Thursday, January 7, 2010

कुवेतमा नेपाली युवकको असामयिक निधन


स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका, वार्ड नं. आठ, सतुङ्ग रजस्थल मैदान घर भएका रन बहादुर शाहको छोरा, कुवेतको एरिस्को कम्पनिमा सन् २००४ देखी सेक्युरिटी अफिसरको पोष्टमा कार्यरत ३८ वर्षिय युवक नरेश बिक्रम शाहको गत १५ डिसेम्वर २००९ को दिन अपरान्ह ३ बजे एक असामयिक निधन हुन पुगेको छ ।एजिलिटी कम्पनिमा कार्यरत मृतकको एउटै गाउँमा घर भएका छिमेकी खेम के. सि. ले जानकारी गराउनु भए अनुसार मृतक शाहले १४ डिसेम्वरको दिन आफ्नो रुम पार्टनरसँग आफुलाई अली सन्चो नभएको र श्वास प्रश्वासमा केही कठिनाई भएको जानकारी दिएका थिए । साथै भोलिपल्ट १५ डिसेम्वरको बिहान जाहरा अस्पताल गई केही औषधीहरु लिई ११ बजेतिर कोठामै फर्की आएर नाईट ड्युटिवाला साथीहरुलाई औषधी समेत देखाएका थिए । त्यसपछी नाईट ड्युटीवाला साथीहरुसँगै उनले खाना खाएको र साथीहरुलाई मलाई अक्सिजनको कमी भएजस्तो लागि रहेको छ, मेरो सिटी र आफिसमा पनि जानु पर्ने काम छ भनेर गएको र करिब दिनको ३ बजेतिर बसमा फर्केर आउँदा आफु उत्रनु पर्ने बस स्टपमा नउत्रेर बसमा सँगै बसेका इण्डियनहरुले सुतेको होला भनी उठाउन खोज्दा शाहको शरीर चिसो र दह्रो भईसकेको पाएका थिए र उनै इण्डियनहरुले र बस ड्राइभरले नेपाली क्याममा गएर खबर गरेको र नेपालीहरुले जाहरा पुलिसमा रिपोर्ट गरी शाहलाई जाहरा अस्पताल लगेको तर अस्पतालले मृत घोषित गरी पार्थिव शरीरलाई फरवानियाँ अस्पतालमा रेफर गरेको र हाल मृतकको पार्थिव शरीर फर्वानियाँको मुर्दा कक्षमा राखिएको जानकारी हुन आएको छ । यसैगरी मृतकका छिमेकी खेम के. सि. लाई अन्य कानूनी प्रकृयाहरु के-के भई रहेछन भनी कुवेतनेपालले गरेको प्रश्नमा खेम के. सि. ले आफुले मृतक कार्यरत कम्पनिमा बुझ्दा कम्पनिले आवश्यक कागजात तयार गरी साउदी नेपाली दूतावासलाई पठाइसकेको साथै कम्पनिले मृतकले कुनै इन्सुरेंस नपाउने कुरा पनि खुलस्त बताएको र नेपाली दूतावास साउदीमा फोन गरी बुझ्दा फोन उठाउने कर्मचारीले आफुलाई थाहा नभएको र सबै कुरा बुझेर आज सनीवार (०२ जनवरी) मा जानकारी गराउने भनेको कुरा पनि बताउनु भयो । कुवेतमा नेपाली दूतावास स्थापनाको लागि कुवेतका लागि प्रथम नेपाली राजदूत नियूक्त भई गत ७ डिसेम्वरको साँझ कुवेत आउनु भएका महामहिम राजदूत मधुवन प्रसाद पौडेलले हिजो मात्र राखिएको स्वागत समारोहमा दूतावास संचालन नहुन्जेलसम्म आफुले कुनै पनि काम गर्न नमिल्ने कुरा बताउनु भएको छ । यसैगरी केही दिन पहिल्यै पत्रकार सम्मेलनमा पनि वहाँले जबसम्म साउदी नेपाली दूतावासबाट कुवेत सम्बन्धित सम्पूर्ण कागजात र फाइलहरु नेपाली दूतावास कुवेतलाई हस्तान्तरण गर्दैन तबसम्म यहाँका समस्याहरु आफुले हेर्न नमिल्ने र हल गर्न पनि नसक्ने कुरा बताउनु भएको थियो । त्यसैले हालमा केही समयको लागि भएपनी कुवेतवासी नेपालीहरुले साउदी दूतावासकै बाटो हेरी बस्नु पर्ने स्थिती कायमै छ ।

0 comments:

Post a Comment