Thursday, January 7, 2010

युएईको बदजायदमा दुई नेपालीलाई छुरा प्रहार गरी हत्या

युएईको अबुधावीस्थित बदजायदमा एक ईजिप्सीयन नागरिकले दुई नेपालीलाई छुरा प्रहार गरी हत्या गरेकोछ । स्याङ्जा जिल्ला निवासी रेशम कुँवरलाई बदजायदको अदालत परिसरमै लखेटी लखेटी छुरा प्रहार गरी मारिएको थियो भने शिव बस्नेतको उनकै कोठामा हत्या गरिएको थियो । मृतक बस्नेतको नेपालको ठेगना थाह हुन सकेको छैन । सुरेश गुररुङले दिएको जानकारी अनुसार मृतकहरु बदाजायदको एडनोक क्वलमा कार्यरत रहेका थिए । गएको ६/७ महिना अगाडि मृतक कुवँर र ईजिप्सीयन बीच झगडा हुँदा कुँवरको एउटा आखा फुटेको थियो । ईजिप्सीयनले ३० हजार दिर्हाम्स (करीव ६ लाख नेपाली) दिन्छु अदालतमा मुद्धा दायर नगर भन्दा कुँवरले अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले ईजिप्सीयनलाई तीन महिनाको जेल सजयाँ समेत दिई हालै मात्र जेलवाट रिहा भएको थियो । गत मँगलवार अदालतले पुनः दुबै पक्षलाई मिलापत्रको लागि अदालतमा बोलाएको थियो ।
मँगलवार बिहान कम्पनीको आवास गृहमा नेपालीलाई खोज्दै हिँडेका ईजिप्सीयनले कोठामा एक्लै सुतेका बस्नेतको हत्या गरेको थियो । ईजिप्सीयन र नेपालीको झगडामा भने मृतक बस्नेत सँलग्न नरहेको समेत जानकारी प्राप्त भएकोछ । बस्नेतको हत्यापछि अदालतमा पुगेका ईजिप्सीयनले कुँवरलाई भेटी छुरा प्रहार गरेको तर घाईते कुँवर भाग्न सफल भएपनि ईजिप्सीयनले लखेट्दै पुनः छुरा प्रहार गरी हत्या गरेका थिए । युएईस्थित नेपाली महामहिम राजदूत अर्जुनवहादुर थापाका अनुसार घटना बारे दूतावासलाई जानकारी भईसकेको र घटना बिबरण लिन दूतावासका कर्मचारी खटाई सकिएको जानकारी प्राप्त भएको छ

0 comments:

Post a Comment