Thursday, January 7, 2010

विश्वको सबैभन्दा अग्लो धरहरा अब दुबइमा


यूएई - दुबइ संसारकै सबैभन्दा अग्लो धरहरा अर्थात् टाबर यू ए इको दुबइ शहरमा बनेको छ । सुरु सुरु मा बुर्जदुबई भनेर भनिएको भएपनी अहिले त्यस्को नाम परिवर्तन गरी बुर्ज खालिफाह बनाइएको हो । यूएई का सात एमिरेट्स अन्तरगत मुख्य राजधानी आबुधाबी राज्य सरकार का रुलर को ले गएको बिश्व आर्थिक मन्दिका कारण सो धरहारा निर्माण कार्य धराप मा परेको भन्दै ठुलो धनराशीको सहयोग गरेको ले सो भवन को नाम बुर्ज खालिफाह बनाइएको हो । २००५ मार्चमा बनाउन सुरु गरेको सो धरहरा २०१० जनवरी ०४ सम्म मा पनि पूर्ण रुप मा तयार भईसकेको छैन । यधपी लक्ष्य अनुरुप आफ्नो भवन को उद्दघाटन गत सोमबार गरिएको छ । सो भवन को उचाइ ८२८ मि. रहेको छ जस्मा १६२ तलाहरु रहेकाछन । अनी यो धरहरा बनाउदा करिब् करीब साडे एक बिलिएन यू .एस् .डलर लागेको अनुमानित खर्च विवरण मा देखाइएको छ । अब यो टाबर अवलोकन गर्नकालागी भने प्रती ब्यक्ती १०० धिराम्स करिब नेपाली रुपैया २ हजार लाग्ने बताइएको छ भने १२ बर्ष देखी मुनिका लाई भने ७५ धिराम्स मात्र लिईने भएको छ । यसमा राखिएको लिफ्टले ६५ सेकेन्ड मा नै अन्तिम तलामा पुराउने छ जस्को उपयोग त्यहा अवलोकन गर्न जाने आम जो कसैले पनि गर्न पाउने छन । अर्थात १६२ तलामा पुग्नलाई ६५ सेकेन्ड लाग्छ । यो भवनले ओगटेको क्षेत्रफल ३,३४,००० बर्ग मिटर रहेको छ । सो भवन को निर्माण का लागि हजारौ नेपाली कामदार पनि संलग्न रहेका थिए । स्मरण रहोश संसारकै सबै भन्दा ठुलो सोपिङ सेन्टर दुबइमहल नामक ब्यापारिक केन्द्र पनि यस धरहरा को फेदिमा पर्छ ।

0 comments:

Post a Comment