Sunday, January 17, 2010

दिप-ज्योति समूह बहराइनको प्रथम साधारण सभा सम्पन्न



दिपक नेपाल बहराइन - बहराइनको सीत्रा स्थित मोःमो एण्ड क्याटरीङ्ग सेन्टरको हलमा यही १५ जनवरी २०१० का दिन दिप-ज्योति समूह बहराइनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाको सभापति सोही समूहकी अध्यक्ष श्रीमती कृष्णकुमारी बिष्टले गर्नु भएको थियो । भने प्रमुख अतिथी नेपाली क्लब बहराइनका अध्यक्ष श्री दुर्गा गिरी हुनुहुन्थ्यो । अतिथीहरुमा एनआरएनए आइसीसी का सदस्या निलेसमान सिह प्रधान म्याग्दी उद्दार समितिका उपाध्यक्ष भेष बहादुर सेन युनिटी लाइफ एसोरेन्स बहराइनका अध्यक्ष श्री छबीलाल बीक लगायत बिभिन्न संस्थाका प्रतिनिधीहरु हुनुहुन्थ्यो । आफ्नो मनतव्य दिने क्रममा बिभिन्न संस्थाका प्रतिनिधीले यस संस्थाले छोटो समयमा गरेको उल्लेखनीय कार्यहरुको प्रसंषा गर्नु भएको थियो । उक्त समूहका महासचिव श्री सुवाष हमालले उक्त सभा साचालन गर्नु को साथै सो समूहको वार्षीक गतीविधी पनि प्रस्तुत गर्नु भएको थियो । भने उक्त समूहका सदस्यहरुलाई सदस्यता पत्र म्याग्दी उद्दार समितिका उपाध्यक्ष भेष बहादुर सेनले बितरण गर्नु भएको थियो । रेडीयो नेपालका गायक बीर ध्वज सिवा लगाएत स्थानीय कलाकारहरुले आ-आफ्नो कला प्रस्तुत गरेर उक्त सभालाई मनोराजन प्रदान गरेका थिए । सहभागी बिभिन्न कलाकारहरु तथा यो समूहलाई बिभिन्न प्रकारका सहयोग प्रदान गर्ने व्यक्तिहरुलाई प्रसंशा पत्र सोही समूहकी अध्यक्ष श्रीमती कृष्णकुमारी बिष्टले बितरण गर्नु भएको थियो ।

0 comments:

Post a Comment