Saturday, February 20, 2010

देउमायाको लास नेपाल लगिने

२० फेब्रुअरी - पोर्तुगलको अल्गार्वेको समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको म्याग्दी जिल्ला सिख गा.वि.स. की देउमाया पुर्जाको लास नेपाल लगिने भएको छ । फेब्रुअरी १८ तारिख नजिकैको होटलका कामदार र माझीहरुले पुलिशलाइ सूचना दिएपछि समुद्र बिभागका पुलिशले उनको लास छानबिनको लागि लागेका थिए ।
पोस्ट मार्टमको रिपोर्ट सोमबार सम्ममा आउने र श्रीमान को इच्छा अनुसार नेपाल लगिने कुरा अल्गर्वे बाट पत्रकार केजिन राइले बताउनुभयो । राइ आज दिनभर पुलिश आफिसमा हुनुहुन्थ्यो । श्रीमान चित्र पुर्जासंग बिहान सथिकोमा जान्छु भनि हिडेकी देउमाया सबैसंग मिल्ने अशल बानि भएकी २६ बर्सकी नानी थिईन । उनले २ हप्ता अगाडी मात्र कार चलाउने जांच पाश गरेकी थिइन् भने लिस्बोन मा रेस्टुरा खोल्ने अन्तिम तयारी गरेकी थिइन् ।

0 comments:

Post a Comment