Wednesday, January 13, 2010

नेपाली जनप्रगतिशिल माच दोहाको संगठन बिस्तार अभियान

ठग र दलाल हरुको बिरु¢मा प्रबाशि जनजागरणनागरीक सर्बोच्चता र राष्ट्रिय स्वाधिनताको पक्षमा संगठन निर्माण अभियान भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशिल माच दोहा ले सांगठन बिस्तार अभियान शुरु गरेको छ । यसै अनुरुप गत हप्ता शीमशीमा मा सम्पन्न एक बृहत भेलाले अलखोर रासलाफान क्षेत्रमा रहेको ४ वटा क्षेत्रीय कमीटी हरु लाई संयोजन गर्दै एक कार्यक्रम बिच क्षेत्रीय सबन्वय समीती गठन गरीएको छ ।उक्त कार्यक्रममा माचका केन्द्रिय अध्यक्ष होमनाथ शर्मा सल्लाहाकार उमेश बराल उपाध्यक्ष जसमान दर्नाल केन्द्रिय कोषाध्यक्ष रामु बस्याल केन्द्रिय सदस्य नेत्र ढुंगाना लगायत ४ वटै क्षेत्रिय संयोजक र क्षेक्रमा कि्रयाशिल केन्द्रिय सदस्यहरुको व्यापक उपस्थिती रहेको थियो । कार्यक्रम खिमलाल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । । कार्यक्रमको शुरुमा ज्ञात अज्ञात सहीदहरु प्रती मौनधारण बाट सुरुभएको सो कार्यक्रम लाइ महेन्द्र न्यौपानेले स्वागत गर्नु भएको थियो । अलखोर स्थित सीमीस्मा म्््ा सम्पन्न सो कार्यक्रम ले महेन्द्र न्योपाने को संयोजकत्वमा ७ जनाको क्षेत्रिय सबन्वय कमीटी गठन गरेको छ । जसमा सह संयोजक मा देबि प्रशाद भटराइ सदस्य सचीबमा कुमार बि।s। कोषाध्यक्षमा खीमानन्द खनाल सहीत ठाकुर भट्ट राजकुमार साफी र कुतीमान दुलाल लाइ सदस्य मा चयन गरेको छ । अथितिको तर्फबाट बोल्दै नेत्र ढुगांनाले केन्द्रमा आज सम्म भएका गतीबीधीहरुको बारेमा जानकारी दीदै माचका भाबी काईक्रम हरुको बारेमा जानकारी गराएका थिए । माचको हालको गतीबिधी र दोहामा भएका श्रमजिबी हरुको नया कमीटी हरु गठन भै संगठन बिस्तार भएको देखेर यहाका पुरउत्थानबादी शक्तिहरु र यथास्थिति बादी शक्तिहरु श्ंासकीत भएको प्रसंग औल्याउदै यो जनलहर संसारका जुनसुकै ठाउमा पनी यसरी नै अगाडी बढेको जानकारी गराएका थिए भने केन्द्रिय कोषाध्यक्ष रामु बस्यालले अनुसाशनको महत्वपुर्ण्र पाटो मध्य आर्थीक नियमीतता महत्वपुर्ण भएको हुनाले सबै निकाय हरुले आर्िथक नियमीतता लाइ आत्मासाथ राख्दे आर्िथक अनुशासनमा रहन आग्रह गरेका थिए । साथै उहाले यस क्षेत्रका कोषाध्यक्ष हरुलाइ सहज तरीकाले आर्थीक हीसाब राख्ने बिधि बारेमा प्रशिक्षण दिएका थिए । माचका केन्द्रिय उपाध्यक्ष जसमान दर्नाल ले बिश्ब साम्राज्य बाद देखी छीमेकी मुलुक भारतले मात्र नभई देशकै केही मीडीया हरुले समेत गौरबशाली पार्टी लाइ जनमानसमा भ्रमीत समाचार सम्प्रेष गर्दै जसरी भएपनी फुटको खेती गर्न लागी परेको प्रसंग कोट्याउदै उक्त कपोल कल्पीत समाचार हरुप्रती बिश्वार नगर्न आग्रह गरेका थिए।
कार्यक्रमका बिशेष अथिती तथा माचका केन्द्रिय अध्यक्ष होमनाथ शर्माले बर्ग संघर्षको यो निर्णायक घडीमा सबैजना चनाखो हुदै हामी बिदेशमा भएको हुनाले यहाको कानुन सम्बत तरीकाले चल्नु पर्ने बताउदै हामी अरु भन्दा पनी नेपाली हरुकै केही मानब तस्कर हरुको निगरानी मा रहेको बिगत को प्रशंग लाई कोट्याउदै यदी जो कोही पनी हाम्रो यो महान अभियानमा तगारो बन्न खोजेमा अब यहाका मजदुर हरुले नै नछाड्ने बताउनु भयो । हमीलाइ जती सुकै दमन गर्न खोजेपनी जब सम्म संसारमा बर्गीय समानता हुदैन तब सम्म यो लडाइ रही रहने हनाले नै संसारका मजदुर हरु एक होयौं भन्ने नारालाइ हाम्रो सर्बाहारा पाटीैले पनी अगींकार गरेको कुरा औल्याउनु भयो । जागौं र हरुलाइ पनी जगाऔं भन्ने अभीप्राय लीएर अहीलेको माचको अबस्था लाइ ३ महीनाको अबधि भित्र सम्पुर्ण दोहा मा कमीटी हरु गठन गरी सबैलाइ अधिकार र जागरण को सीक्षा दीएको खण्डमा यहाका श्रमीक हरु आफै जागरण हुने कुरामा जोड दीनु भयो ।प्रमुख अथिती उमेश बराल ले देश बलात्कार हुदा सम्म बिदेशी आर्शीबाद ले भएका राज्यका प्रतीनिधि हरु पद जोगाउनकै लागी भएपनी टुलुटुलु हेरेर बसिरहेको प्रशग उठाउदै नेपालकै क्रान्तिकारी भनाउदा कम्युनिष्टहरु समेत समाज्य बादको सामु लम्पसार परीसकेकाले अब नेपालमा गरीब र मजदुर हरुको पार्टी माओबादी मात्र रहेकोकुरा औल्याउनु भएको थियो ।उक्त कार्यक्रम कुमार बि।s।ले साचालन गर्नु भएको थियो ।

0 comments:

Post a Comment