Wednesday, January 13, 2010

हैटीमा हालसम्मकै सबै भन्दा ठुलो भुकम्प, नेपाली सेना सकुशल

क्यारेवियन राष्ट्र हैटीमा आएको हालसम्मकै सबै भन्दा ठुलो भुकम्पमा सयौ हताहत भएको आशंका भईरहदा त्यहाँ राष्ट्र संघको सुरक्षा मिसनमा रहेका नेपाली सुरक्षाकर्मीहरुमाथि कुनै अप्रिय घटना घटेको जानकारी नआएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीका अनुसार विहान ६ बजेसम्मको जानकारीमा कुनै पनि नेपाली सुरक्षाकर्मी भुकम्पको विध्वसमा परेका छैन । उहाँले भुकम्पमा एक जना नेपाली सेनाका अधिकृतको खुट्टा फ्याक्चर भएको जानकारी दिनु भयो । नेपाली सेनाको एक गुल्मको स्थापना दिवस मनाउन सबै एकै ठाउमा भेला भएको अवस्थामा भुकम्प गएकोले त्यहा रहेका नेपाली सुरक्षाकर्मीमा क्षती नभएको उहाले जानकारी दिनु भयो ।
त्यहा महासेनानी रतीन्द्र खत्रि को नेतृत्वमा र केही नेपाल प्रहरीका सुरक्षाकर्मीहरु राष्ट्र संघको मातहतमा सुरक्षा कायम गर्न सकि्रय रहदै आएका छन । प्रवक्ता क्षेत्रीका अनुसार हैटीको शान्ति मिसनमा करिव ३५० जनाको सेनाको बटालियन र संघको कार्यालयमा १५ जना नेपाली सेना कार्यरत रहदै आएका छन । अहिले नेपाली सुरक्षाकर्मीहरु भुकम्पले विध्वंश मच्चाएको पोर्ट अफ पि्रन्समा उद्दारमा जुटीसकेका छन ।

0 comments:

Post a Comment