरुकी आमा लि कुम हयुन गुरुङसाका प्रमुख लामा ुअ सान भान जङ्ग ऊ लगायत थुपै लामा लगायत भिक्ष् भिक्ष्ाणीगणको उपस्थिति थियो भने नेपाली संघसस्थाबाट तमू धीं का अध्यक्ष रामकाजी गुरुङ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष चङ्ग कुमार गुरुङ नेपाल संम्पर्क समितिका अध्यक्ष डेबिड राई मगर संघका अध्यक्ष झक थापा प्रगतिसिल मोर्चाका अध्यक्ष एल वी प्रधान र स्याङ्गजा परिवारका अध्यक्ष इश्वर गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो । लामाहरुलाई मात्र दाहसंस्कार गरिने फाबिजल-एब्द्यक्ष्व्ग्ल्न् त्यस विशिष्ट घाट फाबिजल-एब्द्यक्ष्व्ग्ल्न् मा मृतक श्यामको शवलाई अन्तिम विदाई भाबपूर्ण श्रदाजलीका साथ गरिएको थियो भने उन्की भर्खरकी श्रीमतीको हृदय विदारक रोदन र आमा बाबाको रोदनले उपस्थित हुनुभएका सबै महिला तथा सज्जन बृन्दको गह रसिएको थियो । अझै बढि दुःखको कुरा त के बित्न गयो भने मृतककी दिदी श्रीमती तारा गुरुङको पनि लगभग १५ वर्ष अगाडि यही कोरियामा मृत्यू हुन गएको थियो र स्व। ताराको पनि दाहसंस्कार कार्यक्रमको सम्पूर्ण व्यवस्था पनि यहि गुरुङ्गसा गुम्बालेनै गरेको थियो । स्व। श्यामको दुर्घटना स्थलदेखि अस्पतालसम्मको सोधपुच्छ र मृतकको परिवार र गुरुङ्गसा बीच संम्पर्क गराउने र सहयोग गर्ने काम तमू धीं द। कोरियाका प्रतिनिधि तथा स्वयंभू रेष्टुरेण्का मालिक बुद्धि गुरुङले गर्नु भएको थियो । तर विडम्बना यस द कोरियाका समस्त नेपालीहरुका निमित्त दुःख-आपतमा साथ दिने भनेर स्थापना भएको दुतावासबाट भने एकजना प्रतिनिधि पनि उपस्थित थिएन ।

विश्वको सबैभन्दा अग्लो धरहरा अब दुबइमा


यूएई - दुबइ संसारकै सबैभन्दा अग्लो धरहरा अर्थात् टाबर यू ए इको दुबइ शहरमा बनेको छ । सुरु सुरु मा बुर्जदुबई भनेर भनिएको भएपनी अहिले त्यस्को नाम परिवर्तन गरी बुर्ज खालिफाह बनाइएको हो । यूएई का सात एमिरेट्स अन्तरगत मुख्य राजधानी आबुधाबी राज्य सरकार का रुलर को ले गएको बिश्व आर्थिक मन्दिका कारण सो धरहारा निर्माण कार्य धराप मा परेको भन्दै ठुलो धनराशीको सहयोग गरेको ले सो भवन को नाम बुर्ज खालिफाह बनाइएको हो । २००५ मार्चमा बनाउन सुरु गरेको सो धरहरा २०१० जनवरी ०४ सम्म मा पनि पूर्ण रुप मा तयार भईसकेको छैन । यधपी लक्ष्य अनुरुप आफ्नो भवन को उद्दघाटन गत सोमबार गरिएको छ । सो भवन को उचाइ ८२८ मि. रहेको छ जस्मा १६२ तलाहरु रहेकाछन । अनी यो धरहरा बनाउदा करिब् करीब साडे एक बिलिएन यू .एस् .डलर लागेको अनुमानित खर्च विवरण मा देखाइएको छ । अब यो टाबर अवलोकन गर्नकालागी भने प्रती ब्यक्ती १०० धिराम्स करिब नेपाली रुपैया २ हजार लाग्ने बताइएको छ भने १२ बर्ष देखी मुनिका लाई भने ७५ धिराम्स मात्र लिईने भएको छ । यसमा राखिएको लिफ्टले ६५ सेकेन्ड मा नै अन्तिम तलामा पुराउने छ जस्को उपयोग त्यहा अवलोकन गर्न जाने आम जो कसैले पनि गर्न पाउने छन । अर्थात १६२ तलामा पुग्नलाई ६५ सेकेन्ड लाग्छ । यो भवनले ओगटेको क्षेत्रफल ३,३४,००० बर्ग मिटर रहेको छ । सो भवन को निर्माण का लागि हजारौ नेपाली कामदार पनि संलग्न रहेका थिए । स्मरण रहोश संसारकै सबै भन्दा ठुलो सोपिङ सेन्टर दुबइमहल नामक ब्यापारिक केन्द्र पनि यस धरहरा को फेदिमा पर्छ ।

मलेशियामा मोटरसाइकलको ठक्करबाट कर्ण रानाको निधन

यहि जनवरी ३ तारिकको दिन करिब बिहानको १२ बजे तिर कम्पनी बाहिर निस्केका राना र उनका दुइ जना साथीहरु चाइनिज पसलमा खानाको पैसा तिर्न भनि हिड्ने क्रममा उनि मोटर सइकल दुर्घटनामा परेका थिए उनको पछाडीको भागमा गहिरो छोट लागेको थियो उनलाई तत्काल उपचारको क्रममा हस्पिटल लगिएको थियो उपचारको क्रममा नै उनको निधन भएको थियो उनि करिब आज भन्दा २७ महिना अगाडी लक्की मेनपावरबाट मलेशिया प्रबेश गरेका थिए उनि मैनतडा गा.बि.स वार्ड नं ९ सुर्खेत निबासी हुन् उनको घरमा श्रीमति र दुइ छोरा छ यो समाचार तयार पार्दा सम्म उनको शबलाई कम्पनीले घर पठाउने तयारी गरीरहेको छ