Monday, January 11, 2010

तमू बौद्ध सेवा समिति कतारद्वारा सम्मान

बुधबल गुरुङ, जनवरी ९ दोहा - कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारले जनवरी ७ तारिखका दिन संसारा थकाली रेष्टुरेण्ट दोहामा एक कार्यक्रमको आयोजना गरी नेपाली टीभी लण्डनका डाईरेक्टर मोहन गुरुङलाई सम्मान गर् यो । उहाँले तमू समुदायलाई विभिन्न क्षेत्रबाट योगदान पुर् याउनु भएकोले समितिले सो सम्मान गरेको जनाईएको छ ।

समितिका अध्यक्ष जगन तमूको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतितिका रुपमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत तमू हुनुहुन्थ्यो । कार्यक्रममा सम्मानित व्यक्तित्वलाई समितिका अध्यक्ष जगन तमूले खदा लगाई स्वागत गर्नु भएको थियो भने प्रमुख अतिथी अमृत तमूले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

सहभागिहरुको आपसी परिचय आदन प्रदानबाट सुरु भएको उक्त कार्यक्रममा एनआरएनए-एनसीसी कतारका महासचिव तथा समितिका सल्लाहकार बिलबहादुर तमूले संस्था र कतारका तमूहरुको अवस्था बारेमा जानकारी दिनु भएको थियो ।

सम्मानित व्यक्तित्व मोहन तमूले यस सम्मानले आफूमा तमू समुदायमा अझ केही गर्ने हौसला मिलेको र आफुद्वारा संचालित टिभीमा कतारका तमू संस्थाले निरन्तरता दिन सक्ने गरि साप्ताहिक पाक्षिक मासिक कार्यक्रम चलाउन चाहेमा आफुले निशुल्क त्यस्तो कार्यक्रम चलाउन समय उपलब्ध गराई दिने बचनबद्धता ब्यक्त गर्नु भयो । साथै उहाँले यस संस्थालाई आबश्यक परेको जस्तो सुकै सहयोग गर्न पनि आफु तयार रहेको विचार समेत ब्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा आफुले तमू बौद्ध सेवा समिति कतारको आजीवन सदस्यता लिने ईच्छा जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी अमृत तमूले कतारमा रहेका तमू तथा जनजातिहरुको अवस्था भूमिका बारे प्रष्टयाउनु भएको थियो । उहाँले जनजातिहरुले हाल आफ्नो हक अधिकारको लागि गरिरहेको आन्दोलनको लागि नेपाली टीभी यूकेले पनि सहयोग गरिदिनेमा आशावादी रहेको विचार व्यक्त गर्नु भएको थियो ।

समितिका अध्यक्ष जगन तमूले तमू बौद्ध सेवा समिति कतारको कार्य प्रगतिको बारेमा प्रकाश पार्नु भएको थियो । सम्मानित व्यक्तित्व मोहन तमूले संस्थालाई सहयोग गर्ने र आजिवन सदस्य बन्ने ईच्छा जाहेर गर्नुभएकोमा खुशी ब्यक्त गर्दै धन्यवाद समेत दिनु भयो ।

कार्यक्रम समितिका निर्देशक सल्लाहकार बुधबल तमूले संचालन गरिएको थियो । कार्यक्रममा तमू बौद्ध सेवा समिति समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समिति कतारका कार्य समितिका पदाधिकारी र सदस्यहरुको उल्लेख्य उपस्थिती थियो ।समितिका अध्यक्ष जगन तमूले तमू बौद्ध सेवा समिति कतारको कार्य प्रगतिको बारेमा प्रकाश पार्नु भएको थियो । सम्मानित व्यक्तित्व मोहन तमूले संस्थालाई सहयोग गर्ने र आजिवन सदस्य बन्ने ईच्छा जाहेर गर्नुभएकोमा खुशी ब्यक्त गर्दै धन्यवाद समेत दिनु भयो ।

कार्यक्रम समितिका निर्देशक सल्लाहकार बुधबल तमूले संचालन गरिएको थियो । कार्यक्रममा तमू बौद्ध सेवा समिति समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समिति कतारका कार्य समितिका पदाधिकारी र सदस्यहरुको उल्लेख्य उपस्थिती थियो ।

0 comments:

Post a Comment